सोम, असार ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चार दलले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 mins read
0
चार दलले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सत्ता गठबन्धनले सबै प्रदेशमा मुख्यमन्त्री आलोपालो गर्ने गरी भागबण्डा टुंगो लगाएको छ ।

सहमति कार्यान्वयन भए सबैभन्दा धेरै सुदूरपश्चिममा मुख्यमन्त्री हुनेछन् । चार दलले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएकाले त्यहाँ हरेक ११ महिनामा मुख्यमन्त्री फेरिने छ । प्रदेशको भागबण्डा टुंगो लगाउन सत्ता गठबन्धनका नेताहरु निरन्तर छलफलमा जुटेका थिए ।

सत्ता गठबन्धनको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रदेशसभामा नभएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अरु दलसँग छलफल गरेका थिए ।

माओवादी केन्द्रका एक पदाधिकारीका अनुसार शीर्ष तहबाट भागबण्डा टुंगिएको छ । ‘सबै प्रदेशमा आलोपालो गर्ने सहमति भएको छ,’ ती पदाधिकारी भन्छन्, ‘पहिलो चरणमा कुन प्रदेशको नेतृत्व कसले गर्ने भन्ने टुंगियो ।’ पहिलो चरणमा कुन प्रदेशमा कसको नेतृत्व ?

कोशी : एमाले

मधेश : जसपा

बागमती : माओवादी

गण्डकी : एमाले

लुम्बिनी : माओवादी

कर्णाली : एमाले

सुदूरपश्चिम : नाउपा

सत्ता गठबन्धनमा कोशी प्रदेश सरकारमा एमाले नेतृत्वमा सरकार बनाउने सहमति भएको छ ।

तर तत्काल सरकार बनिहाल्ने अवस्था छैन । सरकार गठनको अन्तिम विकल्पका रुपमा संविधानको धारा १६८ (५) अनुसार २७ असोजमा नेपाली कांग्रेसका केदार कार्की मुख्यमन्त्री बनेका थिए । नयाँ गठबन्धन बनेपछि एमालेले उनको राजीनामा मागेको छ, तर मुख्यमन्त्री कार्की राजीनामा नदिने अडानमा छन् । आफूले राजीनामा दिए प्रदेश मध्यावधि चुनावमा जाने उनको तर्क छ ।

नयाँ सरकार गठनको प्रष्ट बाटो नदेखिएकाले माओवादी र एकीकृत समाजवादीले पनि मन्त्रीहरु फिर्ता बोलाएका छैनन् । सत्ता गठबन्धनका एक नेताका अनुसार सरकार गठनका कानुनी पाटोबारे प्रधानमन्त्रीले परामर्श गरिरहेका छन् । कानुनी परामर्श सकिएपछि संविधानको धारा १६८ (५) अनुसार नै एमाले नेतृत्वमा सरकार बनाउने एमाले–माओवादी गठबन्धनको तयारी छ ।

९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टी (जसपा)का एक सांसद छन् । केन्द्रको सहमति कार्यान्वयन भए एमाले र माओवादीले २२/२२ महिना कोशीमा सरकारको नेतृत्व गर्ने छन् ।  कांग्रेसका २९ र राप्रपाका ६ सांसद छन् ।

मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)का सरोजकुमार यादव नेतृत्वको सरकारले निरन्तरता पाउने छ । मुख्यमन्त्री आफ्नो दलले लिने शर्तसहित जसपाले केन्द्रमा प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेकाले थप छलफल भएको छैन । एक नेता भन्छन्, ‘सबै प्रदेशमा आलोपालो भन्ने छ, त्यसले मधेशमा पनि छलफल हुन्छ ।’

१०७ सदस्यीय प्रदेशसभामा  एमालेका २२ (सभामुख बाहेक), जसपाका १९ (तीन स्वतन्त्र सांसद पार्टी प्रवेश गरेकाले), माओवादीका ८ र एकीकृत समाजवादीका ७ सांसद छन्, जुन प्रष्ट बहुमत हो । प्रतिपक्षमा रहेको कांग्रेससँग २२ सांसद छन् भने जनमत पार्टी १३ र लोकतान्त्रिक समाजवादी पार्टीका ९ सांसद छन् ।

बागमती प्रदेशमा माओवादी, एमाले र एकीकृत समाजवादीले आलोपालो सरकारको नेतृत्व गर्ने छन् । पहिलो चरणमा सरकारको नेतृत्व माओवादीले गर्ने सहमतिअनुसार मुख्यमन्त्री शालिकराम जम्मकट्टेल सोमबार नै विश्वासको मत लिएका छन् ।

एमालेका २७, माओवादीका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका एक सांसदको समर्थन पाएका उनले टुप्लुक्क ५६ मत पाएका थिए । बहुमतका लागि एक मत कम भएपछि उनले विश्वासको मत लिनुअघि हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यलाई संस्कृतिमन्त्री बनाएर बहुमत पुर्याएका थिए ।

केन्द्रमा भएको सहमतिअनुसार जम्मकट्टेलले १५ महिनापछि मुख्यमन्त्री पद छाड्नुपर्ने छ । एमाले र एकीकृत समाजवादीले पनि सरकारको नेतृत्व गर्ने सहमति भएपछि माओवादीपछि कसको पालो भन्ने छलफल हुन बाँकी रहेको नेताहरु बताउँछन् ।

सत्ता गठबन्धनमा गण्डकी प्रदेशमा अहिले एमालेको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ । यद्यपि माओवादी केन्द्रको गण्डकी प्रदेशका नेताहरुले पहिलो पालोमा मुख्यमन्त्री आफ्नो दलले लिनुपर्ने भन्दै लबिङ गर्दै आएका छन् । संसदीय दलका नेता हरिबहादुर चुमान सहितका नेताहरु काठमाडौंमा आएका थिए ।

६० सदस्यीय प्रदेशसभामा एमालेका २२ र माओवादीका ७ (सभामुख बाहेक) सांसद छन् । स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका दिपक मनाङे पार्टी छाडेर कांग्रेस नेतृत्वको सरकारमा मन्त्री भएका छन् । एमाले–माओवादी गठबन्धनले मनाङेलाई फकाउने प्रयास जारी राखेका छन् भने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे फेरि कांग्रेस नेतृत्वमा सरकार बनाउने प्रयासमा छन् ।

लुम्बिनी प्रदेशको नेतृत्व माओवादीले लिने सहमति भएको छ । अहिले कांग्रेस नेतृत्वको सरकार छ । नागरिक उन्मुक्ति पार्टीको सामर्थन लिएर संसदीय दलका नेता जोखबहादुर महराको नेतृत्वमा सरकार गठनको दाबी गर्दै प्रदेश प्रमुखकहाँ जाने माओवादी तयारी छ । ‘आलोपालो सहमतिअनुसार अहिले हामीले सरकारको नेतृत्व गर्ने भन्ने भएको छ’ माओवादी प्रदेश अध्यक्ष सुदर्शन बरालले भने, ‘आज गठबन्धनमा छलफल गर्छौं । बहुमत सांसदको हस्ताक्षर जुटाएपछि सरकार गठनका लागि दाबी पेश गर्छौं ।’

८७ सदस्यीय प्रदेशसभामा एमालेका २९, माओवादीका ९, जसपाका ३ र एकीकत समाजवादीका एक सांसद छन् । गठबन्धनले बहुमत (४४) का लागि ४ सांसद भएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) को समर्थन खोेजेको छ ।

कर्णाली प्रदेशमा अहिले माओवादी संसदीय दलका नेता राजकुमार शर्मा नेतृत्वको सरकार छ । शीर्ष नेताहरुले भने आलोपालोमा अहिले एमाले नेतृत्वमा सरकार बनाउने सहमति गरेका छन् । ‘एमालेले नमानेपछि हामीले सरकारको नेतृत्व छाडेका हौं,’ माओवादीका एक पदाधिकारी भन्छन्, ‘त्यसले थोरै समस्या छ ।’

४० सदस्यीय प्रदेशसभामा गठबन्धनको प्रष्ट बहुमत (माओवादीका १३ र एमालेका १० र एकीकृत समाजवादीका १) पनि छ । तर मुख्यमन्त्री शर्माले शीर्ष तहमा भएको सहमति अनुसार सरकार छाड्न मानेका छैनन् । पार्टीका प्रदेशसभा सदस्यहरुको साथ पाएका उनले आज (मंगलबार) नै विश्वासको मत लिने तयारी गरेपछि सत्ता गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् ।

एमाले–माओवादी नेताहरुले सुदूरपश्चिममा पनि सरकार बनाउने गरी भागबण्डा गरेका छन् ।

तर गठबन्धनको बहुमत (२७) छैन । ५३ सदस्यीय प्रदेशसभामा माओवादीका १० (सभामुख बाहेक), एमालेका १० र एकीकृत समाजवादीका ४ सांसद छन् । अहिले प्रदेश सरकारको नेतृत्व गरिरहेको कांग्रेस (१८) सबभन्दा ठूलो दल हो, तर मुख्यमन्त्री कमलबहादुर शाहसँग पनि बहुमत छैन ।

सरकार गठनमा निर्णायक नाउपा (७) विभाजित छ । अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पक्ष एमाले–माओवादी गठबन्धनको पक्षमा रहेपनि संरक्षक रेशम चौधरी पक्षले ५ सांसदलाई कांग्रेस नेतृत्वको सरकारमा मन्त्री बनाइसकेको छ । नाउपाका कारण सरकार गठनमा अलमल भएपछि प्रधानमन्त्री प्रचण्डले मंगलबार विहान रञ्जिता र रेशमसँग छुट्टाछुट्टै छलफल गरेका छन् । तर अहिलेसम्म नाउपाले साथ दिने प्रष्ट नभएकाले सरकार गठन अलमलमै छ ।

यो पनि पढ्नुहोस्

कामपाकाे २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट सार्वजनिक

कामपाकाे २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट सार्वजनिक

१३ घण्टा अगाडि
सोमारी महोत्सवमा कलाकारसँग विभेद

सोमारी महोत्सवमा कलाकारसँग विभेद

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

अझै मानव तस्करहरु डराएको छैन : सांसद सुमना श्रेष्ठ

खेलाडी रौनकलाई शान्ति इंगलिश बोर्डिंगमा भव्य स्वागत

सोमारी महोत्सवमा कलाकारसँग विभेद

ज्यान मुद्दामा सफाइ दिनेलाई कालोमोसो छ्याप्ने सम्मानित

अनुशासन समितिको अध्यक्षबाट नवराज सुवेदीलाई हटाएपछि राप्रपामा असन्तुष्टि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक