आइत, कार्तिक ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

टोलटोलमा पुगेर जनताको समस्या सुन्दै: अध्यक्ष परविन

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
टोलटोलमा पुगेर जनताको समस्या  सुन्दै: अध्यक्ष परविन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

विहादी । पर्वतको विहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङ गाउँ गाउँमा पुगेर जनताको समस्या र गुनासो सुन्दै आइरहेका छन् । निर्वाचन जितेपश्चात जनप्रतिनिधि जनताको घरदैलौमा फर्कदैनन् भन्ने गुनासो सुनिन्छ । तर ठीक यसको वीपरीत विहादी गाउँपालिकाबाट निर्वाचित गाउँपालिका अध्यक्ष परविन गुरुङले भने ‘जनतासँग अध्यक्ष’ कार्यक्रम लिएर गाउँ गाउँमा पुग्न थालेका छन् । उनले स्थानीय जनताको समस्या बुझ्दै, स्थानीयमा रहेका सडक, विद्युत्, शिक्षा, कृषि, स्वास्थ्य, खाने पानी लगायतका समस्या समाधानमा भूमिका खेल्ने बताएका छन् ।

अध्यक्ष गुरुङले भन्नुभयो, ‘‘निर्वाचन जितेपछि जनताको समस्या बिर्सने बेथिति बढ्दै गयो, जसबाट नेता र जनताको सम्बन्ध सुमधुर बन्न सकेन, त्यही कुरालाई मध्यनजर गर्दै मैले यो कार्यक्रम लिएर तपाईको ठाउँमा आएको हुँ । जनताको जिज्ञासामा अध्यक्ष गुरुङले भने, ‘‘पालिकामा रहेका समस्याको विषयमा जनतासँग छलफल र संवाद गरि समाधान गर्न आफु जहिल्यै पनि तयारी रहेको उनले  जनाए ।

अभियानबाट जनताले स्थानीय सरकारले के गरिरहेको छ, पालिकाको योजना कस्तो छ, विकासका कामहरु के कस्तो भइरहेका विषयमा समेत जानकारी लिइरहेका छौं । जनता नै आफ्नो पाठशाला रहेको बताउने अध्यक्ष गुरुङले जनप्रतिधि र जनताबीचको सम्बन्धलाई सुमधुर बनाउन साथै समाजमा एउटा नयाँ कामको थालनी होस् भन्ने लक्ष्यले यस्तो कार्यक्रमको सञ्चालन गरेको बताए । आफूले जिताएको नेतासँग निर्धक्कसँग आफ्ना समस्या सुनाउन पाउँदा स्थानीय जनता खुशी देखिन्छन् । स्थानीयहरुले भन्नुभयो, ‘‘आफूले जिताएको अध्यक्षसँग भोगेको समस्या सुनाउन पाउँदा निकै खुशी लागेको छ, यस्ता कार्यक्रम वडा अध्यक्षहरुले पनि ल्याउन आवश्यक छ ।

अध्यक्ष गुरुङले आफू जनप्रतिनिधि भएदेखिनै यो कार्यक्रम सञ्चालन गर्ने सोच बनाएपनि केही कारण बस ढिलो भएको महशुस भएको छ। यस्तो कार्यक्रम संचालन गर्दा जनताको समस्या र गुनासो प्रत्येक्ष सुन्दा समयमै हल गर्न सकिन्छ । साथै त्यहीँ अनुसारको बजेट, योजना बनाउन सहज हुने देखिन्छ । चुनावको समयमा भोट माग्दा धेरै आश्वासन दिएका नेताहरुले आफ्नो ठाउँको समस्यामा ध्यान नदिँदा स्थानीयले आक्रोश पनि देखाउने गरेका छन् ।

जनतासँग अध्यक्ष कार्यक्रम विहादी गाउँपालिका वडा नम्बर १ बाच्छाको विभिन्न बस्तीमा सम्पन्न भएको छ यस्तै वडा नम्बर २ बर्राचौर वडा नम्बर ३ रानीपानी वडा नम्बर ६ सालिग्रामका केही बस्ती , वडा नम्बर ५ उराम लगायत ठाउँ सम्पन्न भएको छ भने बाकी वडाका बस्तीमा पनि छिटै सञ्चालन गर्ने गाउँपालिका अध्यक्ष गुरुङले जनाए ।

जनताको गुनासो अनुसारनै गाउँपालिकाले कृषि क्षेत्रलाई अगाडि बढाउन विभिन्न ipm कार्यक्रम सञ्चालन गर्दै आएको आर्थिक अवस्था कमजोर भएर लोकसेवा पढ्न बाट बन्चित भएका विद्यार्थीलाई गाउँमै लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै आएको , युवाहरूलाई स्वरोजगार गराइ गाउँमै रोजगारी दिनकालागि विभिन्न प्रविधिक तालिम दिएको विहादी वासी जनताको स्वास्थ्य लाई मध्यनजर गर्दै यहीँ चैत २७ गते बृहत स्वास्थ्य शिविर सञ्चालन गर्ने लागेको र सबैले उक्त शिविरमा सहभागी भइ स्वास्थ चेकजाँच गराउन समेत अनुरोध गर्नु भएको छ । गुरुङले पछिल्लो समय विकास निर्माणका काम कतै ढिला सुस्त त कतै लापरबाही भएछ भन्ने गुनासो आएपछि सम्बन्धि विज्ञ टोली सहित अनुगमन गर्दै आउनुभएको छ ।

यो पनि पढ्नुहोस्

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

१४ घण्टा अगाडि
पूर्वसभापति देउवाको समूह समानान्तर महाधिवेशनको तयारीमा

पूर्वसभापति देउवाको समूह समानान्तर महाधिवेशनको तयारीमा

२० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

यस्ताे छ माैसम

पूर्वसभापति देउवाको समूह समानान्तर महाधिवेशनको तयारीमा

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक