काठमाडौं । दोस्रो टी–२० क्रिकेटमा आइतबार वेस्ट इन्डिजको ‘ए’ टोलीले दिएको एक सय ६१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो तेस्रो र चौथो विकेट लगातार गुमाएको छ । नेपालले तेस्रो विकेटका रूपमा लोकेश बमलाई गुमाएको हो ।
त्यसलगत्तै नेपालले चौथो विकेटका रूपमा कुशल मल्ललाई गुमाएको थियो । उनी रन आउट भई पेभेलियन फर्किएका हुन् । खाता खोल्नुअघि नै उनी आउट भएका थिए । छैटौँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले २८ रन बनाएको छ ।