शुक्र, अशोज २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

संसदवाद असफल भयो, विकल्प खोजौं ! 

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
आईएमएफको चेतावनीले पुँजीबादमा संकटको संकेत !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

सुनको अवैध धन्दा चलाउने तीन चिनियाँ पक्राउ

१ घण्टा अगाडि
बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

२ घण्टा अगाडि
–निमकान्त पाण्डे
नेपालमा सरकार गठनदेखि विघटनसम्मको जोडघटाउमा मुख्य भूमिका रहने संसदवाद असफल हुँदै गएको छ । नेपालको संसद विगतदेखि नै सरकार बनाउने र भत्काउने विकृत खेलका लागि मात्र प्रयोग हुँदै आएको थियो । संसद कानुन निर्माण गर्ने थलो भए पनि त्यसमा असफल हुँदा धेरै कानुन अध्यादेशबाट ल्याउने गरिन्छ । राज्यका मुख्य मुद्दाहरुमा पनि अन्य निकायले काम गर्न नसक्दा संसदीय समितिको मुख ताक्ने गरिन्छ । तर, संसद् आफैं असफल हुँदा ती महत्वपूर्ण मुद्दामा पनि सुनुवाइ हुन सकेको छैन । पछिल्लो समय देशभर सहकारी ठगीको विषय चर्चामा छ ।
बचतकर्ताको करोडौं रकम सहकारी सञ्चालकहरुले हिनामिना गरेको सार्वजनिक भइरहेको छ । यही प्रकरणमा हालका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने पनि मुछिएका छन् । यस बारेमा लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्न नेपाली कांग्रेसले माग गर्दै आएको छ । तर, सरकारले भने आनाकानी गर्दै आएको छ । संसदले पनि यो विषयमा छानबिन समिति बनाउन तदारुकता देखाउन सकेको छैन । संसद जनताको प्रतिनिधिको सर्वोच्च थलो मानिन्छ । तर केही दशकयता विकृत संसदवादका कारण नेपालका केही ठूला दल तथा नेताहरुले देश र जनताका विषयमा आफूखुसी निर्णय गर्दै आएका छन् । संसदवादमा सरकार बनाउन र भत्काउन संसदीय अंकगणित महत्वपूर्ण हुने भएकाले दल तथा नेताहरुले संसदको उपयोग केवल सरकारको जोडघटाउका लागि गरिरहेका छन् ।
संसद सरकारको विषयमा मात्र अल्झिँदा देश र जनताको हितसँग सम्बन्धित विषयहरु भने पछि छुटेका छन् । केही वर्षयताको उदाहरण मात्र हेर्ने हो भने संसदीय अंकगणितको प्रयोगबाट सरकार पुनर्गठनका थुप्रै ‘नाटक’हरु प्रदर्शित भए । हाल माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले मात्र तीनपटक सत्ता गठबन्धन फेरिसकेको छ । कहिले कांग्रेस त कहिले एमालेलगायत दलसँगको गठबन्धनले सरकार सुरक्षित त भएको छ, तर यसले देश र जनताको हितमा के भयो भन्ने प्रश्न पनि उठिरहेको छ । र, यो विकृत संसदवादको कारण सम्भव भइरहेको छ । यति मात्र नभई शासन व्यवस्था सञ्चालन, धर्म, निर्वाचन, राजनीतिक प्रणालीजस्ता विषयमा पनि संसदको अंकगणितको प्रयोग गरेर केही ठूला दलहरु आफ्नो बलमिच्याइँ गदै आएका छन् । यसका कारण देश र जनतासम्बन्धी थुप्रै विषयमा भएका निर्णयको आलोचना पनि हुँदै आएको छ ।
अमेरिकी सहयोग एमसीसीलाई स्वीकार गर्ने विषयमा संसदको प्रयोग यसको उदाहरणको रुपमा लिन सकिन्छ । एमसीसी अनुदान स्वीकार्न नहुनेमा थुप्रै राजनीतिक दल, तिनका नेता, बुद्धिजीवी तथा जनताको पनि जोडदार माग थियो । सामाजिक सञ्जाल, सडकदेखि सदनसम्म एमसीसीको विषयमा आलोचना भयो, सहयोग नलिन सरकारलाई सुझाव दिइयो । तर, केही शीर्षस्थ दल तथा तिनका नेताहरुले संसदमा आफ्नो बहुमतको प्रयोग गरेर यो अनुदान स्वीकृत गराइहाले । शीर्ष दल र नेताले सरकारको अंकगणित र आफ्नो स्वार्थका लागि प्रयोग गर्दै आएको संसदप्रति नै जनताको विश्वास गुम्न थालेको छ । त्यसकारण यसलाई सुधार्ने वा यसको विकल्पको अन्य व्यवस्था अपनाउने भन्ने अहिले बहस पनि हुन थालेको छ ।
नेपालमा अहिले संसदलाई कानुन तथा नीतिनियम बनाउनका लागि मात्र प्रयोग गर्ने तर प्रत्यक्ष निर्वाचित राष्ट्रपति, प्रधानमन्त्री जस्ता कुनै एक व्यवस्था अवलम्बन गर्ने विषयमा पनि विभिन्न पक्षले आवाज उठाउँदै आएका छन् । यस्तो सरकारमा संसदबाहिरबाट मन्त्री छान्ने र सांसदलहरुलाई केवल कानुन निर्माणमा मात्र केन्द्रित गर्ने र यसले विकृत संसदवादलाई हटाउने उनीहरुको तर्क छ । अर्कोतर्फ राजावादीहरुले पनि पुनः राजतन्त्र कायम हुनुपर्ने माग गर्दै आएका छन् । संसदवादको असफलताकै कारण अहिले फरक शासन व्यवस्था माग गर्दै विभिन्न विरोध प्रदर्शन पनि हुँदै आएका छन् । त्यसकारण दल तथा नेताहरुलाई आफ्नो राजनीतिक भविष्यमा ठूलो असर नपार्ने हो भने विकृत संसदवादको विकल्प खोज्नैपर्ने देखिएको छ, आगे सबैलाई चेतना भया ! जनधारणा साप्ताहिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एआईजी वंशीराज दाहालमाथि कारबाही

तेस्रो संस्करणको एनपीएलको तयारीमा जुट्याे

कांग्रेसमा नयाँ नेतृत्व चयन गर्न मतदान शुरू

भू–माफिया ठण्डिराज र केदारनाथ उपाध्यायले यसरी कुम्ल्याए २८ करोडको सरकारी जग्गा

डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक