मङ्ल, पुस १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पूर्व-पश्चिम राजमार्गको फूलजोर चोकमा माछा फालेर प्रदर्शन

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
पूर्व-पश्चिम राजमार्गको फूलजोर चोकमा माछा फालेर प्रदर्शन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

मलंगवा । सर्लाहीका माछापालक किसानले आज पूर्व-पश्चिम राजमार्गको फूलजोर चोकमा माछा फालेर प्रदर्शन गरेका छन्।

एक्कासी बढाइएको विद्युत् महसुल फिर्ता गरी पहिलेकै महसुल कायम गर्न माग राख्दै माछाको पकेट क्षेत्र मानिने ईश्वरपुर नगरपालिका र चन्द्रनगर गाउँपालिकाका किसानले फूलजोर चोकमा विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले सडकमै माछा फालेर केही बेर नाराबाजीसहित आधा घण्टा चक्काजाम समेत गरे।

माछापालक किसान चन्द्रनगर गापा–३ का अनिल रायले अहिले बढाएको विद्युत् महसुलअनुसार माछापालन गर्दा आफूहरू टिक्नै नसक्ने दुःखेसो पोखे। उनले विद्युत् महसुल बुझाउन नसकेर व्यवसाय नै त्याग्नुपर्ने अवस्था आएपछि सडकमा उत्रिएको बताए। उनले यसअघि माछापालनका लागि पोखरीमा मोटर चलाउँदा प्रतियुनिट तीन रुपैयाँ महसुल तिर्दै आएकोमा विगत चारपाँच महिनादेखि महसुल बढाएर प्रतियुनिट १२ रुपैयाँ पुर्‍याइएको बताए।

‘सरकारले पोखरी खन्न १० प्रतिशत अनुदान दिएर हामीलाई माछापालन गर्न प्रोत्साहित गर्‍यो’, रायले भने, ‘अहिले फेरि यही सरकारले विद्युत् महसुल बढाएर तीन रुपैयाँबाट १२ पुर्‍यायो। यसकै विरोधमा हामी सडकमा आएका हौँ।’

भारतीय माछाका कारण आफूहरूले उत्पादन गरेको माछाले भावै नपाएको अवस्थामा चर्को विद्युत् महसुल लिँदा व्यवसायमा टिक्नै मुश्किल परेको ईश्वरपुर-भक्तिपुरका माछा किसान तेजनारायण सहनीले गुनासो गरे। आन्दोलित माछापालक किसानले विद्युत्‌को पुरानो महसुल कायम गर्न माग गरेको उनले बताए।

माछापालक किसानसँगै प्रदर्शनमा उत्रिएका ईश्वरपुर नगरका प्रमुख मनोजकुमार आचार्यले आफ्नै ठाउँमा माछापालन गरेर आयआर्जनमा लागेका किसानलाई विद्युत् महसुल बढाएर अन्याय गरिएको बताए।

उनले भने, ‘स्वदेशमै व्यवसाय गर्छु भन्ने युवा तथा किसानलाई विद्युत् महसुल बढाएर हतोत्साहित गर्नु गलत हो। त्यसकारण विद्युत् प्राधिकरणले तत्काल सच्याएर माछापालक किसानलाई विद्युत् महसुलमा सहुलियत दिनुपर्छ।’

नेपाल विद्युत् प्राधिकरणको लालबन्दी वितरण केन्द्रले कृषि मिटर राख्दै आएका माछापालक किसानलाई गत साउनदेखि उद्योगअन्तर्गत राखेर विद्युत् महसुल उठाउँदै आएको छ।

लालबन्दी वितरण केन्द्रका प्रमुख इन्जिनियर त्रिभुवन यादवले माछापालनका लागि सिँचाइ मिटरको प्रयोग गर्न नपाइने बताए।

‘विद्युत् महसुल संकलन विनियमावली २०७८ बमोजिम माछापालनका लागि सिँचाइ मिटरको प्रयोग गर्न पाइँदैन’, वितरण केन्द्र प्रमुख यादवले भने, ‘माछापालन व्यवसायका लागि भनेर बेग्लै मिटर दिने व्यवस्था छैन। त्यसैले हामीले अहिले माछापालक किसानलाई घरेलु कार्यालयबाट कागजात लिएर आएपछि गार्हस्थ मिटर दिइरहेका छौँ, माछापालनका लागि कृषि मिटर पाउने होइन।’

यो पनि पढ्नुहोस्

एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

१० मिनेट अगाडि
प्लश टु सम्म मातृभाषा शिक्षा लागु गराउन शिक्षा मन्त्रीलाई ध्यानार्कषण

प्लश टु सम्म मातृभाषा शिक्षा लागु गराउन शिक्षा मन्त्रीलाई ध्यानार्कषण

६० मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुरकाे भरियाँपुखूबाट बाइक चाेरी

उर्मिलाको स्वर, शंकरको शब्द, संगीतमा ‘ख्रीष्टको प्रेममा’ रिलिज

चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव

“भक्तिको शक्तिलाई अस्विकार गरौ”

डुबेर  र आगलागीमा जलेर मृत्यु

पासवर्ड दुरुपयोग गरेको आरोपमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक