मङ्ल, जेष्ठ १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जीर्ण भवनभित्र कहालीलाग्दो पठनपाठन

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
जीर्ण भवनभित्र कहालीलाग्दो पठनपाठन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

दार्चुला । शैल्यशिखर नगरपालिका–७, दोबाटास्थित भैरवनाथ आधारभूत विद्यालयको भवन जीर्ण हुँदा विद्यार्थीको पठनपाठनमा समस्या भएको छ । शैल्यशिखर, लेकम र मालिकार्जुन सीमा क्षेत्रमा रहेको यो विद्यालय २०६८ सालमा स्थापना भएको हो । स्थानीयवासीले जस्तापाताको छानो हालेर दुई कोठाको विद्यालय भवन (कच्ची टहरो) बनाए पनि पुनर्निर्माण गर्न नसक्दा पठनपाठनमा समस्या भएको छ । भवनको छानामा राखिएको जस्तापातामा खिया लागेको छ ।

भवन चुहिने भएकाले काठ कुहिन थालेको छ, भने भित्ता तथा पर्खालको ढुङ्गा निस्किने गरेको छ । कक्षाकोठामा निकै पुराना १० जोर डेस्कबेन्च राखिएका छन् । कुनैको खुट्टा भाँचिएका छन् त केही हल्लिन्छन् । स्थानीय बालबालिकाका लागि नजिकै अन्य विद्यालय नभएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोवी मिश्रलगायत समाजसेवीको पहलमा कक्षा तीनसम्मको पठनपाठन गर्न सो विद्यालय स्थापना गरिएको हो ।

विद्यालय भवन जीर्ण भएकाले विद्यार्थी भुइँमै बसेर पढ्न बाध्य छन् । विद्यार्थी पनि जीर्ण भवनभित्र बसेर पढ्न डराउने गरेका छन् । वर्षामा पानी चुहिने र हिउँदमा चिसो हुने समस्या रहेको छ । दुई घण्टा हिँडेर प्राथमिक तहको शिक्षा पार गर्नुभएका अध्यक्ष मिश्रले भन्नुभयो, “घर फर्किन त्यत्ति नै समय लाग्थ्यो । त्यसरी हिँड्नु परेपछि प्राथमिक शिक्षासम्म मात्र पढ्न पाएको हुँ । दिनदिनै चार घण्टा हिँड्न गाह्रो हुन्थ्यो, पढ्नै पर्छ भन्ने थिएन ।”

“छोराछोरीले विद्यालय जानुको सट्टा घरमा काम सघाउँदा आमाबाबु पनि खुसी हुन्थे,” ६३ वर्षीय मिश्रले भन्नुभयो, “स्कुल छाडेपछि गाईवस्तु चराउन र घरको काम गर्न थालेँ, त्यसमै दिनगए । मेरो जस्तो दुःख आजका बालबालिकाले नभोगून् भनेर विद्यालय स्थापना गरेका हौँ ।”

गाउँले बालबालिकालाई शिक्षाको ज्योति दिन जग्गादान गरेर विद्यालय स्थापना गरिएको भनाइ उहाँको छ । तत्कालीन जिल्ला शिक्षा कार्यालयले विद्यालय सञ्चालनको अनुमति दिए पनि भवनलगायतका पूर्वाधारमा पर्याप्त सहयोग नआएको भनाइ उहाँको छ । आर्थिक स्रोत नभएको यस विद्यालयको अवस्था दयनीय भएकाले तत्कालीन बोहरीगाउँ गाविसले १६ हजार रुपियाँ सहयोग गरेको थियो । सोही रकमबाट सुरुमा दुई जना महिला शिक्षक राखिएको थियो ।

उहाँहरूले केही महिना तलबबिनै काम गर्नुभयो, विद्यालयको विगत स्मरण गराउँदै उहाँले थप्नुभयो, “गाउँमा सामुदायिक वनको कोष बनाइएको थियो । पछि त्यही कोषबाट शिक्षकलाई मासिक दुई हजार रुपियाँ तलब दिन थालियो ।”

विद्यालय स्थापनाको छ वर्षपछि नगरपालिकाले शिक्षकलाई तलब दिन सुरु गरेको छ । यस विद्यालयमा शैल्यशिखर–७, दोबाटासँगै लेकम गाउँपालिका र मालिकार्जुन गाउँपालिकाको बालबालिका पढ्न आउने गर्छन् । हावाहुरीले विद्यालयको छानो उडाएपछि विद्यार्थी खुला आकाशमुनि पढ्न बाध्य छन् । उक्त भवन मर्मतसम्भारका लागि स्थानीयवासीले वडा कार्यालय, नगरपालिका कार्यालय र आफ्नो क्षेत्रका सांसदलाई धेरै पटक गुहारे पनि बजेट भने नपाएको गुनासो स्थानीयवासीको छ ।

सरकारको बेवास्ताका कारण विद्यार्थीको सङ्ख्या घटेर ३५ जनामा झरेको छ । भवनको माथि छानो छैन, बस्नलाई डेस्क, बेन्च छैन । भुइँमा चटाइ बिछ्याएर बस्नुपर्ने अवस्थामा रहेको शिक्षक बताउँछन् । यहाँ तीन कक्षासम्म पढाइ भए पनि नेपाल सरकारले बालविकास शिक्षकको एउटा मात्र दरबन्दी दिएको छ । अन्य दुई जनालाई नगरपालिकाले मासिक आठ हजार रुपियाँका दरले तलब दिने गरेको छ ।

उक्त विद्यालयको पूर्वाधार निर्माण र जनशक्ति व्यवस्थापनका लागि स्थानीयले तिनै तहको सरकारलाई हारगुहार गरिरहेका छन् । विद्यालय भवन मर्मतसम्भारका लागि नगरपालिकाले पहल गरिरहेको शैल्यशिखर नगरपालिका–७ का वडाध्यक्ष पुष्पराज जोशीको भनाइ छ ।  गाेरखापत्रबाट

यो पनि पढ्नुहोस्

‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार

‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार

१४ घण्टा अगाडि
सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मुद्राको विनिमयदर सार्वजनिक

विश्वकप फुटबल खेल्ने सबैभन्दा पाका खेलाडीहरू

नक्कली नोट कारोबार गरेको आरोपमा पक्राउ

क्यान महासंघमा नेतृत्व परिवर्तन

‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक