एजेन्सी । विश्वकै सबैभन्दा वृद्ध व्यक्ति जुआन भिसेन्टे पेरेज मोराको ११४ वर्षको उमेरमा निधन भएको छ ।
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले जुआनको मृत्युको घोषणा गरेका हुन् । जुआनको जन्म २७ मे १९०९ मा भेनेजुएलामा भएको थियो । उनलाई गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले फेब्रुअरी २०२२ मा सबैभन्दा वृद्ध व्यक्ति घोषित गरेको थियो ।
त्यतिबेला उनको उमेर ११२ वर्ष २५३ दिन थियो । जुआनको जन्म २७ मे १९०९ मा भएको थियो ।