शनि, कार्तिक २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ : खेलमा फोहोरी राजनीति बन्द गर्दिनुुस्

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ : खेलमा फोहोरी राजनीति बन्द गर्दिनुुस्
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पोखरा / युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले पोखरा रंगशालाको निरीक्षण गरेका छन्।आइतबार दिउँसो उनले पोखरा रंगशालाको निरीक्षण गर्दै अवस्थाबारे जानकारी लिएका हुन्।

राष्ट्रिय खेलकुद परिषद्, गण्डकी खेलकुद परिषद्, जिल्ला खेलकुद विकास समिति लगायत खेलकुद संघका प्रतिनिधि, प्रशिक्षक र खेलाडीले मन्त्री श्रेष्ठलाई रंगशाला परिसरमा स्वागत गरे। लगत्तै उनले बहुउद्देश्यीय कभर्ड हलको निरीक्षण गरे।

कभर्ड हल साउण्ड प्रुफ नभएको कारण निकै इको आउने गर्छ। मन्त्री श्रेष्ठले इकोलाई कसरी घटाउन सकिन्छ त्यसबारे बुझ्न निर्देशन दिएका छन्। त्यसमा मन्त्रालयले सघाउने उनको प्रतिबद्धता छ।

‘साउण्ड रिफ्लेक्टर राख्दा कस्ट र टाइमलाइन हेरौं। अभ्यास नै रोकेर काम भयो भने त खेलाडीलाई असर गर्छ’, उनको सझुाव थियो।

उनले पोखरा रंगशालामा रहेको फुटबल स्टेडियमबारेमासमेत जानकारी लिए। स्टेडियमको भौतिक अवस्थाको निरीक्षण गरे।

क्रिकेट मैदानबारे जानकारी गराउदै प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले अन्तर्राष्ट्रिय रुपमा ख्याती कमाएको मैदान बजेट अभावले सुविधासम्पन्न बनाउन नसकिएको गुनासो गरे। क्रिकेट मैदानलाई पूर्वाधारयुक्त बनाउन १ अर्ब ७७ करोड रुपैयाँको वृहत गुरुयोजना बनाएपनि बजेट अभावले काम अगाडि बढाउन नसकेको उनले जानकारी दिए।

‘त्यत्रो पैसा त हामीले आशै ग¥या छैनौं, मेरो पालामा त हुन्छ जस्तो लाग्या छैन’, सिग्देलले सुनाए।
बिफ्रिङ सुन्दै गर्दा मन्त्री श्रेष्ठले प्रश्न गरे, ‘क्यानले के भन्छ त्यसमा ?’

‘क्यानले पूर्वाधारमा पैसा दिदैन। अरुमा पनि कसको मान्छे भन्ने हुन्छ’, सिग्देलले भने।
मन्त्री श्रेष्ठले सम्भावना भएको पोखरा क्रिकेट मैदानलाई कमनसेन्स लगाएर पनि बजेट दिनुपर्ने उल्लेख गरे। ‘राजनीति आफ्नो ठाउँमा होला कमनसेन्स पनि चाहियो के !’ मन्त्री श्रेष्ठले झोक्दिै भने।
पोखरा रंगशालामा रहेका आर्चरी, टेनिस र स्वकास कोर्टसँगै मुवाथाइ प्रशिक्षण केन्द्रको पनि मन्त्री श्रेष्ठद्वारा निरीक्षण गरिएको छ।

निरीक्षणपछि मन्त्री श्रेष्ठले पोखरा रंगशालामा भएका संरचनाको संरक्षण नभएकोप्रति असन्तृष्टि जनाए। निर्माण भएका पूर्वाधारले उत्साह जगाएपनि जनताले तिरेको करले बनेका संरचनाको संरक्षण नभएको देख्दा निराश भएको उनको भनाइ थियो। केही संरचना त काठमाडौंको भन्दा पनि गतिलो भएको उनले बताए।

‘यस्तो राम्रो संरचना, जुनले एसिया प्यासफिककै केही खेललाई पनि होस्ट गर्न सक्ने संरचना संरक्षणको मारमा परिरहेको देखें’, मन्त्री श्रेष्ठले भने, ‘मलाई के चिन्ता लाग्यो भने राम्रो संरचना त बन्यो। संरक्षण नभएर खेलाडीकै खुट्टा भाँच्ने हो की ! अब झन्झन बिग्रेर जाने हो कि।’

उनले संरक्षणका लागि मन्त्रालय सहकार्य गर्न तयार रहेको बताउँदै फाइल पठाउन अनुरोध गरे। रंगशालालाई आत्मनिर्भर बनाउन बाटोमा लाग्न उनको सुझाव छ।

मन्त्री श्रेष्ठले खेलकुदमा राजनीति नमिसाउनसमेत खेलकुद संघसंस्थाका प्रतिनिधिलाई निर्देशन दिएका छन्। ‘खेल क्षेत्रमा फोहोरी राजनीति बन्द गर्दिनुुस। राम्रो राजनीति गरौं। बनाऔं, खेलाडीको भविष्य उज्जवल हुने राजनीति गरौं’, उनले थपे, ‘संरचनाहरु बनाउने राजनीति गरौं। राजनीतिक नियुक्ती जस्तो गरेर जनैमा साँचो हालेर खेलाडी र खेल क्षेत्रलाई बन्दक पु¥याउने कार्य बन्द गरौं।’

यो पनि पढ्नुहोस्

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

८ घण्टा अगाडि
पूर्वसभापति देउवाको समूह समानान्तर महाधिवेशनको तयारीमा

पूर्वसभापति देउवाको समूह समानान्तर महाधिवेशनको तयारीमा

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

यस्ताे छ माैसम

पूर्वसभापति देउवाको समूह समानान्तर महाधिवेशनको तयारीमा

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक