काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले कम्युनिष्टले सरकारमा भएका बेला राष्ट्र र जनताका जलबल्दा विषयलाई ध्यान दिएको जनाएकी छन्। नेकपाको ७५ वर्ष पूरा भएको अवसरमा सोमबार गोदावरीमा एमालेले आयोजना गरेको हीरक महोत्सवमा सम्बोधन गर्दै उनले सरकारमा हुँदा व्यवहारिक रुपमा कार्यन्वयन गरे कम्युनिष्ट आन्दोलनप्रति नेपाली जनताको आशा र भरोषा बढाएको दाबी गरेकी हुन्।
देश विकासमा सबै राजनीतिक दल मिलेर अगाडि बढाउनुपर्ने बताइन्। पूर्वराष्ट्रपति भण्डारीले एमालेका तत्कालीन महासचिव मदन भण्डारीको निधनपश्चात आफ्नो राजनीतिक यात्राले नयाँ मोड लिएको स्मरण गरिन्। उनले भनिन्, ‘जनताका चाहना अनुसार मदनको सपना साकार पार्न आफू राजनीतिमा आएको हुँ।’


