शनि, साउन २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक रेस्टुरेन्ट ‘ड्राइभ इन’ सञ्चालनमा

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक रेस्टुरेन्ट ‘ड्राइभ इन’ सञ्चालनमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक रेस्टुरेन्ट ‘ड्राइभ इन’ सञ्चालनमा आएको छ । बन्दीपुर–४ स्थित केबलकारको बटम स्टेसनमा निर्माण गरिएको अन्तर्राष्ट्रियस्तरको रेष्टुरेण्ट र टुरिस्ट पार्क एकैसाथ सञ्चालन गरेकाे छ ।

नयाँ बर्ष २०८१ वैशाख १ गते बैद्धिक पूजा विधिअनुसार वास्तुपूजा गरी पञ्चकन्याले रेस्टुरेन्ट ‘ड्राइभ इन’ र बन्दीपुरहिल बटम स्टेसनस्थित टुरिष्ट पार्कको उद्घाटन गरेका हुन् । ​

उद्घाटनका अवसरमा केबलकारको समेत विधिवत् रुपमा पूजा गरी शुभारम्भ गरिएको कम्पनीका इञ्जिनियर सुप्रियो मण्डलले जानकारी दिए । उनका अनुसार पाँच वर्षअघिदेखि ५६ रोपनी क्षेत्रफलमा निर्माण गरिएको पार्क र रेस्टुरेन्ट व्यावसायिक रुपमा सञ्चालनमा आएका छन् ।

केबलकार केही समय आन्तरिक प्रयोजनका लागि मात्र प्रयोग गर्ने गरी सञ्चालन ल्याइएको मण्डलले बताए । सर्वसाधारणका लागि भने चाँडै मिति तोकेर खुला गरिने परियोजना कार्यालयले जनाएको छ । ​ बन्दीपुरहिलअन्तर्गतका टुरिष्ट पार्क र रेष्टुरेन्ट भने सर्वसाधारणका लागि पूर्णरुपमा खुला गरिएका छन् ।

यहाँ आउने पर्यटकले विनाकुनै अवरोध मनोरञ्जन लिनसक्ने कम्पनीका उपाध्यक्ष किरण पोख्रेलले बताए । उनका अनुसार मनमोहक टुरिष्ट पार्कमा आकर्षक संरचनासँगै चट्टानमा बनेका शिव मन्दिर, गणेश स्वरूप छन् भने फुटपाथमाथि ३३ देवीदेवताका मूर्ति निर्माण गरिएका छन् ।

चट्टानमा उल्लुको मूर्ति भगवान बुद्धको प्रतिमा, सूर्यनारायण भगवानको वायुयान, विशाल कैलाश पर्वत र भगवान शिवको प्रकट रुप, भगवान विश्वकर्माको मूर्तिका साथै जङ्गली जनावरको सङ्ग्रहालय, हात्ती, गैँडा, जिराफ, जेब्रा, जरायो, बाघलगायत जनावरका मूर्ति, स्थानीय घर र दैनिक प्रयोग हुने सामग्रीसहितको सङ्ग्रहालयसमेत रहेका पोख्रेलले जानकारी दिए । निकै आकर्षक दाबी गरिएको उक्त टुरिष्ट पार्क रु ८६ करोडको लागतमा निर्माण सम्पन्न गरिएको वित्तीय निर्देशक शिवप्रसाद शर्माले जानकारी गराए ।

यस पार्कमा प्रवेश गर्नका लागि प्रतिव्यक्ति रु दुई सय, मोटरसाइकल रु तीन सय, ट्याक्सी रु पाँच सय, माइक्रो बस रु एक हजार तथा ठूला बसका लागि रु एक हजार पाँच सय टिकट मूल्य तोकिएको उनको भनाइ छ । कम्पनीले अफरका रुपमा जतिको टिकट छ त्यो बराबरको नै रेस्टुरेन्टमा सेवा लिन सक्ने गरी गिफ्ट भौचरको व्यवस्था गरेको रेस्टुरेन्टका प्रबन्धक प्रकाश श्रेष्ठले जनाए ।

बन्दीपुरहिलअन्तर्गत पाँचतारे होटल, नवीन टावर, स्काई डाइनिङ, फ्लाई डाइनिङ, स्काई वार, हेल्थ क्लब, ग्राउण्ड डाइनिङ, एक हजार क्षमताको बैङ्क्विट हल, सुभिनार सप, स्काई वाल्क, एज वाल्क, ग्लास वाक थु्र, जिपलाइन, बन्दिपुर–सिद्धगुफा चियर लिफ्टलगायत साहसिक पर्यटकीय मनोरञ्जनका पूर्वाधार समेटर ‘बन्दीपुरहिल’ ब्राण्डमा परियोजना अगाडि बढाइएको उनले जानकारी दिए । उक्त परियोजनाको कुल लागत रु छ अर्ब २९ करोड पुग्ने जनाइएको छ । सबै पूर्वाधार आगामी दुई वर्षभित्र सम्पन्न भई सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

मुस्ताङमा तीन लाख ९६ हजार ९०१ पर्यटक भित्रिए

९१ हजार ३६३ विदेशी पर्यटक भित्रिए

१ महिना अगाडि
पर्वतारोहण रकम विभाज्य कोषमा जम्मा गर्न आग्रह

पर्वतारोहण रकम विभाज्य कोषमा जम्मा गर्न आग्रह

३ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

खसी तस्करीमा आएन कमी

“सामाखुसी-टोखा-झोर” बाटो बारेमा ध्यानाकर्षण

बैतडीका ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

लुम्बिनीको पवित्र उद्यान क्षेत्रमा विश्व शान्ति प्रार्थना

चिकित्सकले कुटाइ खाइरहने र बिरामीले सास्ती पाइरहने कहिलेसम्म ?

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक