शनि, साउन ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

संसदीय पद्धतिमा सुन र सहकारीको भारी !

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नेपालमा अहिले सुन र सहकारीको विषय चर्चामा छ । नेपालमा लामो समयदेखि किलोको किलो सुन तस्करी हुँदै आएको खुलिरहेको छ । सहकारीमा सर्वसाधारणले दुःखकष्टका साथ जम्मा गरेको मेहनतको कमाइ पनि अहिले सहकारी सञ्चालकहरु ठगी गरेको उजागर भइरहेको छ । विडम्बना भन्नुपर्छ, यस्तो तस्करी र ठगीमा भने राजनीतिक दलका नेताहरु नै संलग्न भएको पाइएको छ । उनीहरुले शक्तिको दुरुपयोग गरेर लामो समयदेखि यस्तो आपराधिक क्रियाकलाप सञ्चालन गर्दै आएको अहिले विभिन्न अध्ययन अनुसन्धानले देखाएको हो ।

अहिले सुन तस्करी प्रकरणमा जनयुद्ध लडेर आएका नेता तथा तिनका छोराहरु मुछिएका छन् । यस्तै, सहकारी प्रकरणमा अहिले देशमा नै ठूलो परिवर्तन ल्याउँछु भन्ने नयाँ दलका नेता रवि लामिछाने मुछिएका छन् । उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछानेमाथि संसदीय छानबिन हुनुपर्छ भनेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरिरहेको छ । यो विषयका कारण अहिले
संसद नै अवरुद्ध भएको छ । विवाद हल गर्ने थलोका रुपमा समेत रहेको सार्वभौम संसद नै अवरुद्ध हुनु सामान्य विषय होइन ।

लोकतन्त्रको प्राण भनेकै सुशासन हो । सुशासनका लागि ठोस संकल्प भनेको दागी सांसदहरुलाई पदीय जिम्मेवारिबाट मुक्त गर्नु हो । बहुचर्चित सहकारी घोटाला प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताका तथ्यहरु सार्वजनिक भइसकेको सन्दर्भमा उनीमाथि शीघ्र निष्पक्ष एवं प्रभावकारी छानबिन अघि बढाउन आवश्यक छ । यदि उनी निर्दोष साबित हुन्छन् भने फेरि मन्त्री बनाउन कुनै समस्या छैन । तर, उनले आफूमाथि प्रश्न उठेपछि अनुसन्धानका लागि मार्गप्रशस्त गरिनि आवश्यक छ ।

हाल नेपालमा केही भ्रष्टाचार-घोटाला प्रकरणमा अनुसन्धान भएता पनि सौदाबाजीका कारण मूल दोषीहरुले उन्मुक्ति पाउँदै आएको देखिन्छ । यसमा ठूला राजनीति दलका शीर्ष नेताहरु नै जोडिएका छन् । कांग्रेसको नेतृत्वको नियत आफ्नो परिवारका सदस्य (समानुपातिक तर्फबाट सांसद समेत)माथि कुनै पनि प्रकारको छानविन नहोस् भन्ने सौदावाजीको रणनीतिले प्रेरित भएको विभिन्न घटनाक्रमले देखाउँछ । सुशासन र सदाचार विपरित विभिन्न घोटालाका मूल दोषीहरुलाई उन्मुक्ति दिने गरी हुर्किरहेको सौदावाजीको घिनलाग्दो राजनीति हो । यसलाई हटाउन राजनीतिक दलबीच नै साझा संकल्प आवश्यक देखिएको छ ।

सरकारले प्रश्न उठेका मन्त्रीहरुलाई छानबिनको दायरामा ल्याउने, राजनीतिक दलहरुले पनि आरोप लागेका नेता तथा मन्त्रीलाई निलम्बन गर्ने, अनुसन्धान तथा कारबाहीका लागि सघाउने र आफ्नो पार्टीको भन्दैमा जस्तोसुकै अपराधमा बचाउन खोज्ने प्रवृत्ति हटाउनेबारे सबै दलहरुबीच सहमति भएमा मात्र दोषी कारबाहीको दायरामा आउन सम्भव छ । यसका लागि सबै सामाजिक अभियन्ता, बुद्धिजीवी समाज तथा जनसमुदायको पनि दबाब अपरिहार्य छ । जनधारणा साप्ताहिक

 

यो पनि पढ्नुहोस्

विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह सुदृढ बनाउन सरकार ध्यानाकर्षण

बन्द उद्योग धमाधम खुलाउँदै सरकार

१२ घण्टा अगाडि
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

“सामाखुसी-टोखा- झाेर’ बाटो बचाउन मन्त्रीहरूलाई ध्यानाकर्षण

सांसदले नै बुझेनन् आफ्नो जिम्मेवारी !

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पत्रकार किशोर श्रेष्ठ पक्राउ गरिएकोमा माकुनेकाे आपत्ति

किशोर श्रेष्ठ प्रकणः प्रेसमाथिको सरकारी दमनले शाही शासनको झल्को

कमरेड पुष्पलालको सही मूल्यांकन गर्ने क.कृष्णदासको प्रयत्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक