काठमाडौं । कीर्तिपुरमा जारी टी–२० क्रिकेटमा वेष्ट इण्डिज ‘ए’ को पाँचौं विकेट नेपालले लिएको छ ।
सोमपाल कामीले किमो पउललाई १६.१ ओभरमा बोल्ड गरेका हुन् ।
यसअघि नेपालका लागि कुशल भुर्तेल र सागर ढकालले दुई दुई विकेट लिएका छन् ।
१७ ओभरको खेल सकिंदा वेष्ट इण्डिज एले पाँच विकेट गुमाएर १ सय १३ रन बनाएको छ ।