आइत, कार्तिक ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आज बेलुका ५ बजेभित्र मुख्यमन्त्री पदको दाबी पाउने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
आज बेलुका ५ बजेभित्र मुख्यमन्त्री पदको दाबी पाउने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

धनगढी । सुदूरपश्चिम प्रदेशमा सङ्घीय समीकरणमा भएका दल मिलेर आज बेलुका ५ बजेभित्र मुख्यमन्त्री पदको दाबी गर्ने समय निर्धारण गरिएको छ ।

प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर मुख्यमन्त्रीमा दाबी गर्न दिनु भएको समयसीमा आज बेलुका ५ बजे सकिदैछ ।

सुदूरपश्चिममा नेकपा (एकीकृत समाजवादी) लाई मुख्यमन्त्री दिने सहमति भए पनि नेकपा (एमाले) ले निर्णय नगर्दा बिहीबार बिहानसम्म मुख्यमन्त्रीको दावेदारी प्रस्तुत हुन सकेको छैन । एमालेले एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई मुख्यमन्त्री बनाउन नचाहेको चर्चा चलिरहेको छ । सोडारीको ठाउँमा अन्य सांसदको नाम अघि सार्न एमालेले आग्रह गरेको बुझिएको छ ।

एमालेका प्रदेश सभा सदस्य धर्मराज पाठकले सङ्घीय समीकरणमा भएका दल मिलेर आज बेलुका ५ बजे भित्र मुख्यमन्त्रीको दाबी प्रस्तुत गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “दावेदारीका विषयमा एमाले सुदूरपश्चिम संसदीय दलले प्रदेश तहदेखि केन्द्रीय तहसम्म छलफल परामर्श गरिरहेको छ ।”

नेकपा (माओवादी केन्द्र) का उपनेता अक्कलबहादुर रावलले आफूहरूले एमालेको निर्णय पर्खेको बताउनुभयो । उहाँले छलफल, परामर्श ठिक तरिकाले नै अघि बढेको बताउनुभयो ।

एकीकृत समाजवादीका उपनेता प्रकाशबहादुर रावल मुख्यमन्त्रीको दावेदारीका लागि आफूहरू तयारी अवस्थामा रहेको बताउँदै केन्द्रीय नेतृत्व पनि त्यो विषयमा छलफलमा रहेको बताउनुभयो ।

एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेशसभा दलको बैठकले दलका नेता सोडारीलाई मंगलबार नै मुख्यमन्त्रीको रूपमा अघि सार्ने निर्णय गरिसकेको छ । सो पार्टीको केन्द्रीय सचिवालयको बुधबार बसेको बैठकले सोडारीलाई अघि सार्ने निर्णय गरेको थियो ।

प्रदेश प्रमुख मियाँले नागरिक उन्मुक्ति पार्टीका दुई जनाको दाबीका कारण  मुख्यमन्त्री नियुक्ति निष्कर्षमा पुग्न नसकेको बताउँदै वैशाख ४ गते दोस्रो पटक मुख्यमन्त्रीको दावीका लागि आव्हान गर्नुभएको थियो ।

सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत नपाउने भएपछि चैत २२ गते पदबाट राजीनामा दिनुभएको थियो । त्यसपछि चैत २३ गते प्रदेश प्रमुख मियाले संविधानको धारा १६८ को उपधार २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर मुख्यमन्त्रीमा दावेदारी गर्न १० दिनको समयसीमा दिनुभयो ।

सुदूरपश्चिममा मुख्यमन्त्री दाबी गर्न २७ जना प्रदेश सभा सदस्यको आवश्यकता पर्छ । सङ्घीय समीकरणमा भएका दल नेकपा (एमाले) को १०, माओवादी केन्द्रको १०, समाजवादीको ४, नागरिक उन्मुक्तिको ७ मध्ये दुई जना र स्वतन्त्रको एक गरी २७ जनाको समर्थनमा मुख्यमन्त्री दाबी गर्ने तयारी छ ।

अर्कोतिर नेपाली कांग्रेसका १८ र नागरिक उन्मुक्तिका पाँच र राप्रपाका एक जना सांसद रहेका छन् । ५३ सदस्यीय प्रदेश सभामा हाल ५२ जना रहेका छन् । बझाङ प्रदेश सभा (क) बाट निर्वाचित पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा मृत्यु भएकाले प्रदेश सभामा हाल ५२ जना सदस्य छन् । सो क्षेत्रमा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।

यो पनि पढ्नुहोस्

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

१९ घण्टा अगाडि
पूर्वसभापति देउवाको समूह समानान्तर महाधिवेशनको तयारीमा

पूर्वसभापति देउवाको समूह समानान्तर महाधिवेशनको तयारीमा

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

देशका पहाडी भू-भागमा आंशिक बादल लाग्ने

एमालेकाे राष्ट्रिय भेला मंसिरमा हुने

हिन्दु धर्मगुरुहरूले ‘पाँच पाण्डव’ हेरेपछि भने– हेर्नै पर्ने उत्कृष्ट सिनेमा

एनपीएल क्रिकेट अन्तर्गत आज दुई खेल हुँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक