सोम, अशोज १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

लोकतन्त्र दिवसका दिन राजाको भव्य स्वागत !

रोजगारदाता मालिक मुलुक कतार र नेपाल, युवाशक्ति खरिद बिक्रीको अपेक्षा

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
लोकतन्त्र दिवसका दिन राजाको भव्य स्वागत !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं / नेपालले मंगलबार १८औं लोकतन्त्र दिवस मनाइरहँदा कतारका राजा शेख तमिम बिन हमाद अल थानीले दुई दिने नेपाल भ्रमण गरेका छन् । कतारी राजालाई विमानस्थलमा नै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा अन्य मन्त्री र शीर्ष नेताहरुले नै राजा अल थानीको भव्य स्वागत गरे ।

दुई देशबीचको मुख्य पहिचान हो, नेपालले युवा शक्ति बेच्छ भने कतारले खरिद गर्छ । भौगोलिक रुपले सानो मुलुक भए पनि पेट्रोलियम पदार्थको बिक्रीबाट कतार विश्वकै धनी र शक्तिशाली राष्ट्रको रुपमा उदाएको छ । फुटबलको गत विश्वकप आयोजना गरेको कतारले यो विकास भने आप्रवासी श्रमिकको मद्दतले नै गरेको हो । त्यसमा नेपाली श्रमिकको योगदान पनि उत्तिकै छ ।
लामो समयदेखि नेपालीले कतारलाई आफ्नो श्रम गन्तव्य बनाउँदै आएको छ । तर कतार युरोप, अमेरिका जस्तो श्रमका लागि आकर्षक गन्तव्य हुन सकेको छैन । पहिलो त यसको सेवासुविधा आकर्षक छैन, अर्कोतर्फ श्रमिकहरुलाई काममा लगाउँदा मानवअधिकार पनि पालना नगरेको जस्ता प्रतिवेदन बेलाबेलामा सार्वजनिक हुने गरेको छ ।

त्यसकारण राजा अल थानीको नेपाल भ्रमणको क्रममा दुई देशबीच १९ वर्षअघि भएको श्रम सम्झौता पुनरावलोकन गर्न नेपालले चाहेको थियो । तर, कतारले भने आनाकानी गरेको छ । नेपालले कतारसँग पटक पटक श्रम सम्झौता पुनरवलोकन गर्न आग्रह गरे पनि कतारले आनाकानी गर्दै आएको हो । यसअघि संयुक्त अरब इमिरेट्स (युएई) मा भएको एक बैठकमा नेपालले कतारसँग श्रम सम्झौताको प्रस्ताव राखेको थियो । कतारले त्यस बेला पनि सहमति जनाउँदै अमिर थानीको नेपाल भ्रमणका क्रममा हस्ताक्षर हुने जनाएको थियो ।
कतारसँगको सम्झौतामा अहिलेको समय अनुकूल हुने गरी पारिश्रमिक सेवा सुविधा, बीमा, सामाजिक सुरक्षा लगायत विषय समेटिने गरी व्यवस्था गर्न नेपालले प्रस्ताव गरेको छ । श्रमिक भर्ना प्रक्रियाको सबै शुल्क कतारका रोजगारदाताले बेहोर्ने उल्लेख छ । तर कतारले यसमा चासो नदिँदा पुनरवलोकन हुन नसकेको अधिकारीहरू जनाउँछन् ।

नेपाल र कतारबीच पहिलो पटक सन् २००५ मार्च २१ मा श्रम सम्झौता भएको थियो । यसलाई समयानुकूल तथा श्रमिकमैत्री बनाउन पुनरवलोकन गर्ने विषय बेलाबेला उठ्दै आएको छ । तर सम्झौताको १९ वर्षसम्म पनि पुनरवलोकन हुन सकेको छैन ।

सरकारले कतारमा श्रमिकहरू फ्री भिसा, फ्री टिकटमा पठाउने घोषणा पनि गरिसकेको छ । तर यो घोषणामा मात्रै सीमित छ। कार्यान्वयन हुन सकेको छैन । यहाँबाट श्रमिकहरू चर्को शुल्क तिरेर जान बाध्य छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार कतारका लागि गत आर्थिक वर्ष (२०७९–२०८०) मा एक लाख ३३ हजार युवाले श्रम स्वीकृति लिएका थिए । २०८० वैशाखदेखि चैतसम्म पनि कतारका लागि एक लाख ३३ हजार १०२ जनाले श्रम स्वीकृति लिएका छन् ।

त्यसविपरीत कतारले आफ्नो राजाको भ्रमणमा पनि नेपाललाई आश्वासन मात्र दिएको छ । कतारमा रहेका नेपाली श्रमिकहरूका हक अधिकारको रक्षा, सेवासुविधाको कुरा समग्रमा राष्ट्रपतिले राखेका थिए । राष्ट्रपति पौडेलसँगको भेटमा अल थानीले आफ्नो मुलुकका आकर्षक क्षेत्रहरूमा नेपाली कामदार लैजान योजना बनाएको आश्वासन दिए ।

त्यसबाहेक नेपाल र कतारबीच भावी सहकार्यका बारेमा पनि कुराकानी भएका थिए । कतारका अमिरले नेपालको जलस्रोत, कृषि, खाद्यान्न र पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउन सकिने सम्भावनाको ढोका खोलेको जनाएका छन् । लगानी बढाउनेबारे पनि संयुक्त समिति बनाउने कुरा भएको छ ।

नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालले सन् २००० जुलाई ११ मा दोहामा राजदूताबास स्थापना गरेको थियो भने कतारले काठमाडौंमा आफ्नो राजदूतावास सन् २०११ अगस्टमा स्थापना गरेको थियो । नेपाल र कतार दुवै संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्र र असंलग्न आन्दोलनका पक्षधर हुन् । शान्ति, सुरक्षा तथा विकासका क्षेत्रमा सहकार्यका लागि विभिन्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संगठनहरुमा यी दुवै राष्ट्रहरु सदस्यका रूपमा छन् । अब कतारले नेपालबाट युवा श्रमिक लैजाने मात्र होइन, युवाको सीप विकासमा नेपालमा लगानी गर्नका लागि पनि नेपाली पक्षले जोड दिनुपर्छ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

वडा सदस्यदेखि राष्ट्रिय सभा हुँदै केन्द्रीय नेतृत्वतर्फ गीता देवकोटाको राजनीतिक यात्रा

वडा सदस्यदेखि राष्ट्रिय सभा हुँदै केन्द्रीय नेतृत्वतर्फ गीता देवकोटाको राजनीतिक यात्रा

२ घण्टा अगाडि
‘बाः एक योद्धा’को कमाइ करिब दुई करोड

‘बाः एक योद्धा’को कमाइ करिब दुई करोड

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

वडा सदस्यदेखि राष्ट्रिय सभा हुँदै केन्द्रीय नेतृत्वतर्फ गीता देवकोटाको राजनीतिक यात्रा

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कांग्रेसको विधान संशोधनमा तीन महामन्त्री रहने

कांग्रेसकाे महाधिवेशनमा शीर्ष नेताहरू सहभागी

कतारलाई झन्डा हस्तान्तरण गर्दै बिदाइ एशियाली खेलकुद

न्याय परिषद् बैठक भाेलि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक