शनि, अशोज २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

 नरसंहार र जातिसंहारको पेलेस्टिनी मानब सकट र समाधान लोकनारायण सुबेदी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रकृतिलाई जोगाउने कि भयावह संकटको भुँवरीमा पर्ने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
– लाेकनारायण श्रेष्ठ
यतिबेला निरन्तरको इजरायली नरसंहारको शिकार भएर पनि लगातार अन्यायमा परेर अस्तित्व र मुक्तिका लागि  लडिरहेका पेलिस्टिनीहरुप्रति बिश्वका न्याय तथा शान्तिकोपक्षमा रहेका अत्याधिक ठूलो जन समुदायले पेलेस्टिनीप्रति ऐक्यबद्धता र समर्थन जनाइरहेका छन् । बिशवको यो सहानुभूति र समर्थन उच्च स्तरमा पुगेको छ । यद्यपि इजरायली नरसंहार भने निरन्तर जारी छ । अहिलेसम्म त्यहाँ मारिनेको संख्या सबै मिलाएर ४०  हजार पुग्न लागेको छm । यद्यपि अहिलेसम्म आधिकारिक रुपमा ३३ हजार पुगेको बताइैछ । त्यसरी मारिएकामध्येमा पनि ठूलो संख्या बालबच्चा र महिलाहरुको छ । यतिबेला दिनहूँजो साऊदी अरब, कतार, बहराइन र अरब लीगका देशहरुका आम जनताले जमेर सडकमै पेलिस्टिीनी जनताको न्यायपूर्ण संघर्षको पक्षमा प्रदर्शन गरिरहेका छन् । वास्तवमा जनताको यस प्रकारको बढ्दो दबाबको कारणले नै कतार र मिश्रले लगातार युद्ध बिरामको लागि  पनि मध्यस्थताको प्रयास समेत गरिरहेका छन् । अर्कोतिर त्यो क्षेत्रमा हिज्बुल्ला, हूती आदि जस्ता अन्य इस्लामिक कट्टरपन्थी तर जनतामा भिजेका शक्तिहरु गाजाको जनताको समर्थनमा र इजरायलका बिरुद्ध जमेर लडिरहेका छन् । यद्यति ती शक्तिहरु जनतामा भिजेका भन्ने गरिए पनि त्यसको मूख्य कारण भने बिचारधारात्मक रहेको छैन । ती समुच्चै जनता इस्लामिक कट्टपन्थी भएको भने अबश्य होइन । निश्चय नै पश्चिमा साम्राज्यबादका बिरुद्ध अरब जनताको अथाहा अप्रसन्नता र बिरोध रहेको छ । यस्तो स्थितिमा उनीहरु जो साम्राज्यबादका बिरुद्ध लडेका देखिन्छन् उनीहरु तिनको साथमा खडा हुन्छन् । अहिले हमास, हिज्बुल्ला र हुतीहरुको प्रतिरोधको धूरीले इजरायली सेनाको होस उठाउदै लगेको बिश्लेषकहरुले औंल्याइरहेका छन् । हुन पनि आज अरब बिश्वमा प्रगतिशील, धर्मनिरपेक्ष र क्रान्तिकारी शक्तिहरु छरपस्ट र कमजोर अबस्थामा रहन पुगेको र जनताको बिचमा बिकल्पहीनताको स्थिति छ । अनि चाहे हिज्बुल्ला  या हमास पनि आज हिजो तिनको स्थापना कालमा अमेरिकी नियन्त्रणमा रहेको थियो, आज स्थिति त्यस्तो रहेको छैन र जनताको साथामा जनताको संघर्ष र उनीहरुको आकांक्षासँग जोडिनपुग्दा बदलिदो समयसँगसँगै सीमित अर्थमा नै तिनीहरु निकै बदलिदै गएका पनि छन् । आज तिनको नेतृत्वमा अरब देशका जनता इजरायलका बिरुद्ध लडिरहेको देखिन्छ
हिज्बुल्लाले २००६ मा इजरायललाई आच्छु आच्छु पारेर खेदेको थियो । गाजामाथि इजरायलको हमलाको प्रतिरोधमा हिज्बुल्लाले लगातार  सैन्य कारबाही जारी राखिरहेको छ । हिज्बुल्ला श्रोतको हवाला दिने बिश्लेषकहरुले भनिरहेका छन् कि  गाजा युद्धको आरम्भिक १२० दिनमा हिज्बुल्लाले सैन्य कारबाही जारी राखेको छ र गाजामा बढ्दो जन संहारलाई हेर्दा आउने दिनमा हमलाको तीब्रता अज बढाउने कुरा पनि गरिरहेको छ ।माथि बताइएजस्तै इजरायलले आफ्ना मृतक तथा घाइते भएका इजरायली सेनाको बारेमा सही र पूरा तथ्य तथ्यांक दिने गर्दैन । त्यसरी नै हमासको हातबाट गाजामा घायल भएका या मारिएका इजरायली सेनाहरुको पूरा जानकारी पनि ईजरायलले दिने गर्दैन । त्यहाँ पनि जमिनको सतहबाट हुने गरेको लडाई इजरायली सैनिक घाइते हुने गरेका छन् र मारिने पनि गरेका छन्  । तर अहिलेसम्म इजरायलले दिएको मृत इजरायली सेनाको संख्या केवल ५९० मात्र रहेको छ । इजरायली सेना त्यहाँ नराम्रोसँग चारैतिरबाट घेरिएको र  उल्झनमा परेको छ । पश्चिम किनारामा पनि प्रतिरोध जारी छ ।अल अक्सा मस्जिदमा प्रतिरोधको रुपमा नामाज अदा गर्न पुगेका ८०,००० भन्दा बढी पेलिस्टिनीहरुको भन्दा ठूलो भीड इजरायली नियन्त्रण बाहिरबाहिर गइरहेको छ । उता लेबनानको सीमिानामा हिज्बुल्लासँग लडाई जारी रहेको छ । दिनदिनै जसो हिज्बुल्लाले हानेका रकेटहरु इजरायमा खसिरहेका छन् । जसबाट हजारौ इजराली उपनिवशेबादी सेटलरहरु बेघर र बिस्थापित हुन पनि पुगेका छन् भने कयौको मृत्यु पनि भइसकेको छ । तर यी सबैको सही तथ्यांक इजरायलले बाहिर ल्याएको छैन ।
अर्कोतिर हूतीहरुले इजरायलसँग सम्बन्धित सामुद्रिक जहाजहरुमाथि लगातार हमला जारी राखेको छ । जर्मनी, फ्रान्सदेखि लिएर अमरिकाको यमनमाथि बढ्दो हमला भइरहेको भए पनि हूतीहरुले आफ्नो लडाईमा नोक्सानी बेहोर्दा बेहोदै पनि लाल सागर भएर गुज्रने तीन देश र अन्य इजरायल समर्थक देशहरुको सामुद्रिक यातायतलाई भयंकर ठूलोरुपमा प्रभावित पाररहेको छ । बितेका केही दिनदेखि आक्रामकता पनि बढ् आएको छ । हिज्बुल्लाले चेतावनी पनि दिएको छ  कि यदि इजरायलले रफामा जमिनबाट आक्रमण गर्दछ भने उसले लेबनानी सीमानमा युद्ध पनि अझ तीब्र पार्नेछ । यस प्रकार रुस चीन र टर्कीएको हस्तक्षेपको स्थिति बिकसित भएको देख्दै गर्दा सम्भावना के छ भने पूरै मध्यपूर्बलाई इजरायलले कुनै ठूलो युद्धमा घिस्याउन सक्छ ।
त्यसो त इजरायल अमेरिका र पश्चिम देशहरुको बलमा शेर बन्दैछ अन्यथा आफैमात्र एकल आउने हो भने मुखले आगो ओकल्ने इजरायली नेता नेतान्याहू  र उनको मन्त्रिमण्डल तथा इजरायलका सबै जातीबादी–जायनवादीहरुको मुखबाट एक शब्द पनि चुइकक निस्किने थिएन ।अमेरिकाको पैसा र पश्चिमा देशहरुको हतियारको बलमा  चल्ने गरेका कायर जायनबादी इजरायलीहरुले बर्षौंदेखि  दुुइ दुइ पासपोर्ट राख्ने गर्दछन् । कतै इजरायल छोडेर भाग भन्ने खतराको घण्टी बज्ला कि भन्ने सन्त्रस पनि उनीहरुलाई छ ।प्यालेस्टिनी जनता त लडिरहेकै छन् निरन्तर आफ्नो हक, अधिकार, माटो, जमिन र जैतूनको बघैचाका लागि । इजरायलीहरु तिनमाथि कब्जा जमाएका छन् । इजरायलीहरुलाई यो कुरा थाहा नहुने कुरै छैन कि उनीहरु उत्पीडक हुन् । यसकारण उनीहरुले आफ्नो पापको दुष्परिणाम अबशय पनि भोग्नु पर्नेछ ।
सबै मानबीय संकट अर्थात् भोक, रोग, औषधापचार, आवासको समस्याले आक्रान्त प्यालेष्टिन सर्बसाधारण जनताको कहाली लाग्दो र सन्त्रासमय तथा घोर अनिश्चय र महासंकटको  स्थितिबाट गुज्रिन बाध्य पारिएको आजको स्थितिबाट कसरी पार पाउने हुन अझै पनि अन्यौल नै छ । सहयोग र उद्धारकर्तामाथि पनि इजरायलले हमला गरिरहेको छ १९६ जना सहयोग समूहमा काम गर्ने उद्धारकर्मीहरु मारिसकिएका छन् र पछिल्लो समयमा त्यस्ता सहयोगी समूहका ७ जना मानिसहरु थप मारिएका छन् । यस्तो दुर्दान्त स्थितिमा पनि प्यलोस्टिनीहरु निन्तर लडिरहेका छन् र उनीहरुको स्वाधीनता र मुक्तिको संघर्षको सफलता बिना यो मानबीय संकटले सही निकास पाउने  कुनै बिश्वासिलो स्थिति फेरि पनि बन्ने कुरामा कोही बिश्वस्त हुन सकरहेको छैन । प्रारम्भिक दुइ राज्य अस्तित्वको समाधान एउटा प्रस्थान बिन्दू भने अबश्य बन्न सक्ला । तर साम्राज्यबाद र जातिबादबाट मुक्त नभएसम्म यस्ता सन्त्रासमय स्थितिबाट दीगोरुपमा पार पाउन भने सकिने छैन भन्ने कुरा बिशवका शान्तिकामी जन समुदायमा अटलरुपमा रहेको छ । अहिलेसम्मको अनुभव र वास्तबिकता पनि यथार्थमा यही नै हो ।

यो पनि पढ्नुहोस्

क्यानो स्लालममा नेपालका विजय माझी १०औं स्थान कायम

२०औं एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई पुरस्कार पाउने

१ घण्टा अगाडि
सीजेपीले हिरासतमा लिएको दाबी

सीजेपीले हिरासतमा लिएको दाबी

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

यी स्थानमा लाेडसेडिंग हुने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

२०औं एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई पुरस्कार पाउने

नागरिक आवासका लागि सरकारको प्रयास स्वागतयोग्य

सीजेपीले हिरासतमा लिएको दाबी

नेपालको नयाँ फिफा वरीयतामा एक स्थान गिरावट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक