,काठमाडौं । भारतको अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई १५ दिनका लागि न्यायिक हिरासतमा पठाउन आदेश दिएको छ ।
राउज रेभेन्यू कोर्टले १५ अप्रिलसम्म केजरीवाललाई न्यायिक हिरासतमा राख्न आदेश दिएको हो । अब उनलाई तिहाड जेल लगिनेछ ।
दिल्लीका मुख्यमन्त्री केजरीवाललाई मदिरासम्बन्धी नीतिमा भ्रष्टाचार गरेको आरोपमा प्रवर्तन निर्देशनालय (ईडी) ले २१ मार्चमा गिरफ्तार गरेको थियो । त्यसयता उनी ईडीको हिरासतमा थिए ।
सोधपुछका क्रममा केजरीवालले सहयोग नगरेको ईडीको आरोप छ । उनले फोनको पासवर्डसमेत नदिएको ईडीका वकिल एसवी राजूले बताए ।
अदालत लगिएको समयमा केजरीवालले भने प्रधानमन्त्री नरेन्द्र मोदीले जे गरिहेका छन्, त्यो देशका लागि ठीक नभएको प्रतिक्रिया दिएका छन् ।