आइत, जेष्ठ १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

नयाँवर्ष २०८१ को सुरुवातसंगै हामी ३३ वर्षमा उकालो लाग्यौं !

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
दलका नेताहरुलाई स्वतन्त्रता नपचेको हो त ? पूर्वराजाको सक्रिय बन्ने सन्देश !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

यो पनि पढ्नुहोस्

काभा महिला भलिबलकाे अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

काभा महिला भलिबलकाे अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

१० मिनेट अगाडि
एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

३६ मिनेट अगाडि
नयाँ वर्ष २०८१ को सुरुवात संगै जनधारणा साप्ताहिक पनि ३३औं वर्षमा उकालो लागेको छ । हामी देशभक्तिपूर्ण आवाजलाई बिशेष महत्व दिंदै, जनताका नैसर्गिक अधिकारबारे निरन्तर आवाज उठाउँदै र भ्रष्टहरुको विरुद्धमा खबरदारी गर्दै यस साप्ताहिकमार्फत सशक्त रुपमा प्रस्तुत हुँदै आएका छौं । तीन दशकको हाम्रो खबरदारीका बाबजुद पनि भ्रष्टाचार न्यून भएको छैन, राष्ट्रघात र जनविरोधी काम नै सरकारमा पुग्ने नेताहरुको आदर्श जस्तै बनेको छ । हामी हाम्रो प्रतिबद्धता र खबरदारीलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दैछौं ।
अहिले देशमा वामपन्थी दलहरुबीचको सहकार्यमा सरकार सञ्चालनमा छ । जनधारणाले लामो समयदेखि वामपन्थी दलहरुबीच एकता, कार्यगत सहकार्यको विषयमा जोड दिँदै आएको थियो । नेपालमा वामपन्थी दलहरु सीमित नेताहरुको स्वार्थका कारण विभाजित र छिन्नभिन्न भएर अस्तित्वमा छन् । जसका कारण कम्युनिष्ट आन्दोलन हालसम्म पनि अधुरो रहेको हाम्रो ठम्याइ रहेको छ । त्यसको साटो वामपन्थी दलहरु एक हुनसकेमा त्यो कम्युनिष्ट आन्दोलन र स्वयं मुलुकका लागि पनि हितकर हुने थियो भन्ने हाम्रो ठम्याइ हो । साथै, मुलुकमा दक्षिणपन्थ र वामपन्थीबीचको प्रतिस्पर्धा हुने र ससाना दलका कारण हुने राजनीतिक अस्थिरता पनि हट्ने थियो । अहिले वामपन्थी दलहरुबीच सत्ता समीकरण त बनेको छ, तर उनीहरुबीच एकजुट अघि बढ्ने समझदारी बनेको छैन । माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच जुँगाको लडाइँका कारण वामपन्थी दलहरुको सहकार्य पनि जोखिममा पर्ने हो कि भन्ने आशंका देखिएको छ । यस्तो जोखिम आउन नदिन र मुलुकका हितका लागि पनि यी दलहरुले बलियो सहकार्यको आवश्यकता देखिन्छ । अर्कोतर्फ मुलुकको आर्थिक सबलता पनि अहिले ठूलो चुनौतीको विषय बनेको छ । केही वर्षयता नेपालको अर्थतन्त्र संकटग्रस्त अवस्थामा छ ।
नेपालको अर्थतन्त्र अहिले रेमिट्यान्स र राजस्व संकलनबाट मात्र सञ्चालित छ । हरेक वस्तु आयात गर्नुपर्ने कारणले मुलुकको अर्थतन्त्र कुनै पनि बेला जोखिममा पर्ने सम्भावना छ । तर, सरकारले अर्थतन्त्रलाई सबल पार्ने उपायहरु कृषि उत्पादन वृद्धि, कलकारखाना स्थापना, विकासका पूर्वाधार निर्माणमा तीव्रता, युवालाई देशमा नै केही गर्न वातावरण सृजना गर्ने जस्ता कामहरु गर्न सकेको छैन । बरु वैदेशिक ऋण लिनका लागि सरकार प्रयास गरिरहेको छ । अहिले नै नेपालले विदेशी ऋणबापत वर्षेनि ठूलो रकम सावाँब्याजको रुपमा तिर्दै आएको छ । विकास निर्माणका लागि भन्दा बढी रकम अहिले सरकारले ऋण तिर्नका लागि छुट्याउनुपर्ने अवस्था छ । यो तीतो सत्यलाई मनन गरेर पनि राष्ट्रिय जागरणको क्षेत्रमा सरकारले काम गर्नुपर्ने देखिन्छ । यसका लागि सर्वप्रथम युवा पलायन रोक्ने, अनावश्यक खर्च कटौती गर्ने, कृषि, श्रमिकहरुको हितमा काम गर्ने, पर्यटक भित्र्याउने र विदेशी मुद्रा आर्जन काम हुन जरुरी छ । यस्तै, सरकारले सुशासनका लागि भ्रष्टाचार नियन्त्रण तथा संलग्नलाई कारबाही, सरकारी निकायको काम चुस्तदुरुस्त र छिटो बनाउन आवश्यक छ । अनि मात्र देशले विकासको लय समात्नेछ, आगे सबैलाई चेतना भया ! नयाँवर्ष २०८१ ले सबैलाई यही चेतना जागरण गराओस्, शुभकामना छ ! जनधारणा साप्ताहिकबाट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

काभा महिला भलिबलकाे अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक