बुध, मंसिर २४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

इजाजत दिएका हतियारको विवरण पठाउन निर्देशन

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
गृहमन्त्री रवि लामिछाने र आरती साहका परिवारबीच पाँचबुँदे सहमति
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । इजाजत दिएका हतियारको विवरण पठाउन गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ।

हिजो सर्वोच्च अदालतबाट इजाजत लिइएको हतियारसहित दुई व्यक्ति पक्राउ परेपछि गृह मन्त्रालयले हालसम्म इजाजत दिइएका हतियारको विवरण चौबीस घण्टाभित्र उपलब्ध गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो।

हतियार तथा खरखजना ऐन २०१९ ले स्थानीय प्रशासनसँग स्वीकृति लिएर हतियार राख्न पाउने प्रबन्ध गरेको छ। सोहीअनुसार मन्त्रालयले हालसम्मको इजाजत विवरण पठाउन पत्राचार गरेको गृहमन्त्री रवि लामिछानेको सचिवालयले जानकारी दियो।

‘हालसम्म हातहतियार तथा खरखजनाको इजाजतपत्र जारी गरिएका व्यक्ति, प्रयोजन, प्रकार तथा संख्यासहित नवीकरण भएरनभएको विवरण, त्यस्ता हातहतियार इजाजत विपरीत प्रयोग भए÷नभएको विवरण र विना इजाजत प्रयोग गरिएको, नवीकरण नगरिएको र उद्देश्य विपरीत प्रयोग गरिएका कारण त्यस्ता हतियार बरामद गरिएको सो समेत खुलाई पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र उपलब्ध गराइदिनुहुन आदेशानुसार अनुरोध छ भनेर पत्राचार गरिएको छ,’ गृहमन्त्रीको सचिवालयले भन्यो।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंका बडिगार्डले बन्दुक बोकेर सर्वोच्च अदालतमा लग्न खोजेपछि सोमबार पौने ११ बजे गेटबाट प्रहरीले दुई जनालाई पक्राउ गर‍ेको थियो। पक्राउ पर्नेमा बडिगार्डहरू दीपक खड्का र रामकुमार धिमाल छन्। सर्वोच्च अदालतको मूलगेटमा रहेका प्रहरी निरीक्षक विजय भण्डारी सहितको टोलीले चेक गर्नेक्रममा उनीहरूबाट बन्दुक बरामद गरेको हो।

‘ठूले स्वीडेन’ लेखिएको कालो र‌ंगको झोलाभित्र स्वचालित हतियार एउटा, सानो दुई वटा म्यागजिन, दुई वटा ठूलो म्यागजिन, एउटा म्यागजिन होल्डर, १०० राउण्ड गोली पनि बरामद भएको थियो। प्रहरीका अनुसार बरामद भएको हतियार जिल्ला प्रशासन कार्यालय झापाबाट इजाजत प्राप्त भएको थियो।

यो पनि पढ्नुहोस्

एमालेका महिला नेतृहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा

एमालेका महिला नेतृहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा

१ दिन अगाडि
राप्रपाको आजदेखि ३ जेठसम्म केन्द्रीय समितिको पूर्ण बैठक

राप्रपाले सरकारसँग नवीन सम्झौताका लागि माग

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

शान्तिपुर्ण प्लेकार्ड प्रदर्शनीमा उपस्थित आह्वान

२० इन्टरनेट सेवाप्रदायक कम्पनीलाई ३५ दिनभित्र शुल्क बुझाउन ताकेता

जाकार्ताकाे भवनमा आगलागी हुँदा २२ जनाको मृत्यु

विश्व मानवीय राहतका लागि ३३ अर्ब डलर माग

सवारी दुर्घटनामा एक जनाको मृत्यु

जेनजीहरूको सहिद भएकाहरुको सम्झनामा दीप प्रज्वलन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक