शुक्र, जेष्ठ १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपालका १४ वर्षीय आर्यनले बनाएकाे हवाईजहाज आकाशमा उडाए

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपालका १४ वर्षीय आर्यनले बनाएकाे हवाईजहाज आकाशमा उडाए
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

घोडाघोडी । इन्टरनेट र मोबाइलको प्रयोगले बालबालिकालाई नराम्रो लत मात्र लगाएको छैन, ती स्रोतसाधनलाई सही उपयोग गर्ने हो भने सानै उमेरमा धेरै कुरा सिक्ने र गर्ने माध्यम पनि बनेको छ । यस्तै उदाहरण हुनुहुन्छ कैलालीका आर्यन विश्वकर्मा ।

आर्यनले हालसम्म वास्तविक हवाईजहाज नजिकबाट देख्नुभएको छैन तर उहाँले इन्टरनेटको खोजीबाटै बनाएको जहाजले आकाशमा कावा खाएको छ । कैलालीको लम्कीचुहा नगरपालिका–९, प्रतापपुरका आर्यनले १४ वर्षकै उमेरमा हवाईजहाज बनाई आकाशमा उडाएर सबैलार्ई दङ्ग पार्नुभएको मात्र छैन प्रशंसाको पात्रसमेत बन्नुभएको छ ।

प्रतापपुरकै सरस्वती माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत आर्यन अभाव र दुःखमा हुर्कंदै गरेका बालक हुनुहुन्छ । उहाँ चार वर्षको हुँदा बुवा भरत विश्वकर्माको करेन्ट लागेर निधन भएपछि उहाँका दुःखका दिन अरू थपिए ।

पतिको निधनपछि आर्यन र दुई छोरीको लालनपालनदेखि सबै जिम्मेवारी आमा राजेश्वरी विश्वकर्माको काँधमा आयो । आर्यन भन्नुहुन्छ, “हामीलाई पढाउने र अन्य खर्च जुटाउन आमा भारतको पुनामा भाँडा माझ्ने काम गर्नुहुन्छ । हवाईजहाज बनाउन चाहिने सामान पनि आमाले इन्डियाबाट पठाइदिनुभयो । घरमा काकाले पनि सहयोग गर्नुभयो ।” आर्यनले विद्यालयबाहेकको समयमा घरमै काकाको मोबाइलबाट गुगलमा खोजेर रिमोट कन्ट्रोल हवाईजहाज बनाएको बताउनुभयो ।

आर्यनले जान्ने बुझ्ने भएदेखि यस्तै नयाँ नयाँ सामान बनाउन समय खर्चिने गरेको आर्यनका काका निर्प विश्वकर्माको भनाइ छ । आर्यनले यसअघि सेन्सर घण्टी र रिमोट कन्ट्रोल नमुना कार बनाएको बताउनुभयो ।

महावीर पुनबाट प्रभावित आर्यनले भविष्यमा वैज्ञानिक बन्ने लक्ष्य रहेको सुनाउनुभयो । उहाँले भन्नुभयो, “साँच्चिकै हवाईजहाज बनाएर आमा, काका, दिदीहरूलाई त्यसैमा बसाएर उडाउने सपना छ ।”

आर्यनले २० हजार खर्चमा दुई महिना लगाएर रिमोट कन्ट्रोलबाट चल्ने जहाज बनाउनुभएको हो । उहाँले आफूले बनाएको जहाजको नाम यती एरलाइन्स भएको बताउनुभयो ।

अहिलेसम्म आफूले नजिकबाट जहाज नदेखेको जनाउँदै आर्यनले भन्नुभयो, “गुगलमा खोज्दै गएँ, हवाईजहाजका विभिन्न भागको जानकारी, आकार सबै थाहा भयो । चाहिने सामान जति आमासँग इन्डियाबाट मगाएँ ।” आर्यनले आफूले बनाएको रिमोटकन्ट्रोल जहाज घरनजिकैको खेतबाट खुला आकाशमा माथि माथिसम्म उडाएर देखाउनुभयो । सानै उमेरमा उहाँको उदाहरणीय कार्यले चर्चा पाउँदै गएको छ ।

https://www.facebook.com/mechikalikhabarnepal/videos/1206334533724654

 

यो पनि पढ्नुहोस्

कुलिङ पिरियड’ र सेवा उमेर हदसम्बन्धी बाँकी रहेका मतान्तर सहमतिबाट टुंग्याइने

सर्वोच्चमा गृहमन्त्री लेखकको बर्खास्तीको माग

३ घण्टा अगाडि
ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

सर्जरीबाट मिर्गौलाको पत्थरी निकालिदियाे

लुम्बिनी प्रदेश सभाको छैटौँ बैठक बस्दै

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

रविको मुद्दामा आज आदेश आउन सक्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक