आइत, जेष्ठ १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

अपराधकर्ममा अति आधुनिक शैली सुरु !

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

अचेल प्रविधिको प्रयोग गरेर नयाँ नयाँ तरिकाबाट अपराध हुन थालेको छ । हरेक व्यक्ति डिजिटल कारोबारसँग जोडिएका छन् । त्यसकारण आपराधिक प्रवृत्तिका व्यक्तिहरुले डिजिटल क्षेत्रलाई नै आफ्नो अपराधको मुख्य थलो बनाएका छन् । केही दिनअघि मात्र प्रहरीले यस्तै डिजिटल अपराधमा करोड कारोबार गरेको अभियोगमा पक्राउ परेका नेपाली युवक अनिल ढुंगानाले भारतीय परिचयपत्रहरु समेत बनाएको पाइएको छ । उनले अनिल साहको नामबाट भारतीय आधार कार्ड, प्यान कार्ड, दिल्ली मेट्रो कार्डसमेत बनाएको पाइएको सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । उनको साथबाट एचडीएफसी बैंकको चेकबुक, एटीएम कार्डलगायत एयरटेल कम्पनीको सिमकार्ड समेत बरामद भएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमा जुवा ३६५ नामक फेसबुक पेज समेत खोलेर आबद्ध भएका साथीहरुलाई बेटिङ जुवामा सहभागी गराइ वुवा ३६५ बेटिङ वेबसाइटको आधिकारिक मालिक आफैँ रहेको भनि युजरहरुलाई विश्वास दिलाएर उक्त कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ ।

काभ्रे घर भई हाल भक्तपुरको सूर्यबिनायकमा बस्दै आएका उनले बैंकमार्फत ६१ कारोड ६४ लाख ५९ हजार १२० रुपैयाँ कारोबार गरेको खुलेको छ । यस्तै डिजिटलवालेटमार्फत ५ करोड ९३ हजार ७८२ रुपैयाँ तथा क्रिप्टोकरेन्सीमार्फत १ अर्ब ३४ करोड ५२ लाख ९१ हजार २०० रुपैयाँ कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ । उनले विभिन्न व्यक्तिहरुको नाममा रहेका ११ वटा कनेक्ट आईपीएसमा ५५ वटा बैंकखाता लिंक गरेर कारोबार गरेको पाइएको छ । यस्तै १५ वटा वालेटहरुका साथै बाइनान्समार्फत २ वटा खाता प्रयोग गरी विभिन्न २४३ वटा क्रिप्टोकरेन्सीमार्फत कारोबार गरेको खुलेको प्रहरीको भनाइ छ ।

यो त एउटा उदाहरण मात्र हो, डिजिटल माध्यमबाट पछिल्लो समय अपराध, ठगी बढिरहेको प्रहरीको नै तथ्यांक छ । डिजिटल माध्यम प्रयोग गरेर जुवा, सट्टेबाजीसँगै क्रिप्टोकरेन्सीमा लगानी, एटीएममा लुटपाट, बैंकमा ह्याकिङजस्ता आपराधिक गतिविधि पछिल्लो समय मौलाएको हो । यो समस्या विश्वव्यापी बन्दै गएको छ भने एक देशमा अर्को देशका नागरिकहरु आएर यस्तो आपराधिक गतिविधि गरेको पनि फेला परेको छ । यस्तै, नेपालका विभिन्न सरकारी निकायहरुमा पनि बेलाबेलामा ह्याकिङ हुने गरेको छ । त्यसैले यस्ता समस्या समाधानका लागि नेपाल सरकारले पनि आफूलाई डिजिटल रुपमा बलियो बनाउनुपर्ने देखिन्छ ।

डिजिटल अपराध रोक्नका लागि नेपाल सरकारले आफ्ना सुरक्षा निकायहरुलाई पनि प्राविधिक रुपमा बलियो बनाउन आवश्यक छ । हाल नेपाल प्रहरीमा साइबर ब्युरो सञ्चालनमा छ । यसले सामाजिक सञ्जालहरुको प्रयोग गरेर हुने ठगीहरुको अनुसन्धान गर्दै आएको छ । तर, यतिले मात्र डिजिटल क्षेत्रमा देखिएका नयाँ नयाँ अपराधहरु निर्मूल गर्न सम्भव छैन । यसका लागि ठूलो र दक्ष जनशक्ति तयार गर्नुपर्ने र अनुसन्धानका लागि नयाँ नयाँ प्रविधिको व्यवस्था गर्नुपर्ने माग सुरक्षा निकायहरुले गर्दै आएका छन् । त्यसअनुसार सरकारले योजना बनाउन आवश्यक छ । अनि मात्र डिजिटल ठगीलाई न्यूनीकरण गर्न सकिन्छ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

काभा महिला भलिबलकाे अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

काभा महिला भलिबलकाे अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

१ घण्टा अगाडि
एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

काभा महिला भलिबलकाे अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक