बुध, भदौ १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विश्व कीर्तिमानी उपन्यासकार डा.डी.आर.उपाध्याय सम्मानित

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
विश्व कीर्तिमानी उपन्यासकार डा.डी.आर.उपाध्याय सम्मानित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । विश्व कीर्तिमानी गीतकार एवं उपन्यासकार डा.डी.आर.उपाध्याय सम्मानित हुनुभएको छ । युगेन्द्र–लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी, सिलगढी, भारतले बुधबार काठमाडौंमा एक विशेष समारोहबीच उहाँलाई सम्मान अर्पण गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठले उपाध्यायलाई सम्मान अर्पण गर्नु भएको थियो । सर्जक उपाध्यायलाई सम्मानपत्र, मेडल, मायाको चिनो, दोसल्ला, टोपी ,  रुद्राक्ष/फूलको माला र टीका तथा फूल वर्षासहित सम्मान गरिएको थियो ।

गुठीका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रममा मिलापका सम्पादक कृष्ण भूसालले सम्मानित स्रष्टा डी.आर.को परिचय राख्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि मदनदास श्रेष्ठ, अध्यक्ष राधेश्याम लेकाली, विशिष्ट अतिथिहरू वरिष्ठ इतिहासविद् प्राडा सुरेन्द्र केसी, गीतकार संघका निवर्तमान अध्यक्ष गीतकार चूडामणि देवकोटा, साहित्यिक पत्रकार संघका पूर्वअध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, सम्मानित स्रष्टा विश्व कीर्तिमानी सर्जक डा.उपाध्यायले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का केन्द्रीय उपाध्यक्ष कवि राजेन्द्र श्रेष्ठलाई स्वागत सम्मान गरिएको कार्यक्रममा विशेष अतिथिहरू गीतकार संघका अध्यक्ष वसन्त बित्यासी, समालोचकहरू प्रमोद प्रधान र प्राडा गोविन्दमान सिंह कार्की, साहित्यकारहरू खेमनाथ दाहाल, र लेखनाथ पोखरेलको उपस्थिति थियो ।

कार्यक्रममा साहित्यकारहरू विमल भौकाजी, रमेश दाहाल, सुधा शर्मा, रुद्र अधिकारी, नीता श्रेष्ठ, कल्पना खरेल, सुरेन्द्र थापा, गीता अधिकारी, गायक संगीतकार सागर अधिकारी ‘शरद’,लगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन गुठीकी सदस्य साहित्यकार प्राज्ञ सुभद्रा भट्टराईले गर्नु भएको थियो ।

डा.उपाध्यायले विभिन्न विधामा १५३ विश्व कीर्तिमान कायम गर्नुभएको छ । यस्तै, उहाँका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गर्नुभएका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन् ।

युगेन्द्र क्षेत्री अनुवाद अन्तर्राष्ट्रिय पुरस्कार आफ्ना श्रीमान् युगेन क्षेत्रीको नाममा र लक्ष्मीकान्त जोशी राष्ट्रिय अनुवाद पुरस्कार आफ्ना पिता लक्ष्मीकान्त जोशीका नाममा सूचना संवाद संजालकी सम्पादक साहित्यकार ललिता क्षेत्रीले स्थापना गर्नुभएको हो ।

यो पनि पढ्नुहोस्

जलविद्युत परियोजनाको वलमिच्याईको कारण भोटखोलाका जनता रुष्ट

जलविद्युत परियोजनाको वलमिच्याईको कारण भोटखोलाका जनता रुष्ट

१४ घण्टा अगाडि
Live : प्रतिनिधिसभा बैठक सुरु

सभामुखकाे नियमित स्वास्थ्य परीक्षण

१४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

देश नै रित्तिने गरी युवाहरू विदेश पलायन तीव्र !

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आफ्नी बहिनी ‘मुटुको टुक्रा’, अरूकी बहिनी ‘दामी माल’ ?

कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै अदालत पुग्याे

देशभर साधारणतया बदली

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक