काठमाडौं। एना भान गेङगाम्प फ्रेन्च महिला शीर्ष डिभिजन लिग डिभिजन वान फिमिनिनेमा सेन्ट–एटिएनसँग पराजित भएको छ।
स्टेड सेन्टर फर्मेसनमा शनिबार सम्पन्न खेलमा नेपाली राष्ट्रिय महिला टोलीकी स्ट्राइकर सावित्रा भण्डारीसम्मिलित गेङगाम्प एटिएनसँग ४–३ गोल अन्तरले पराजित भएको हो।
एटिएनको जितमा नोइमी कारेज, फिनोटी ब्राउन, एलेक्सआन्द्रिया लामान्टेग्ने र सोलेने च्याम्पनियाकले १/१ गोल गरे।
गेङगाम्पकी सारा क्याम्बोटले २ र एलिसन पेनिएलले १ गोल गरिन्।
पराजित गेङगाम्पको १९ खेलबाट १५ अंक रहेको छ। गेङगाम्प तालिकाको १०औँ स्थानमा रहेको छ। जितसँगै सेन्ट-एटिएनको १८ खेलबाट २५ अंक पुगेको छ। सेन्ट-एटिएन सातौँ स्थानमा छ।