काठमाडौं । धूलो र धुँवाको कारण विगत ११ दिनदेखि प्रभावित भएको पोखराका उडानहरू आज बिहानबाट नियमित भएको छ।
उडानका लागि आवश्यक भिजिबिलिटी नभएकाले उडानहरू अवरूद्ध भएका थिए।
गत राति पानी परेर मौसममा सुधार आएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेको हो।
दैनिक हजारौँ यात्रुहरू आवतजावत हुने पर्यटकीय गन्तव्य पोखराको उडानहरू रद्द हुँदा विमानस्थलमा स्वदेशी तथा विदेशी यात्रु अलपत्र परेका थिए।