मङ्ल, जेष्ठ १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

वैदेशिक रोजगारीको दुःखान्त कथा, दुर्घटनामा मृत्युदर बढ्दो

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
वैदेशिक रोजगारीको दुःखान्त कथा, दुर्घटनामा मृत्युदर बढ्दो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सुर्खेत । भारतमा कात्तिक १७ गते दुर्घटनामा परी सुर्खेत चौकुनेका एकै परिवारका पाँच जनाको मृत्यु भयो । रोजगारीको सिलसिलामा कर्नाटक राज्यको गुलवर्गा जिल्ला अन्तर्गत अवजलपुरको तलकामा उनीहरूको मृत्यु भएको हो ।

भारतमै पुस २० गते भएको सडक दुर्घटनामा दैलेख जिल्ला दुल्लु नगरपालिका–१० का एकै परिवारका दुई जनाको मृत्यु भयो । उनीहरू रोजगारीका लागि भारतको गुजरात पुगेका थिए ।

वैदेशिक रोजगारीमा रहेका कर्णालीका नागरिकको दुर्घटनामा ज्यान जाने क्रम बढ्दो छ । वैदेशिक रोजगार बोर्डका अनुसार चालु आर्थिक वर्षमा कर्णालीका ३५ जनाले रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका छन् । बोर्डका प्रवक्ता टीकाराम ढकालका अनुसार श्रम स्वीकृति नलिई विदेश जाने र अन्य भिसामा गएकाको तथ्याङ्क कार्यालयले राख्दैन । यो तथ्याङ्क श्रम स्वीकृति लिएकाको हो । यो वर्षको हालसम्म कर्णालीका ३५ जनाले विदेशमा ज्यान गुमाएका छन् ।

सरकारले बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गर्ने घोषणा गर्‍यो तर स्वदेशमा पर्याप्त रोजगारी नहुँदा नेपालबाट लाखौँ कामदार विदेश जान बाध्य छन् । कर्णालीका धेरैजसो नागरिक रोजगारीका लागि भारत जाने गरेका छन् तर वैदेशिक रोजगार बोर्डमा उनीहरूको तथ्याङ्क छैन । कर्णाली प्रदेशका ६० प्रतिशत युवा रोजगारीका लागि भारत र तेस्रो मुलुकमा जाने गरेका छन् ।

त्यसमध्ये धेरैजसो परिवारसहित भारतमा रोजगारीका लागि जाने गरेका छन् । भारतमा रोजगारीका लागि गएका नेपाली कामदारलाई वैदेशिक रोजगारीको मान्यता नदिएकाले उनीहरूले सरकारको तर्फबाट कुनै पनि राहत पाएका छैनन् । ज्यान गुमाएका आफन्तले सरकारबाट राहत पाउनुपर्ने माग गरिरहेका छन् ।

दुई हजारले लिए श्रम स्वीकृति

कर्णाली प्रदेशबाट चालु आर्थिक वर्षमा दुई हजार ३४३ जनाले श्रम स्वीकृति लिएका छन् । यो सङ्ख्या अनलाइनको माध्यमबाट श्रम स्वीकृति लिनेको हो ।

२०७५ साल माघदेखि श्रम तथा रोजगार कार्यालय स्थापना गरी सुुर्खेतबाटै श्रम स्वीकृतिको सेवा दिइँदै आएको छ । पछिल्लो समय अनलाइन माध्यमबाट श्रम स्वीकृति सेवा दिन थालिएपछि कार्यालयमै आएर सेवा लिनेको सङ्ख्या घटेको छ ।

कार्यालयबाट पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या धेरै छ । यो वर्ष श्रम तथा रोजगार कार्यालय सुर्खेतबाट तीन हजार ५११ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । चालु आवको चैतसम्म दुई हजार ३४३ जनाले श्रम स्वीकृति लिएको कार्यालयका निमित्त श्रम अधिकृत शमशेर रानामगरले जानकारी दिनुभयो ।

एक पटक विदेशमा रोजगारी गरेर आएका र फेरि जान चाहेकालाई श्रम स्वीकृति दिँदै आएको उहाँको भनाइ छ । सहजताका लागि पछिल्लो समय श्रम स्वीकृति अनलाइन माध्यमबाट लिने व्यवस्था गरिएको छ । रानामगरले हाल सबैजसोले अनलाइनबाटै सेवा लिइरहेको जानकारी दिनुभयो । गाेरखापत्र

यो पनि पढ्नुहोस्

‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार

‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार

१४ घण्टा अगाडि
सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मुद्राको विनिमयदर सार्वजनिक

विश्वकप फुटबल खेल्ने सबैभन्दा पाका खेलाडीहरू

नक्कली नोट कारोबार गरेको आरोपमा पक्राउ

क्यान महासंघमा नेतृत्व परिवर्तन

‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक