आइत, कार्तिक ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेविसंघ र स्ववियुबीच सामान्य झडप

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
नेविसंघ र स्ववियुबीच सामान्य झडप
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । शंकरदेव क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)बीच सामान्य झडप भएको छ ।

नेविसंघले क्याम्पसमा आर्थिक अनियमितता भएको भन्दै क्याम्पस प्रमुखलाई विज्ञप्ति बुझाउन जानेक्रममा स्ववियु अध्यक्षले रोक्न खोजेपछि झडप भएको नेविसंघ क्याम्पस एकाइका अध्यक्ष सन्देश खाँडले जानकारी दिए । नेविसंघले क्याम्पस प्रमुख कृष्णप्रसाद आचार्य, लेखा प्रमुख सुद्धर्शन थापा, विद्यार्थी कल्याण प्रमुख गजेन्द्र गोहित र स्ववियु अध्यक्ष सुशान्त बस्नेतको मिलेमतोमा क्याम्पसमा आर्थिक अपचलन गरेको आरोप लगाउँदै आएको छ ।

नेविसंघ क्याम्पस एकाइका अध्यक्ष सन्देश खाँडले हुँदै नभएको बास्केटबल प्रतियोगिता नाममा रकम निकासा भएको बताए । उनको भनाइ अनुसार २०८० भदौ २० देखि २५ गतेसम्म बास्केटबल प्रतियोगिता भएको र उक्त प्रतियोगितामा लागेको खर्च भुक्तानी गरिपाऊँ भनी नेविसंघको लेटरप्याडबाट निवेदन पेस भएको छ ।

उक्त पत्रमा जम्मा खर्चमा चार लाख १७ हजार २४५ उल्लेख गरिएको छ । सोही निवेदन अनुसार बीबीएस दोस्रो वर्ष अध्ययनरत विद्यार्थीको खातामा रकम जम्मा भएको पाइएको नेविसंघको जिकिर छ । नेविसंघको लेटरप्याड प्रयोग भएपछि बुझ्ने क्रममा स्ववियु अध्यक्षको मिलेमतो देखिएको खाँडले बताए । स्ववियुका अध्यक्ष सुशान्त बस्नेत नेविसंघबाट निर्वाचित भएका हुन् ।

झडपमा परेर उनलाई सामान्य चोटपटक लागेको छ । अध्यक्ष खाँड भन्छन् ‘नेविसंघको जानकारी र कुनै संग्लनता विना आयोजना नै नगरिएको बास्केटबल कप भन्ने शीर्षक राखी संगठनको नाममा अमुक व्यक्तिलाई कृत्रिम संयोजक बनाएर फर्जी बिल भौचर प्रयोग गरी हाम्रो संगठनको लेटरप्याडलाई दुरुपयोग गरी केही व्यक्तिले आफ्नो स्वार्थपूर्ति गर्ने गरेको यस्ता वदनियतपूर्ण कार्यको विरोध गर्दै विज्ञप्ति बुझाउन जाँदा झडप भएको हो ।’ स्ववियु अध्यक्ष बस्नेतले क्याम्पस प्रमुखलाई भगाएर आफूहरूलाई रोक्न खोजेपछि झडप भएको जनाए ।

उनले भने ‘हामीलाई बल प्रयोग गरेर रोक्न खोजेपछि घटना घटेको हो ।’ नेविसंघले विज्ञप्तिमा भनेको छ, ‘आयोजना नै नगरिएको बास्केबल कपको योजनाकार, त्यसलाई समर्थन र स्वीकृति दिने निकाय, संयोजक, र चेक बुझ्ने सम्पूर्ण व्यक्तिहरूलाई ७२ घण्टाभित्र कानूनी दायरामा ल्याउनको लागि नेविसंघ शंकरदेव क्याम्पस एकाइ जोडदार माग गर्दछ ।

यसलाई बेवास्ता गरिएको पाइएमा र कीर्तेहरूलाई कानूनी कठघरामा उपस्थित हुने वातावरण सिर्जना नहुने देखिएको अवस्थामा यसबाट उत्पन्न हुने परिस्थितिको सामना गर्न र जिम्मेवारी लिन क्याम्पस प्रशासनलाई समेत सचेत गराउन चाहन्छौं ।’

यो पनि पढ्नुहोस्

रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपाका २० नेता आज चीन प्रस्थान

३ घण्टा अगाडि
रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

२३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

व्यवसायी महेश श्रेष्ठ कीर्तिपुरबाट पक्राउ

हिन्दु धर्मगुरुहरूले ‘पाँच पाण्डव’ हेरेपछि भने– हेर्नै पर्ने उत्कृष्ट सिनेमा

रास्वपाका २० नेता आज चीन प्रस्थान

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

देशका पहाडी भू-भागमा आंशिक बादल लाग्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक