आइत, साउन १७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपालमै पहिलोपटक हाइड्रोजन उत्पादनको तयारी

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपालमै पहिलोपटक हाइड्रोजन उत्पादनको तयारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपालमै पहिलोपटक हाइड्रोजन उत्पादनको तयारी गरिएको छ । ग्रिन हाइड्रोजनमा अध्ययन-अनुसन्धान गरिरहेको काठमाडौं विश्वविद्यालयले हाइड्रोजन उत्पादनको काम अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।

विश्वविद्यालय अन्तर्गतको नेपाल हाइड्रोजन इनिसियटिभ्सका परियोजना प्रमुख तथा एसोसियट प्राध्यापक डा. विराजसिंह थापाका अनुसार हाइड्रोजन रिफिलिङ स्टेसनका केही मसिनको मात्र परीक्षण बाँकी रहेको छ । यदि सबै परीक्षण सम्पन्न भए शनिवार (आज) साँझ कारमा हाइड्रोजन फिल गर्ने र भोलिबाट स्टेसनको पूर्ण रूपमा सुरूवात हुनेछ ।

विश्वविद्यालयले यसअघि नै दक्षिण कोरियाबाट हुन्डाईको नेक्सो फ्युल सेल हाइड्रोजन कार भित्र्याइसकेको छ । करिब ८० लाख रुपैयाँ मूल्य पर्ने उक्त कारको पावर १६१ हर्स पावर अर्थात् १२० किलोवाट क्षमताको रहेको छ । जसले ६५० किमिसम्म रेञ्ज दिने बताइएको छ ।

सोही कारका लागि आवश्यक पर्ने हाइड्रोजन तयार पार्न विश्वविद्यालयले गत मंसिरबाटै रिफिल स्टेसनको निर्माण सुरु गरेको थियो । विश्वविद्यालयले यसका लागि आवश्यक पर्ने सामग्रीहरू तीन महिनाको समय लगाएर दक्षिण कोरियाबाट भित्र्याएको थियो ।

अब सो स्टेसनबाट यहाँकै विद्युत र पानी प्रयोग गरेर हाइड्रोजन उत्पादन हुने भएको हो । यसका लागि कोरिया र जर्मनीबाट आएका प्राविधिक टोलीसँग विश्वविद्यालयले परीक्षणको काम गरिरहेको छ । यदि यो स्टेसन सफल भए हाइड्रोजनमा नेपालले नयाँ उचाइ लिने विश्वास गरिएको छ ।

भिडिओ स्रोतः विराजसिंह थापा

यो पनि पढ्नुहोस्

जनतालाई गरिबीबाट मुक्त बनाउन कृषि क्षेत्रमा लगानी बढाउनुपर्छः माधवकुमार नेपाल

सबै देशभक्तजरु गम्भीर हुन जरुरी

३ घण्टा अगाडि
नेपाली पर्वतारोही निर्मल पुर्जाको हिमपहिरोमा परी निधन

 खराब माैसमका कारण शव ल्याउन समस्या

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

फेसबुक: बधाई, शुभकामना र समवेदना!!!

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

 खराब माैसमका कारण शव ल्याउन समस्या

श्रीलङ्कामा बम विस्फोट रोक्न असफल भएको आरोपमा मृत्युदण्ड 

नेपाली पर्वतारोही निर्मल पुर्जाको हिमपहिरोमा परी निधन

गोठाटारमा आगलागी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक