सोम, भदौ २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

संसदीय राजनीति र भारतको वर्तमान अवस्था !

नेपालले भारतको राजनीतिबाट के सिक्ने ? संसदवादको विकल्प खोज्न ढिलो नगर्नु नै उपयुक्त !

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
संसदीय राजनीति र भारतको वर्तमान अवस्था !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं / केही दशकयता विकृत संसदवादका कारण नेपालका केही ठूला दल तथा नेताहरुले देश र जनताका विषयमा आफूखुसी निर्णय गर्दै आएका छन् । संसदवादमा सरकार बनाउन र भत्काउन संसदीय अंकगणित महत्वपूर्ण हुने भएकाले दल तथा नेताहरुले संसदको उपयोग केवल सरकारको जोडघटाउका लागि गरिरहेका छन् । संसद सरकारको विषयमा मात्र अल्झिँदा देश र जनताको हितसँग सम्बन्धित विषयहरु भने पछि छुटेका छन् ।

केही वर्षयताको उदाहरण मात्र हेर्ने हो भने संसदीय अंकगणितको प्रयोगबाट सरकार पुनर्गठनका थुप्रै ‘नाटक’हरु प्रदर्शित भए । हाल माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले मात्र तीनपटक सत्ता गठबन्धन फेरिसकेको छ । कहिले कांग्रेस त कहिले एमालेलगायत दलसँगको गठबन्धनले सरकार सुरक्षित त भएको छ, तर यसले देश र जनताको हितमा के भयो भन्ने प्रश्न पनि उठिरहेको छ । र, यो विकृत संसदवादको कारण सम्भव भइरहेको छ । यति मात्र नभई शासन व्यवस्था सञ्चालन, धर्म, निर्वाचन, राजनीतिक प्रणालीजस्ता विषयमा पनि संसदको अंकगणितको प्रयोग गरेर केही ठूला दलहरु आफ्नो बलमिच्याइँ गदै आएका छन् । यसका कारण देश र जनतासम्बन्धी थुप्रै विषयमा भएका निर्णयको आलोचना पनि हुँदै आएको छ ।

अमेरिकी सहयोग एमसीसीलाई स्वीकार गर्ने विषयमा संसदको प्रयोग यसको उदाहरणको रुपमा लिन सकिन्छ । एमसीसी अनुदान स्वीकार्न नहुनेमा थुप्रै राजनीतिक दल, तिनका नेता, बुद्धिजीवी तथा जनताको पनि जोडदार माग थियो । सामाजिक सञ्जाल, सडकदेखि सदनसम्म एमसीसीको विषयमा आलोचना भयो, सहयोग नलिन सरकारलाई सुझाव दिइयो । तर, केही शीर्षस्थ दल तथा तिनका नेताहरुले संसदमा आफ्नो बहुमतको प्रयोग गरेर यो अनुदान स्वीकृत गराइहाले ।

हालै भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो विरोधीहरुलाई तह लगाउनका लागि पनि संसदमा आफ्नो बहुमतको उपयोग गरिरहेका छन् । यही वर्ष हुने भारतको लोकसभाको चुनावअघि मोदीले नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पुरानो मदिरा नीति तथा अन्तःशुल्क नीतिमा जेल हालेका छन् । केन्द्र सरकारको मातहतमा रहेको प्रवर्तन निर्देशनालय (ईडी)ले मोदीको निर्देशनमा ती नेताहरुलाई विभिन्न आरोप लगाइरहेको छ । तर, संसदमा मोदीलाई चुनौती दिने कोही छैनन् । मोदीले आफ्नो विपक्षी दल काग्रेसको बैंक खाता बन्द गराएका छन्, जसका कारण कांग्रेसको निर्वाचन प्रचार प्रभावित भएको छ । त्यति मात्र नभई मोदी पक्षले केही प्रभावशाली नेताहरुलाई आफ्नो दलमा सहभागी हुन नत्र विभिन्न आरोप लगाएर जेलसम्म पु¥याइदिने धम्की दिएको केही नेताहरुले नै खुलासा गरिरहेका छन् ।

भारतीय लोकसभामा एक दशकदेखि मोदीको दल भारतीय जनता पार्टीको एकछत्र बहुमत छ । त्यही कारण पछिल्लो समय मोदीलाई चुनौती दिन भारतमा असम्भवजस्तै देखिएको छ । राजनीतिमा मात्र नभई, सञ्चारमाध्यम, बुद्धिजीवी वर्ग र समाजका विभिन्न तहतप्कामा मोदीले आफ्नो प्रभूत्व जमाइसकेका छन् । त्यसकारण उनी पछिल्लो समय तानाशाहीको रुपमा प्रस्तुत हुन थालेको भन्दै भारतमै अर्को पक्षले आलोचना गरिरहेको छ । यो सबै सम्भव भने विकृत संसदवादको प्रयोगले नै हो ।

संसद् जनताका प्रतिनिधि सहभागी हुने सर्वोच्च संस्था हो । विभिन्न कानुन, नीतिनियमहरु पारित गर्न संसदको अंकगणित महत्वपूर्ण हुन्छ । नेपालमा सरकार गठनका लागि मात्र पनि संसदीय बहुमत आवश्यक छ । तर, शीर्ष दल र नेताले यस्तो अंकगणितका लागि प्रयोग गर्दै संसदप्रति नै जनताको विश्वास गुम्न थालेको छ । त्यसकारण यसलाई सुधार्ने वा यसको विकल्पको अन्य व्यवस्था अपनाउने भन्ने अहिले बहस पनि हुन थालेको छ ।

नेपालमा अहिले संसदलाई कानुन तथा नीतिनियम बनाउनका लागि मात्र प्रयोग गर्ने तर प्रत्यक्ष निर्वाचित राष्ट्रपति, प्रधानमन्त्री जस्ता कुनै एक व्यवस्था अवलम्बन गर्ने विषयमा पनि विभिन्न पक्षले आवाज उठाउँदै आएका छन् । यस्तो सरकारमा संसदबाहिरबाट मन्त्री छान्ने र सांसदलहरुलाई केवल कानुन निर्माणमा मात्र केन्द्रित गर्ने र यसले विकृत संसदवादलाई हटाउने उनीहरुको तर्क छ । अर्कोतर्फ राजावादीहरुले पनि पुनः राजतन्त्र कायम हुनुपर्ने माग गर्दै आएका छन् । संसदवादको असफलताकै कारण अहिले शासन व्यवस्था माग गर्दै विभिन्न विरोध प्रदर्शन पनि हुँदै आएका छन् । त्यसकारण दल तथा नेताहरुलाई आफ्नो राजनीतिक भविष्यमा ठूलो असर नपार्ने हो भने विकृत संसदवादको विकल्प खोज्नैपर्ने देखिएको छ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

गृहमन्त्री सुदन गुरुङले एउटा मार्मिक स्टाटस लेखे

गृहमन्त्री सुदन गुरुङले एउटा मार्मिक स्टाटस लेखे

१५ घण्टा अगाडि
प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान

प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

इन्डोनेसियामा यात्रुवाहक जहाज बेपत्ता

शिक्षामंत्री लखेटिएको घटना के हो ?

गृहमन्त्री सुदन गुरुङले एउटा मार्मिक स्टाटस लेखे

दिल्लीमा ब्रिक्स देशहरूको शिखर सम्मेलन सुरु

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक