आइत, कार्तिक ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

हुम्लाका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुग्याे

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
हुम्लाका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुग्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सिमकोट ।  हुम्लाका सामुदायिक विद्यालयमा समयमै पाठ्यपुस्तक पुगेका छन् । जिल्लाका उत्तरी नाम्खा गाउँपालिकाको एउटा बाहेक सबै सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् ।

जिल्लाका उत्तरी क्षेत्रका दुई सिमकोट र नाम्खा गाउँपालिकाका ३९ विद्यालयमध्ये नाम्खा–६ को लिमीमा रहेको सुनखानी आधारभूत विद्यालयबाहेक अन्य ३८ सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुर्‍याएको रोकाया पुस्तक पसलका सञ्चालक ज्ञानबहादुर रोकायाले जनाए । कक्षा एकदेखि कक्षा १० सम्मका सबै सबै पुस्तक पुर्‍याएको उनले जनाए ।

उनले लिमीको सुनखानी विद्यालयमा पुर्‍याउन यति बेला सडकमा हिउँ जमेर आवतजावत बन्द भएका कारण पाठ्यपुस्तक पुर्‍याउन नसकिएको बताए। यता ज्ञानु पुस्तक पसलले पनि सर्केगाड गाउँपालिकाका ३२ विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउने कार्य पूरा भएको जनाएको छ । यसअघि कक्षा ५ सम्म पुगे पनि चैतको दोस्रो हप्तापछि कक्षा ६ देखि १० सम्मका पाठ्यपुस्तक प्रत्येक सामुदायिक विद्यालयमा पुगेका हुन् ।

जिल्लाको दक्षिण भेगमा रहेका चार गाउँपालिकामा पुस्तक ढुवानीको जिम्मा लिएका एलबी सप्लायर्सका सञ्चालक लोकेन्द्र भण्डारीले पनि आफ्नो जिम्मामा रहेका सबै विद्यालयमा पाठ्यपुस्तक पुर्‍याएको बताए । गाउँपालिकाका अनुसार ताँजाकोटमा १७, अदानचुलीमा १९, चङ्खेलीमा २२ र खार्पुनाथका १७ विद्यालयमा पाठ्यपुस्तक पुर्‍याइसकेको भण्डारीले जनाए ।

कक्षा १ देखि ५ सम्म फागुनमा पुस्तक पुर्‍याएको भए पनि चैत दोस्रो हप्तायता बाँकी सबै कक्षाका पाठ्यपुस्तक विद्यार्थीको हात हातमा पुर्‍याउने कार्य भएको उनले बताए । हुम्लाका चार गाउँपालिकाका विद्यालयका लागि ३६ हजार थान पुस्तक सप्लायर्सले बुझेर लिई जिल्लामा पुर्‍याएर बिक्रीसमेत गरेको जनाइएको छ । बाँकी तीन गाउँपालिकाका लागि केन्द्रको सुर्खेत डिपोबाट वितरण गरिएको थियो ।

शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख भीमराज कार्कीले जिल्लामा कूल विद्यालयका २१ हजार ६८ विद्यार्थीको हात हातमा पुस्तक पुगेको जानकारी दिए । सबै कक्षाका विद्यार्थीलाई हात हातमा पुस्तक पुगेपछि पठनपाठनमा पनि सहज भएको छ ।

दुर्गम जिल्ला हुम्लामा गत वर्ष र यस वर्षको शैक्षिक सत्रमा समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगेका हुन् । समयमै पाठ्यपुस्तक पुग्दा विद्यार्थीलाई पठनपाठनमा सहज हुने भएको छ । हुम्लाका विद्यालयमा गत फागुन ९ गते यता पढाइ सुरु हुन थालेको थियो ।

यो पनि पढ्नुहोस्

त्रिविको परीक्षा भएको ९० दिनभित्र नतिजा सार्वजनिक हुने

अबदेखि त्रिवि दिक्षान्त समाराेह सातै प्रदेशमा

७ दिन अगाडि
तीन वटा विश्वविद्यालय उपकुलपतिविहीन

वैदिक विश्वविद्यालय स्थापना कार्यान्वयनमा लैजानुपर्नेमा जोड

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

यस्ताे छ माैसम

पूर्वसभापति देउवाको समूह समानान्तर महाधिवेशनको तयारीमा

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक