शुक्र, जेष्ठ २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

वाम नेताहरुको स्वार्थले बाम तालमेलमा संकट !

 प्रचण्ड,माधव र केपी ओलीबीच जुँगाको लडाईं / वाम पार्टीहरुबीच तालमेलको अभावले दक्षिणपन्थ हावी

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
वाम नेताहरुको स्वार्थले बाम तालमेलमा संकट !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
 काठमाडौं / डेढ महिनाअघि केन्द्रको राजनीतिमा सहकार्यको समीकरण बनाएका वामपन्थी दलहरुबीच सत्तास्वार्थकै कारण दरार देखिन थालेको छ । ईलामको उपचुनाव,  प्रदेश सरकारको नेतृत्व,नियुक्तिमा भागबण्डाजस्ता विषयमा सत्ता समीकरणमा रहेका दलहरुबीच असमझदारी बढेको हो । यसले मुलुक फेरि राजनीतिक अस्थिरताको जोखिममा पर्ने खतरा बढेको छ ।
 गत फागुन २१ मा माओवादीले कांग्रेससँगको गठबन्धन छोडेर एमाले, रास्वपा, जसपा, नेकपा एस लगायत दलसँग समीकरण बनाएको थियो । नेकपा एस अन्तिम समयमा मात्र समीकरणमा सहभागी थियो । विशेषगरी कम्युनिस्ट पार्टीहरुबीचको सहकार्यले वामपन्थी समर्थक वृत्तमा उत्साह देखिएको थियो । तर, केन्द्रमा यी दलहरुको सहभागितामा सरकार पुनर्गठन भए पनि प्रदेश सरकारको विषयमा विवाद देखिएको छ । प्रदेश सरकार गठनको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधकुमार नेपालबीच जुँगाको लडाइँ देखिएको छ भने वाम पार्टीहरुबीच तालमेलको अभावले दक्षिणपन्थ हावी हुन थालेको छ । नेताहरुले व्यक्तिगत अहम् त्यागेर देश र जनताको पक्षमा नसोचिँदा मुलुक दुर्घटनातर्फ उन्मुख देखिएको छ । अहिले गण्डकीदेखि सुदूरपश्चिमको सरकार गठनको विषयमा विवादले फेरि नेपाली कांग्रेसले मुख मिठ्याएको थियो, झलनाथ खनाल र प्रधानमंत्री प्रचण्डबीचको सम्बादले तत्कालका लागि खतरा टरेको देखिएको छ । गण्डकीमा सभामुखको पनि हस्ताक्षर बुझाएर सरकार गठन गरेको भन्दै सर्वोच्च अदालतमा कांग्रेसले रिट दायर गरेको छ, जसमा सुनुवाइ गर्दै अदालतले मुख्यमन्त्री खगराज अधिकारीलाई दीर्घकालीन महत्वको निर्णय नगर्न अन्तरिम आदेश दिइसकेको छ । कांग्रेसकै कारण सुदूरपश्चिममा त केन्द्रीय सत्ता समीकरण नै धरापमा परेको थियो । प्रदेशमा निर्णायक रहेको नागरिक उन्मुक्तिका दुई नेताले आइतबार मुख्यमन्त्रीमा दाबी पेस गरेको थिए, नेकपा एसका अध्यक्ष माधव नेपालले कांग्रेसको स्वार्थमा लम्पसार बनाएपछि दुर्घटनाको संघारमा समीकरण पुगेको थियो । केन्द्रमा सत्ता समीकरणमा रहेको नागरिक उन्मुक्तिको एक पक्षलाई माओवादी र एमालेको समर्थन देखिएको थियो भने अर्को पक्षलाई सत्ता समीकरणमा नै रहेको नेकपा एस र कांग्रेसको समर्थन घोषणा नै भएको थियो । यसले सत्ता समीकरण बने पनि नेताहरुबीच समझदारी बन्न नसकेको स्पष्ट पारेको थियो ।
 यसबीच, सत्तारुढ प्रमुख घटक एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई कमजोर बनाउने कदम चालेको भन्दै नेकपा एकीकृत समाजवादी पार्टीप्रति आक्रामक भए । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनाउने बेलामा कांग्रेस निकट भएमात्रै नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्रीमा सहयोग गर्न सकिने भनी माधवकुमार नेपालले चालेको कदम अराजनीतिक प्रवृत्तिको भएको भन्दै ओलीले आक्रोश व्यक्त गरे । गत  सोमबार पार्टी संसदीय दलको बैठकमा उनले कांग्रेस नजिक भएर सत्ता समीकरणलाई कमजोर बनाउने र यसलाई असफल बनाउन नेकपा एसले अराजनीतिक निर्णय लिएको आरोप समेत लगाए । कम्युनिष्ट साईनबोर्ड राख्ने, नेकपा राख्ने अगाडि र काम अरुको हितमा गर्ने र समाजवादको पक्षधरहरुलाई कमजोर पार्ने खालको भूमिका नेकपा एसको देखिए पनि आफ्नो पार्टी समाजवाद प्राप्त गर्ने लक्ष्यका साथ मिसन २०८४ लाई सफल पार्न लागि रहने ओलीको आक्रामक भनाइ थियो । ‘एकीकृत समाजवादी के नामको पार्टी, त्यसले त्यस प्रकारको अराजनीतिक निर्णय लियो । जुन सही दिशामा राजनीति फर्किंदै थियो । अहिले यतिबेला आन्तरिक रुपमा त्यसमा विपक्षहरुको आशा पलाउने गरी जनतामा आशंका, अन्यौल र निराशा केही मात्रामा भए पनि पैदा हुनेगरी त्यस पार्टीले कदम चाल्यो,’ ओलीले भनेका थिए । एस अध्यक्ष माधवकुमार नेपालले भने सत्ता गठबन्धनका अन्य दलको व्यवहारमा अबको राजनीतिक कोर्स कसरी अघि बढ्छ भन्ने निर्धारण हुने तर्क गर्दै समीकरण भत्काउने धम्कि दिदै आएका थिए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष ओलीले सहमति पालना नगरेको पनि आरोप लगाए ।
कम्युनिस्ट दलहरुको यो विवादका कारण वामपन्थी दलहरुबीच लामो समयसम्म सहकार्यमाथि आशंका बढेको छ । यसले दक्षिणपन्थी वृत्तको मनोबल भने बढाएको छ । कम्युनिस्ट दलहरुको बीचको बेमेलेको अर्को असर राज्यको स्थिरता, विकासनिर्माण लगायतमा पर्ने निश्चित नै छ । अन्त्यमा प्रचण्ड र झलनाथबीचको भेट, संबाद र निष्कर्षले सुदुर पश्चिमको समस्या टरेको देखिएको छ । ईलामको उपचुनावलाई समझदारीपूर्ण ढंगले हल गर्न सकियो भने मिसन ८४ बाम तालमेलको आधार बन्न सक्ने आशा पलाएको छ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

ट्रेड यूनियन अधिकर कुण्ठित गर्ने कदम विरुद्ध जेनेभामा विषय उठाउँछौंः जेटियुसिसि अध्यक्ष श्रेष्ठ

ट्रेड यूनियन अधिकर कुण्ठित गर्ने कदम विरुद्ध जेनेभामा विषय उठाउँछौंः जेटियुसिसि अध्यक्ष श्रेष्ठ

५ मिनेट अगाडि
नेपालमा उबरकाे सेवा सुरु गर्ने घोषणा

नेपालमा उबरकाे सेवा सुरु गर्ने घोषणा

३९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उपत्यकाकाे झण्डै एक सय स्थानमा चार घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने

न्यायालयमा भएको परिवर्तनले न्यायमा आशा जगाएको छ

के संसद  तमासा देखाउने ठाउँ हो?

तातो हावाको कारण कम्तिमा २० जिल्ला प्रभावित हुने पूर्वानुमान

राजनीतिक संस्कार स्खलित भएका नेताहरु !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक