आइत, कार्तिक ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘बोक्सीको घर’को भव्य प्रिमियर शो

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
‘बोक्सीको घर’को भव्य प्रिमियर शो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । भाेलि शुक्रबारबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘बोक्सीको घर’को बिहीबार साँझ राजधानीमा भव्य प्रिमियर शोको आयोजना गरिएको छ।

सुलक्षण भारतीको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमाले महिलालाई कसरी बोक्सीको आरोप कसरी यातना दिइन्छ भन्ने कथाबस्तुलाई प्रस्तुत गरेको छ। सिनेमाको प्रिमियरमा कलाकार, प्राविधिक, निर्देशक, निर्माता, पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो।

सिनेमा हेर्न पुगेकी अभिनय स्वस्तिमा खड्काले कथावस्तु र कलाकारको कामको प्रशंसा गरेकी थिइन्। उनले सिनेमा हेरेर महिला वा पुरुषको रूपमा विभाजित गर्नु भन्दा पनि समाजको चेतना स्तर कस्तो छ भन्ने कुरालाई ध्यान दिनुपर्ने जनाइन्।

निर्देशक तथा निर्माता अशोक शर्माले पनि सिनेमाले उठाएको कथावस्तुको प्रशंसा गरेका थिए। उनले यस्तो सिनेमालाई दर्शकको साथको आवश्यक रहेको जनाए । अभिनेत्री बेनिशा हमाल पनि समाजमा घट्ने विभिन्न घटनामध्येको एउटा तितो यर्थाथलाई टपक्क टिपेर माला जस्तै उनेर सुन्दर सिनेमा निर्माण गरेकोमा अभिनेत्री तथा निर्मात्री केकी अधिकारी धन्यवाद दिइन्। यस्तै, निर्देशक तथा कलाकार दीपाश्री निरौलाले पनि ‘बोक्सीको घर’ उत्कृष्ट सिनेमा बनेको भन्दै सम्पूर्ण दर्शकलाई सिनेमा हेरेर साथ दिन आग्रह गरिन्।

गायक तथा अभिनेता प्रकास शपुतले पनि सिनेमा उत्कृष्ट बनेको प्रतिक्रिया दिएका छन्। आफूले सिनेमा हेरेर नै सिनेमाको मर्मअनुसार नै गीत बनाउने अवसर दिएकोमा अभिनेत्री निर्मात्री केकी अधिकारीलाई धन्यवाद दिएका थिए। अभिनेत्री तथा उद्घोषिका रिमा विश्वकर्माले पनि सिनेमा राम्रो बनेको भन्दै यस्तो विषयवस्तुमा सिनेमा बनाउने हिम्मत गरेकोमा अभिनेत्री तथा निर्मात्री केकी अधिकारीलाई बधाई दिइन्। सिनेमाकी निर्मात्री तथा मुख्य अभिनेत्री केकी अधिकारीले शुक्रबारसम्म ‘बोक्सीको घर’ आफ्नो सिनेमा भएपनि त्यसपछि सम्पुर्ण दर्शकको सिनेमा भएकाले साथ र सहयोगको अपेक्षा रहेको जनाइन्।

प्रिमियरमा सिनेमालाई राम्रो प्रतिक्रिया मिलेको भन्दै दर्शकले पनि सिनेमा रुचाउने विश्वास व्यक्त गरिन्। केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमा नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी केकीको छ। सिनेमामा निर्माताका रूपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन्।

सिनेमामा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ। लोचन रिजालको ब्याक ग्राउण्ड म्युजिक रहेको सिनेमामा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ। टिफल्क फिल्मसले सिनेमाको वितरण अधिकार लिएको छ। सिनेमाको बुधबारदेखि नै हलहरुले अग्रीम टिकट बुकिङ खुल्ला गरिसकेका छन्।

यो पनि पढ्नुहोस्

हिन्दु धर्मगुरुहरूले ‘पाँच पाण्डव’ हेरेपछि भने– हेर्नै पर्ने उत्कृष्ट सिनेमा

हिन्दु धर्मगुरुहरूले ‘पाँच पाण्डव’ हेरेपछि भने– हेर्नै पर्ने उत्कृष्ट सिनेमा

५ घण्टा अगाडि
गाउँले गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन सार्वजनिक म्यूजिक भिडियाे सहित

गाउँले गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन सार्वजनिक म्यूजिक भिडियाे सहित

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

व्यवसायी महेश श्रेष्ठ कीर्तिपुरबाट पक्राउ

हिन्दु धर्मगुरुहरूले ‘पाँच पाण्डव’ हेरेपछि भने– हेर्नै पर्ने उत्कृष्ट सिनेमा

रास्वपाका २० नेता आज चीन प्रस्थान

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

देशका पहाडी भू-भागमा आंशिक बादल लाग्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक