पाकिस्तान प्रशासित कश्मीरमा बिजुली र गहुँको पिठोको मूल्य बढेको विरोधमा प्रदर्शनकारी र प्रहरीबीच हिंसात्मक झडप भएको छ । झडपमा एक जना प्रहरी निरीक्षकको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ ।
पाकिस्तान प्रशासित कश्मीर सरकारका प्रवक्ता अब्दुल मजिद खानले एक जना प्रहरी निरीक्षकको मृत्यु भएको र ९० जना स्थानीय घाइते भएका बताएको खबरमा उल्लेख छ । प्रदर्शनकारीले प्रहरीमाथि गोली चलाएका थिए । प्रवक्ता खानले प्रदर्शनकारीविरुद्द कानुनी कारबाही गर्ने चेतावनी दिएका छन् ।
महँगीको विरोधमा मुजफ्फराबादका केही क्षेत्रमा पनि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । सरकारले स्थितिलाई शान्त बनाउने कोशिश भइरहेको जनाएको छ ।