शनि, अशोज २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

रंगमञ्च उठेपछि आयौ’ भने जस्तै प्रधानमन्त्रीका कुरा ! 

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
आईएमएफको चेतावनीले पुँजीबादमा संकटको संकेत !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

यो पनि पढ्नुहोस्

क्यानो स्लालममा नेपालका विजय माझी १०औं स्थान कायम

२०औं एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई पुरस्कार पाउने

१ घण्टा अगाडि
सीजेपीले हिरासतमा लिएको दाबी

सीजेपीले हिरासतमा लिएको दाबी

१ घण्टा अगाडि
 –निमकान्त पाण्डे
देशमा अहिले इलाम–२ को प्रतिनिधिसभा र बझाङ–१ को प्रदेशसभाको उपनिर्वाचनको रापताप सुरु भएको छ । मिसन ८४ मा रहेका दलहरु यो उपनिर्वाचनलाई आफ्नो ‘मिनि एक्सरसाइज’ को रुपमा लिएका छन् । पछिल्लो समयमा देशमा पुराना दलप्रतिको वितृष्णा र नयाँ दलप्रतिको आकर्षणका कारण यो उपनिर्वाचनले पनि त्यही धारलाई कायम राखेको छ कि त्यसमा पनि बदलाब आएको भन्ने स्पष्ट पार्ने अपेक्षा लिइएको छ । विशेषगरी एमाले नेता सुवास नेम्वाङको क्षेत्र इलाम–२ मा लामो समयदेखि एमालेको वर्चस्व रहँदै आएको छ । नेम्वाङको निधनपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।
एमालेले नेम्वाङकै छोरा सुहाङलाई त्यहाँ उम्मेदवार बनाएको छ । एमाले अहिले सत्तारुढ गठबन्धनको एक दल हो । गत फागुन २१ मा नयाँ सत्ता गठबन्धन बन्दा अब वामपन्थी दलहरुबीच सहकार्य हुने अपेक्षा जनताले गरेका थिए । तर, त्यसको केही सातामै उनीहरु अझै एक हुन नसकेको सन्देश उपनिर्वाचनमा छुट्टाछुट्टै उम्मेदवार घोषणा गर्नुले पनि स्पष्ट पारेको छ । इलामा माओवादी, एकीकृत समाजवादीले आआफ्नो उम्मेदवार उठाउने भएको छ । कांग्रेस अझै उम्मेदवार छनोटको प्रक्रियाममै छ । केही वर्षअघि एमाले र माओवादीको एकताबाट नेकपाको आगमनपछि वामपन्थी दलहरु नेपाली राजनीतिप्रति गम्भीर भएको अपेक्षा गरिएको छ ।

दशकौंदेखि विभाजित पार्टीको रुपमा वामपन्थी दल नेपालको राजनीतिमा प्रभावशाली हुन सकेका थिएनन् । त्यही कारण नेकपाले लामो समय देशको नेतृत्व गर्ने अपेक्षा गरिएको थियो । तर, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालको जुँगाको लडाइँका कारण उनीहरु फेरि ‘पुनर्मुसिको भव’ को अवस्थामा आइहाले । त्यसपछि कांग्रेससँगको सहकार्यमा अघि बढेको माओवादी र एकीकृत समाजवादीले त्यो गठबन्धनले आफ्नो राजनीतिक उद्देश्य पूरा नहुने संकेत पाइहाले । त्यही कारण पुनः एमालेसँगको सहकार्यमा सरकार पुनर्गठन भएको छ तर यो सहकार्यको फाइदा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको लागि नहुने भएको छ । मतलब, अझै पनि वामपन्थी दलबीच तन मिले पनि मन नमिलेको जस्तै अवस्था छ । तर, कम्युनिस्ट दलका नेताहरुले आफूहरुबीच सहकार्यको आवश्यकताको रटान भने लगाउन छाडेका छैनन् ।

हालै एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण वामपन्थी र देशभक्तहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिए । प्रचण्डले नयाँ र मौलिक तरिकाले नेपाली समाजवादी क्रान्ति अगाडि बढ्ने विश्वास पनि व्यक्त गरे । माओवादी आन्दोलनलाई छिटोभन्दा छिटो एक ठाउँमा केन्द्रित गर्ने र सम्पूर्ण राष्ट्रवादी शक्तिलाई पनि एक ठाउँमा केन्द्रित गरेर नयाँ र मौलिक तवरले समाजवादी क्रान्ति अगाडि बढाइने र यो आत्मविश्वास अहिले पनि नेतृत्वलाई रहेको उनको भनाइ थियो ।

देश र जनतालाई केन्द्रमा राखेर आफू अगाडि बढेको दाबी गर्दै उनले भनेका छन् ‘दायाँ कदम चाल्दा होस् या बायाँ कदम चाल्दा होस्, क्रान्ति, जनता र राष्ट्रप्रतिको निष्ठामा कमी आउन दिन हुन्न, हामीले लिएको संकल्प त्यही हो, आज पनि त्यही छ ।’ तर, १० वर्ष जनयुद्ध गरेर आएका प्रचण्डलाई यो कुरा थाहा नै छ कि क्रान्ति कहिल्यै पनि एक्लै सम्भव हुँदैन । यसका लागि ठूलो जनसमुदायको सहयोग र साथ चाहिन्छ ।

राजनीतिक रुपमा त्यही उद्देश्य बोकेका दल र नेताहरुलाई यो आन्दोलनमा सहभागी गराउन आवश्यक छ । तर, इलाम उपनिर्वाचनमा भने प्रचण्डले भनेको भन्दा ठीक उल्टो देखिएको छ । अर्थात् प्रचण्ड वामपन्थी तथा राष्ट्रवादी दलसँग सहकार्यको भाषण त गर्छन् तर व्यवहारमा उतार्दैनन् । न त उनले अन्य कम्युनिस्ट दललाई सहकार्य गरेर उपनिर्वाचनमा जाऔं भन्ने क्षमता नै राख्न सकेको देखिन्छ ।

गतवर्ष प्रतिनिधिसभाको चुनावी परिणामले नेताहरुलाई कमजोर भएको महसुस गराएको छ भन्ने कुराको छनक अहिले इलामको उपचुनावमा देखिएको छ, त्यो पनि एमालेले उम्मेदवार घोषणा गरिसकेपछि । वामपन्थी र देशभक्तहरु एक ठाउँमा उभिन आवश्यक छ भन्ने कुरा अब आएर प्रचण्डलाई किन महसुस भयो ? ढिलो भएन र ? घन्टीले घन्टी बजाइसकेपछि बल्ल अब झस्केका छन् नेताहरु ! यो त ‘रंगमञ्च उठेपछि आयौ’ भन्ने एउटा गीतको पंक्ति सम्झाउने खालको नेताहरुको आचरण देखिँदै छ । उपनिर्वाचनमा पनि सहकार्य गर्न नसक्ने कम्युनिस्ट दलहरुले आफ्नो खस्किँदै गएको छविलाई कसरी उकास्लान् भन्ने अहिले मूल प्रश्न देखिएको छ । यो प्रश्नको जवाफ अहिले प्रचण्ड, ओलीलगायत सबै बामनेताहरुसँग नेपाली कम्युनिस्ट आन्दोलनले मागिरहेको छ, सबै नेताहरुलाई चेतना भया ! जनधारणा साप्ताहिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

यी स्थानमा लाेडसेडिंग हुने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

२०औं एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई पुरस्कार पाउने

नागरिक आवासका लागि सरकारको प्रयास स्वागतयोग्य

सीजेपीले हिरासतमा लिएको दाबी

नेपालको नयाँ फिफा वरीयतामा एक स्थान गिरावट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक