–लोकनारायण सुबेदी
गएको बर्ष २०२३ मा मात्रै अमेरिकामा प्रमुख तीनवटा बैंकहरु सिलिकन भ्याली, सिग्नेचर र रिबल्कि फस्र्ट बैंकहरु दिवालिया निस्केर धराशायी र बन्द भएका थिए । अहिले आएर २०२४मा पनि अर्र्कोे रिपब्लिक फस्र्ट बैक डुबेको घोषणा भर्खरै गरिएको छ । अमरिकी अर्थ ब्यवस्थामा अमेरिकाको केन्द्रिय बैंक, यूएस फेडरल रिजर्भद्वारा ब्याज दरहरुमा गरिएको बृद्धिका कारण बैंकहरु त्यहाँ असफल हुँदै जाने थप चिन्ता पनि यतिबेला बढिरहेको उल्लेख गरिन्छ ।
सिलिकन बैंकले कयौं प्रबिधि स्टार्टअप तथा उद्यमी पूँजी फर्मलाई ऋण प्रदान गरेर लगानी गरेको थियो । त्यो बैंकसँग गएको २०२२को अन्त्यसम्ममा २०,९०० करोड अमेरकी डलर बरोबरको सम्पत्ति थियो । त्यसलाई अमेरिकाको ठूला बकैंहरुमा गनिएको र मानिएको थियो । तर हालैका समयमा डुब्ने र दिबालिया पल्टिने बैंकहरुमा पनि दोश्रो सबैभन्दा ठूलो बैंक यो मानिएको छ । अर्को सिग्नेचर बैंकले न्यूयोर्क कानुनी फार्म तथा अचल सम्पत्ति कम्पनीहरुलाई ऋण सुबिधा प्रदान गर्ने गर्दै आएको थियो । त्यो बैंकसँग २०२२ को अन्त्यसम्ममा ११००० करोड अमेरिकी डलरभन्दा बढी सम्पत्ति थियो । त्यो र्बैंक अमेरिकामा दिवालिया निस्केर डुबेका बैंकहरुमध्ये चौथो स्थिानमा परेको बैंक हो । गएको ३१ जनवरी २०२४ सम्मको तथ्यांक अनुसार रिपब्लिकन फस्र्ट बैंकको सम्पत्ति भने ६०० करोड अमेरिकी डलर तथा जम्मा रकम राशी ४०० करोड अमेरिकी डलर थियो । न्यू जर्सी,पेन्सलभेनिया र न्यू योर्कमा यस फस्र्ट बैंकको ३२ शाखाहरु रहेका थिए । जस्लाई अहिले फुल्टन बैंकको शाखाकोरुपमा जानिन्छ ।किनभने त्यस बैंकले यसको सम्पत्ति र जम्मा धनराशी किनेको थियो ।
चर्चित पीयू रिसर्च संस्थानका अनुसार १९८० देखि १९९५ का बीचमा अमेरिकामा २,९०० बैंकहरु असफल भएका थिए । ती बैंकहरुसँग सयुक्तरुपमा २.२ लाख करोड बरोबरको सम्पत्ति थियो । २००७ देख २०१४ का बीच अमेरिकाका ५०० बैंकहरु जसको कूल सम्पत्ति ९५,९०० करोड डलर थियो ती पनि असफल भएका थिए । भन्ने गरिन्छ कि बिशेष परिस्थितिलाई छोडेर अमेरकामा सामान्यतः बैंक असफल हुने गर्दैनन् । तर यस सम्वन्धमा अमेरिकाका सूचकहरुले अन्य कुरा नै भन्न थालेका छन् । बिगतमा १९४१ देखि १९७९ का बीच अमेरिकामा सरदर ५.३ प्रतिशत बैंकहरु प्रतिबर्ष असफल भए भने १९९६देख २००६का बीचमा सरदर ४.३ प्रतिशत बैंकहरु प्रतिबर्ष असफल रहे । अनि २०१५ देखि २०२२ का बीचमा सरदर ३.६ प्रतिशत बैंकहरु असफल भए । २०२२ मा अमेरिकी बैंकहरुलाई ६२,००० करोड अमेरिकी डलरको नोक्सान भएको थियो । बिगता १९२१ देखि १९२९ का बीचमा अमेरिकामा सरद ६३५ वटा बैक असफल भएको तथ्यांक छ ।
ती भने धेरैजसो साना आकार ब्रैंक तथा ग्रामीण बैंक र एकै शाखा मात्र भएका बैंकहरु थिए । अमेरिकामा आएको महामन्दीका क्रममा १९३० देखि १९३३ का बीचमा ९००० भन्दा बढी बैंकहरु असफल भएका थिए । तीमध्ये कतिपय ठूला आकारका बैंकहरु शहरहरुमा पनि कार्यरत थिए । त्यतिबेला पनि ती शहरहरुमा जम्मा गर्ने ग्राहकहरुको ठूलो धनराशी डुवेको पनि थियो । १९३४ देखि १९४० का बीच अमेरिका सरदर ५०.७ बैैकहरु सरदर भएका थिए । अमेरिका जस्तो संसारकै सबैभन्दा शक्तिशाली देश यत्तिको ठूलो मात्रामा बैंकहरु असफल हुनुका कारणहरुमा मूख्यरुपमा स–साना बैंकहरु पनि ती ठूला बैंकमा अधिक संख्यामा सामेल हुनुलाई पनि औंल्याइन्छ ।
बैंकका ग्राहहरु पढे लेखेका र समझदार पनि छन् । बैंकमा आउने स–साना समस्याका बेला पनि तिनले आफुले जम्मा गरेको रकम तुरुन्तै निकाल्ने गर्छन् । जब कि बैकले त्यस राशीमा खडा गरेको सम्पत्तिलाई नगद रुपैयामा परिणत गर्न केही समय लाग्छ । यस बिचमै बैंकले यदि जम्माकर्ताको जम्मा रकम राशी भुक्तानी दिनमा असफल रहे भने त्यस्ता बैंकहरुलाई दिवालिया घोषणा गर्ने गरिन्छ । कतिपय बेलामा बैंकहरुद्वारा गरिएको लगानी(सम्पत्ति)को बजारमा मूल्य पनि कम हुने गर्दछ । यसमा पनि बैंकले जम्माकर्ताको जम्मा राशी रकम भुक्तान दिनमा असफल हुनपुग्दछ ।
हालै अमेरिकामा मुद्रास्फितिको दर नियन्त्रित गर्ने उदेश्यले ब्याजदरमा लगातार बढोत्तरी गरियो, जसमा ती बैंकहरुद्वारा अमेरिकी बण्ड(ऋणपत्र)मा गरिएको लगानिको बजारमा मूल्य अत्याधिक कम हुनु पुगेको छ । अब ती बैंकहरुको बण्ड(ऋणपत्र)मा लगानिको मूल्य कम हुने स्तरसम्म प्रावधान राख्न भनिएको छ । अनि त्यो रकमराशी ती बंैकहरुमा उपलब्ध छैन जसका कारणले पनि ती बैंकहरु असफल भइरहेका छन् ।
एउटा सर्बेक्षणमा के बताइएको छ भने आउदा दिनहरुमा अमेरिकामा थप १९० वटा बैंक असफल हुने समस्या मडारिइरहेको छ । किनभन बैंकको ब्याजदर बढ्नाले बैंकबाट ऋण लिने काम बहुतै कम हुन पुगेको छ । बिभिन्न कम्पनीहरुले आफ्नो बिस्तारको काम या योजनाहरु रोकिदिएका छन् । त्यसबाट निर्माणको गतिबिधिमा कमी आएको छ । फेडरल रिजर्भको सम्पूर्ण ध्यान भने मुद्रास्फिति कम गर्नमा केन्द्रित छ । अनि अमेरिकी अर्थब्यवस्थामा बिकास दरलाई नियन्त्रित गर्ने प्रयाश गरिदै गरेको अबस्था छ जसले गर्दा अमेरिकी अर्थतन्त्रमा उत्पादनको मागमा कमी आओस् र मुद्रास्फितिलाई कम गर्न र नियन्त्रणमा लिन सकियोस् । त्यसैले अहिले कतिपय कम्पनीहरुले कर्मचारीहरुको कटौति गरिरहेका छन् । त्यसले गर्दा यूवा बर्ग रोजगारबिहीन हुँदै गइरहेको छ ।
पूँजीवादमा आधारित आर्थिक नीतिहरुले अमेरिकाको बैंकिङ्ग क्षेत्रमा उत्पन्न समस्याहरुको समाधान यसरी निस्किन सकिरहेको छैन । अब त अमेरिकी अर्थशास्त्रीहरु नै पनि मान्न थालेका छन् र लाज बचाउने हिसावले भन्न थालेका छन् भने आर्थिक समस्याहरुको सन्दर्भमा ‘‘साम्यबाद पछि’’ पूँजीवाद पनि असफल हुदै गएको देखापरिरहेको छ । त्यसैले आज बिश्वलाई नयाँ आर्थिक बिकास मोडलको आवश्यकता छ भन्न पनि हिच्किचाउन छोडेका छन् । अमेरिकी अर्थशास्त्रीहरुको यो स्पष्ट इसारा या संकेत भारतका लागि पनि हो भनिदैछ र के औंल्याइदैछ भने भारतीय आर्थिक दर्शनमा आधारित मोडेल भारतका आर्थिक समस्या हल गर्न सफल रहेको ती अमेरिकी अर्थबेत्ताहरु औल्याउन थालेका छन् ।अमेरिकी बैंकहरु असफल हुनपुग्नुको समस्या मूख्यतः मुद्रास्फितिलाई नियन्त्रण गर्ने उदेश्यले ब्याज दरमा गरिएको बृद्धिका कारण उत्पन्न भएको हो भन्ने मानिदैछ ।
के सुझाव यस सम्बन्धमा दिइदैछ भने मुद्रास्फिति नियन्त्रण गर्ने उदेश्यले उत्पादनको माग कम गर्नका लागि ब्याज दरमा बृद्धि गर्ने ठाउमा बजारमा उत्पादनको उपलब्धता बढाइनु पर्दथ्यो जसले गर्दा उत्पादनको मूल्य कम राखिन सकियोस् । कतिपय देशहरुमा उत्पादनको पर्याप्तताका कारणले समय समयमा उत्पादनको मूल्य कम भएको छ । त्यसैले त्यस्ता देशहरुमा मुद्रास्फितिको उल्लेखसम्म गरेको पनि देखिदैन । अर्कोतिर पूँजीवादी अर्थब्यवस्थामा आर्थिक – मोडल र नियहरुलाई निकै कठोर र जटील पनि बनाइएको हुन्छ । त्यसबाट पनि कयौं प्रकारका समस्याहरु खडा हुने गर्दछन् । जसको समाधान बिकसित देशहरुले निकाल्न सकिरहेका छैनन् र सक्दैनन् पनि । किनकि आजको पूँजीवाद जन आधारित नभएर केवल नाफा आधारित हुन पुगेको छ । समाजबादी मोडल यस ठीक बिपरीत जन केन्द्रित हुन्छ र हुनु पर्दछ ।