काठमाडाैं । नेपालका स्यान्टु श्रेष्ठले पेरिस ओलम्पिक २०२४ मा स्थान बनाउन सफल भएका छन्।
हिजाे बुधबार भएकाे दक्षिण एसियाली छनोटकाे फाइनलमा स्यान्टुले नेपालकै संयाेग कपालीलाई ४-३ काे सेटमा पराजित गर्दै ओलम्पिकमा स्थान पक्का गरेका हुन्। पहिलाे सेटमा ११-७ ले जित निकालेका स्यान्टुले दाेस्राे सेट भने ८-११ ले गुमाउन पुगे। स्यान्टुले संयाेगलाई ११-७,८-११,११-७,११-६,८-११, ८-११, ११-९ ले पराजित गरे। याेसँगै नेपाली इतिहासमै ओलम्पिकमा छनोट हुने उनी तेस्रो नेपाली खेलाडी बनेका छन्। यसअघि नेपालबाट तेक्वान्दोका संगिना वैद्य र दीपक विष्ट मात्र सिधै ओलम्पिकमा छनोट भएका थिए।
संयोग र स्यान्टु दुवैले श्रीलंकाका खेलाडीलाई हराउँदै अन्तिम दुईको यात्रा तय गरेका थिए। संयोगले जयशंका डि सिल्भालाई ४-० को सेटमा र स्यान्टुले चामेरा गिनिगीलाई ४-२ को सेटमा हराएका थिए। पहिलो र तेस्रो सेटमा कडा चुनौती सामना गरेका संयोगले १३-११,११-७,१२-१०,११-७ ले खेल आफ्नो पक्षमा पारेका थिए।
स्यान्टुले कडा चुनौतीका बीचमा खेल ११-७, ११-९, ६-११, ८-११, ११-३, ११-८, ८-११ ले जितेका थिए। महिलातर्फ भने माल्दिभ्सकी फातिमाथ अलीले ४-१ ले श्रीलंकाकी विमाण्डे वन्दरालाई पराजित गर्दे पेरिस ओलम्पिकमा स्थान बनाइन्। यसअघि ब्याडमिन्टनका प्रिन्स दाहालले पेरिस ओलम्पिक खेल्ने पक्का भएकाे थियाे।