हेटौँडा । हेटौँडा उपमहानगरपालिका ११ बाघथलीस्थित बागेश्वरी ड्राइभिङ एकेडेमीमा सवारी साधनको प्रयोगात्मक परीक्षा दिने क्रममा एक जना प्रशिक्षार्थी पक्राउ परेका छन् ।
यातायात व्यवस्था सेवा कार्यालय, हेटौँडाबाट सवारी चालक अनुमति पत्र लिने प्रयोजनका लागि ट्रायल सेन्ट्ररमा वर्ग बि (कार, जिप) को प्रयोगात्मक परीक्षा दिने क्रममा नक्कली प्रशिक्षार्थी बनेर गएका कालिकोट जिल्ला महाबौद्ध गाउँपालिका ६ का गगन शाहीलाई प्रहरीले नियमन्त्रणमा लिएको हो ।
बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका अनुसार नक्कली प्रशिक्षार्थी बनेका वर्ष ३३ का शाहीले मिलन शर्माको नाममा परीक्षा दिन गएका थिए । शाहीले शर्माको नागरिकतामा आफ्नो फोटो टाँस गरी मिलन शर्मा एप्लिकेन्ट आईडी नं. ६८५५८८ र नागरिता नं.४४३७५ भएको ट्रायल दिने क्रममा सक्कली प्रमाणपत्र जाँच गर्दा निज शाहीको प्रमाणपत्र सक्कली नभएको पाइएपछि शर्मालाई नियन्त्रणमा लिईएको थियो । पक्राउ परेका शाहीमाथि थप अनुसन्धानको भइरहेको प्रहरीले जनाएको छ ।