शुक्र, जेष्ठ ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार शिक्षा

उचित व्यवस्थापन नहुँदा प्रावि मौरीघाटमा विद्यार्थीको अवस्था न्यून

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
Reading Time: 1 min read
0
हुम्लाका सबै सामुदायिक विद्यालय बन्द
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

तुलसीपुर । दाङको राप्ती गाउँपालिका-४ स्थित रात्रि प्रावि मौरीघाट गाउँको बिचमा भए पनि विद्यार्थीको अवस्था न्यून छ । गाउँ ठुलो भए पनि उचित व्यवस्थापन नहुँदा विद्यार्थीको आकर्षण रहँदैन भन्ने कुराको एउटा उदाहरण उक्त विद्यालय बनेको छ ।

कक्षा ५ सम्म सञ्चालित उक्त विद्यालयमा हाल २१ जना मात्रै विद्यार्थी छन् । शिशु कक्षामा एक जना पनि विद्यार्थी छैनन्, भने कक्षा १ मा छ, कक्षा २, ३ र ४ मा तीन-तीन र कक्षा ५ मा छ जना विद्यार्थी छन् । तीमध्ये विद्यालयमा केही मात्रै आउँछन् ।

“सबै विद्यार्थी विद्यालय आउने गरेका छैनन् । त्यसैले पनि दुई तहका विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउनुपर्ने बाध्यता छ”, प्रधानाध्यापक बुद्धिमान चौधरीले भन्नुभयो । कहिले कक्षा १ र २ लाई र कहिले २ र ३ लाई सँगै राखेर पढाउनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । “विद्यार्थी थोरै छन्, कहिल्यै १ र २ तथा कहिले २ र ३ लाई एउटै कक्षामा राखेर पढाउने गरेका छौँ”, उहाँले भन्नुभयो, “यसले गर्दा विद्यार्थीहरू पढाइमा अन्योल पर्ने गर्छन् ।”

गत वर्ष ४५ जना विद्यार्थी रहे पनि यस वर्ष विद्यार्थीको सङ्ख्या ह्वात्तै घटेको प्रअ चौधरीले जानकारी दिनुभयो । नजिकै बोर्डिङ स्कुल खुलेकाले पनि सबै विद्यार्थी उतै गएका उहाँको भनाइ छ । उहाँका अनुसार विद्यालयमा तीन जना शिक्षक कार्यरत छन् । नयाँ पुस्ताले विद्यालयको नेतृत्व हाँकेमा सामुदायिक विद्यालयको अवस्था सुधार हुन सक्ने प्रअ चौधरीले अनुभव सुनाउनुभयो । “हामी बुढो भइसक्यौँ, मलाई अन्त सरुवा गरे हुन्थ्यो”, उहाँले भन्नुभयो, “विद्यालयको नेतृत्व युवाले गर्नुपर्छ, अनि मात्रै सुधार हुन्छ ।”

यो पनि पढ्नुहोस्

हावाहुरीका कारण हवाई उडान प्रभावित

हावाहुरीका कारण हवाई उडान प्रभावित

४ घण्टा अगाडि
प्रधानमन्त्री र विश्व बैँकका दक्षिण एसियाका उपाध्यक्षबीच शिष्टाचार भेट

प्रधानमन्त्री र विश्व बैँकका दक्षिण एसियाका उपाध्यक्षबीच शिष्टाचार भेट

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रसारण लाइन सञ्जाल बढ्न नसक्दा विद्युत् आपूर्तिं प्रभावित

रवि जोडिएको सुनुवाइ उच्च हेर्दाहेर्दैमा

गोर्खाको पर्यटन र पूर्वाधार विकासमा बजेट सुनिश्चित गर्न सांसद ढकालको माग

संघीय संसदका दुवै सदनबाट बैंकिङ कसुर सम्बन्धी विधेयक प्रमाणीकरण

पेट्रोलियम पदार्थको मूल्य घट्याे

कारोबारकाे अन्तिम दिन सुनको भाउ बढ्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक