काठमाडौं । अहिले कोशी, मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा सामान्य बादल लागेको छ । बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेकोले केही ठाउँमा सामान्य बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो देशको पहाडी भू–भागमा सामान्य बदलीको सम्भावना छ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै ठाउँ र बाँकी पहाडी भू–भागको एक–दुई ठाउँमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
उच्चपहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँमा सामान्य हिमपात र कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी र पूर्वी तारईका केही ठाउँमा हावाहुरीको सम्भावना पनि रहेको छ ।