काठमाडौं । कोरियन भाषा परीक्षामा ६ हजार परीक्षार्थी उत्तीर्ण भएका छन्। चालू वर्षको उत्पादनतर्फ पहिलो चरणको कोरियाली भाषा परीक्षामा ६ हजार ३२१ जना उत्तीर्ण भएका हुन्। सो परीक्षा गत फागुन ७ गतेदेखि चैत २४ गतेसम्म भएको थियो। सो परीक्षामा ४० हजार ५८० जना सहभागी भएको रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले जनाएको छ। nimb यस्तै पहिलो चरणको परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरूले सीप परीक्षणमा सहभागी हुनु पर्नेछ। सो परीक्षा आगामी वर्षको वैशाख ९ देखि १५ गतेसम्म हुने शाखाले जनाएको छ।
उत्पादन क्षेत्रतर्फको दोस्रो चरणको परीक्षा पनि वैशाखबाट हुनेछ। जसमा ८० हजार बढी सहभागी हुनेछन्।


