आइत, जेष्ठ १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

संघीयतामा केन्द्रको प्रभाव किन ?

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नेपालमा २०७२ सालमा जारी भएको नयाँ संविधानअनुसार संघीय व्यवस्था कार्यान्वयनमा छ । संघीयताको कार्यान्वयनस्वरुप केन्द्र, प्रदेश र स्थानीय तह गरी छुट्टाछुट्टै स्वायत्त निकायहरु छन् । तर, तिनको सञ्चालनमा भने अहिलेसम्म केन्द्रको नै हस्तक्षेप हुने गरेको छ । संघीयताको मर्मअनुसार स्थानीय तह र प्रदेश केन्द्रको निर्देशनमा चल्ने हैनन् । यिनीहरुले आवश्यक परेमा मात्र केन्द्रसँग समन्वय गर्ने हो । तर, प्रमुख दल तथा शीर्ष नेताहरुको केन्द्रीकृत मानसिकताका कारण हालसम्म पनि प्रदेश तथा स्थानीय तह स्वायत्त निकायका रुपमा सञ्चालनमा आउन सकेका छैनन् ।

पछिल्लो समय केन्द्रमा नयाँ सत्ता समीकरण बनेको छ । एक वर्षयता यस्तो समीकरण तीन पटक फेरिएको हो । तर, केन्द्रमा समीकरण फेरिनेबित्तिकै यसको असर प्रदेशसम्म पर्ने गरेको छ । जसका कारण प्रदेश सरकार अस्थिर मात्र होइनन्, गम्भीर संकटमा पनि परेका छन् । अहिले केन्द्रको नयाँ सत्ता समीकरण बनेसँग प्रदेशमा पनि नयाँ सरकार बनेका छन् । मधेश, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीमा माओवादी, एमाले, जसपा लगायत दलको गठबन्धनमा सरकार पुनर्गठन र नयाँ सरकार गठन भएका छन् । तर, कोशी र सुदूरपश्चिममा भने सरकार बनाउन आवश्यक बहुमत दलहरुले जोड्न नसक्ने देखिएपछि प्रदेशमा अस्थिरता देखिएको छ ।

केन्द्रको हस्तक्षेपले प्रदेश सरकार अस्थिर बन्दा त्यसले प्रादेशिक कामकाजमा पनि असर पुगेको छ । यसले प्रदेश सरकार तथा संघीयताप्रति नै वितृष्णा बढाइरहेको छ । साथै, संघीयता नै असफल बनाउने हो कि भन्ने चिन्ता पनि बढाएको छ । केन्द्रले प्रदेश सरकार गठनमा मात्र होइन, प्रदेशका अन्य महत्वपूर्ण विषयमा पनि हस्तक्षेप गर्दै आएको छ । शीर्ष दल र नेताहरुले प्रदेशको नामकरण र राजधानीको विषयमा लामो समय राजनीति गरे । त्यस्तै, प्रदेश प्रमुख पनि आफूअनुकूल नियुक्त गर्ने, सभामुख, योजना आयोग प्रमुख जस्ता महत्वपूर्ण पदहरुमा चरम राजनीतीकरण देखिएको छ ।

अर्कोतर्फ प्रदेशका लागि आवश्यक कर्मचारी, सुरक्षाकर्मी हस्तान्तरण गर्न आनाकानी गरेको केन्द्रले प्रदेशका आवश्यक नीतिनियम बनाउन पनि ढिलाइ गर्दै आएको छ । निजामती कर्मचारी तथा प्रहरी समायोजनको विषय लामो समयदेखि ढिलाइ हुनु यसको उदाहरण हो । आफूहरुको अगुवाइमा मुलुकमा संघीयता स्थापना भएको भनेर गौरव गर्ने दल तथा नेताहरु नै प्रदेश सरकारलाई स्वतन्त्र रुपमा सञ्चालन गर्न दिइरहेका छन् । हालै प्रदेश सरकार परिवर्तन हुँदा मुख्यमन्त्रीहरुले पनि केन्द्रको हस्तक्षेपको खुलेर विरोध गरेका थिए । जबसम्म प्रदेशमा हस्तक्षेप भइरहन्छ, तबसम्म प्रदेशले विकास गर्न नसक्ने उनीहरुको ठहर थियो । राजनीतिक स्वार्थका लागि केन्द्रमा बन्ने समीकरणले अब प्रदेशमा असर पारिरहने हो भने निश्चय नै भविष्यमा प्रदेशको अस्तित्वमाथि तीव्र रुपमा प्रश्न उठ्नेछ । यस्तो बेलामा दलका नेताहरुको संघीय व्यवस्थालाई मात्र देखाएर उन्मुक्ति पाउने छैनन् । प्रदेश सरकारलाई आफ्नो भातृसंगठनको रुपमा लिने, त्यहाँ आफूखुसी सरकार बनाउने भत्काउने खेल खेल्ने, आफूखुसी नेता कार्यकर्ताको व्यवस्थापन गर्ने कार्य केन्द्रका शीर्ष दलका नेताहरुले बन्द गर्न आवश्यक छ । जनधारणा साप्ताहिकबाट

यो पनि पढ्नुहोस्

काभा महिला भलिबलकाे अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

काभा महिला भलिबलकाे अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

१० मिनेट अगाडि
एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

३७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

काभा महिला भलिबलकाे अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक