आइत, जेष्ठ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home लेख

जीबी राईसहित २८ प्रतिवादी, प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
जीबी राईसहित २८ प्रतिवादी, प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कृष्ण सिंह लोथ्याल

काठमाडौं । प्रहरीले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम ठगी प्रकरणको अनुसन्धान सकाएको छ । प्रहरीले ६० दिन लगाएर गरेको अनुसन्धान प्रतिवेदन गएको शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बुझाएको छ ।

गएको फागुन ३ गतेदेखि आरोपितलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको थियो । इलाका प्रहरी कार्यालय बुटवलले शुक्रबार मात्र अनुसन्धान सकाएर प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो । सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ, दुर्गा चापागाईं पाण्डेय र पूर्वकोषाध्यक्ष दिपेश पुनलाई पक्राउ गरिएको थियो । पुन चैत २ गते काठमाडौंबाट पक्राउ परेका हुन् ।

यस्तो थियो सहकारी ठगी प्रकरणमा पूर्वउपराष्ट्रपति पुत्र दिपेशको भूमिका
उनीहरूसहित सहकारीको रकम हिनामिना प्रकरणमा संलग्न २८ जनालाई प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन बुझाइएको रुपन्देही प्रहरी प्रमुख एवं एसपी रन्जितसिंह राठौरले जानकारी दिए ।

सहकारीका ११ हजार बचतकर्ताको एक अर्ब सात करोड ८२ लाख ६७ हजार ७२९ रुपैयाँ हिनामिना भएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । ०७२ सालदेखि सञ्चालित सुप्रिम सहकारीको सञ्चालक समितिको अध्यक्षमा त्यति बेला ग्यालेक्सी टेलिभिजनका सञ्चालक समेत रहेका ओखलढुंगाका गितेन्द्रबाबु ९जीबी० राई थिए ।

उनलाई समेत प्रहरीले प्रतिवादी बनाएको छ । यस्तै, सहकारी प्रकरणमा संलग्न राजु बराल, सुरज श्रेष्ठ, देवेन्द्रबाबु राई र भुपेन्द्र राईलाई समेत प्रतिवादी बनाइएको छ ।

यसैगरी, पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका भविश्वर अर्याल र कुमार रम्तेललाई पनि सुप्रिम सहकारी ठगी प्रकरणमा प्रतिवादी बनाइएको छ ।

जीबी राईले ०७६ मा ओमप्रकाश गुरुङलाई सुप्रिमको अध्यक्ष बनाएका थिए । ओमप्रकाश अध्यक्ष हुँदा भैरहवाको जय अम्बे बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई समेत सुप्रिममा मर्ज गरे । छोटो समयमै रुपन्देही जिल्लाभरि सहकारीको कारोबार विस्तार गरेर उनीहरूले सवा अर्ब रुपैयाँ संकलन गरेका थिए ।

तर, पछि उनीहरूले बचतकर्ताको रकम फिर्ता गर्न नसकेपश्चात् सुप्रिम सहकारीविरुद्ध बचतकर्ताले उजुरी दिन थालेका थिए । प्रहरीका अनुसार, विजयकुमार नेपालसहित एक हजार ७३० जनाले ठगीको जाहेरी दिएका थिए ।

सहकारी ठगीका मुख्य योजनाकार जीबी राई भएको प्रहरीले जनाएको छ । उनी मलेसियातर्फ भागेको खुलेको छ । उनीविरुद्ध प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठनले ‘रेड नोटिस’ जारी गरिसकेको छ ।

उनलाई अझै नेपाल झिकाउन भने प्रहरीले सकेको छैन । सरकारीको कुल रकममध्ये ७८ करोड रुपैयाँ जीबी राईमार्फत पाँच कम्पनीमा पुगेको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ । त्यसमध्ये गोर्खा मिडियामा समेत लगानी गरिएको खुलेको छ ।

यो पनि पढ्नुहोस्

नेपाल सरकारलाई सहयोग गर्न अपिल

नेपाल सरकारलाई सहयोग गर्न अपिल

२९ मिनेट अगाडि
प्रतिनिधि सभामा विनियोजन शीर्षकमाथि आगामी छलफल हुने

प्रतिनिधि सभामा विनियोजन शीर्षकमाथि आगामी छलफल हुने

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

आज विश्व रक्तदाता दिवस

पाल्पामा हालसम्म ८४२ जनामा एचआइभी सङ्क्रमित

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक