आइत, कार्तिक ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

दोश्रो ‘एडब्लुएस सामुदायिक दिवस’ मनाइंदै

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
दोश्रो ‘एडब्लुएस सामुदायिक दिवस’ मनाइंदै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । ‘एडब्लुएस युजर ग्रुप नेपाल’ को आयोजनामा आउँदो आइतबार, बैशाख ९ गते (२१ अप्रिल)  दोश्रो ‘एडब्लुएस सामुदायिक दिवस’ मनाउन लागिएको छ।

जेनेस सलुशन तथा सनवे कलेज सह-आयोजक रहेको उक्त कार्यक्रमले क्लाउडको बारेमा थप जान्न चाहने, टेक पेशाकर्मीहरु र सूचना प्रविधि क्षेत्रका अगुवाहरुलाई आपसी विचार आदानप्रदान गर्न र क्लाउड कम्प्युटिंग सम्बन्धी पछिल्लो प्रवृत्तिहरुबारे छलफल गर्न एक मंच उपलब्ध गराउने छ।

एडब्लुएस सामुदायिक दिवस समुदायले आयोजना गरेका क्लाउड शिक्षा सम्बन्धी कार्यक्रम हुन्  जहाँ विज्ञ एडब्लुएस  प्रयोगकर्ताहरु तथा विश्वव्यापी रुपमा काम गर्ने व्यवसायीहरुले   प्राविधिक जानकारी दिन्छन् ।

‘एडब्लुएस सामुदायिक दिवस नेपाल २०२४’ ले   अमेजन वेब सर्भिसेज (एडब्लुएस) मार्फत सहभागीहरुको ज्ञान तथा व्यवहारिक सीप वृद्धि  गर्न तथा नवपरिवर्तन एवं  व्यावसायिक वृद्धिलाई सघाउन विभिन्न वक्ताहरु, कार्यशाला गोष्ठी तथा नेटवर्किंग अवसरहरु उपलब्ध गराउने छ।

‘एडब्लुएस युजर ग्रुप’ हरु समुदायको नेतृत्वमा सिक्नुका साथै  ब्लकचेन, कृत्रिम बौद्धिकता, परफरमेन्स कम्प्युटिंग तथा क्लाउड कम्प्युटिंग प्रविधिजस्ता अमेजन वेब सर्भिसेजसंग आबद्ध प्रविधिबाट आपसमा बाँधिएका छन्।

२१ अप्रिल बिहान ९ बजे  काठमाडौँ, मैतीदेवी मार्गस्थित सनवे कलेजमा चिया/कफी संगै सहभागीहरुको नाम दर्ता शुरु हुनेछ भने ९:३० बजेदेखि कार्यक्रम शुरु हुनेछ।

कार्यक्रममा एडब्लुएस एम्व्यासडर तथा  ‘एडब्लुएस युजर ग्रुप नेपाल’  का अगुवा अञ्जनी फुयाँलले प्रस्तुति गर्नेछन् ।  युकेमा मुख्यालय रहेको कम्पनी, जेनेस सलुशन, का संस्थापक तथा प्रमुख कार्यकारी समेत रहेका  फुयाँलले  एडब्लुएसका क्षेत्रमा भै रहेका पछिल्ला विकासक्रम, एडब्लुएस प्रविधिहरु तथा सर्वोत्तम अभ्यासहरुका बारेमा आफ्नो अनुभव तथा दृष्टिकोण साझा गर्नेछन् ।

कार्यक्रमको प्राविधिक सत्रमा एडब्लुएस इन्डियामा डेभलपर मार्केटिंग म्यानजरको रुपमा कार्यरत रिधिमा कपुरले प्रस्तुति दिने छिन भने   प्यानल छलफलपछि शुरु हुने ‘डेभअप्स ट्रयाक’ मा सन्दिप दास, तेजस गुप्ता, अभिनव दुबे, रामनिक कालरा लगायतका वक्ताले एडब्लुएसमा डेभअप्सको ज्ञान शक्तिबारे आफ्नो अनुभव शेयर गर्ने छन्।  त्यस पछि आयोजना गरिने ‘क्लाउड सेक्युरिटी ट्रयाक’ मा सुन्दर श्रेष्ठ, अविरल संग्रौला, निलेश बाघेला र विशाल अल्हतले आफ्नो अनुभवहरु शेयर गर्ने छन्।

शिक्वल फाउन्डेसनले ‘प्रविधिमा महिला’ प्यानल छलफलको सुरुवात गर्ने छ। शिक्वल फाउन्डेसन जीवनका सबै क्षेत्रहरुमा पुरुष र महिलाबीच समानता सुनिश्चित गरी महिलाहरुको व्यक्तित्वको पहिचान र सम्मान  गर्ने एउटा गैर नाफामूलक संस्था हो।

अपरान्ह ४ बजे कार्यक्रम सकिए पछि सहभागी तथा वक्ताहरु बीच ‘नेटवर्किंग सेशन’ आयोजना गरिने छ।

यो पनि पढ्नुहोस्

मुलुकमा लगानीमैत्री  विकास गर्न कानूनी स्थिरता आवश्यक

छठी माताको कृपा हामी सबैमाथि सधैँ बनिरहोस्

२ मिनेट अगाडि
देशको पहाडी भू–भागमा आंशिक बदली

देशका पहाडी भू-भागमा आंशिक बादल लाग्ने

४४ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

देशका पहाडी भू-भागमा आंशिक बादल लाग्ने

एमालेकाे राष्ट्रिय भेला मंसिरमा हुने

हिन्दु धर्मगुरुहरूले ‘पाँच पाण्डव’ हेरेपछि भने– हेर्नै पर्ने उत्कृष्ट सिनेमा

एनपीएल क्रिकेट अन्तर्गत आज दुई खेल हुँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक