बिहि, बैशाख १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रधानमन्त्रीलाई भेटे सहकारीका पीडितले

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
प्रधानमन्त्रीलाई भेटे सहकारीका पीडितले
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पोखरा । पोखराका सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्।

आइतबार पोेखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा भएको दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार वितरण गरेर फर्कने क्रममा सहकारीका पीडितले भेटेका हुन्। सूर्यदर्शन सहकारी हिनामिना प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि पनि प्रहरीले अनुसन्धान गरिरहेको थियो।

आफूहरुको बचत रकम फिर्ता गराइदिन माग राख्दै पीडितले प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्रसमेत बुझाएका छन्।

सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम कुम्लाएर फरार जीवी राईलगायतलाई पक्राउ गरी समस्या समाधान गरिदिन आग्रह गरेको पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले जानकारी दिए। उनका अनुसार प्रधानमन्त्रीले पीडितलाई न्याय दिलाउने आश्वासन दिएका छन्।

‘सहकारीको विषयलाई लिएर प्रधानमन्त्रीसँग कुराकानी भयो। सूर्यदर्शन सहकारीका प्रमुख जीवी राईलाई तुरुन्त पक्राउ गरी जहाँकहीँ भए पनि ल्याएर हाम्रो बचतकर्ताको समस्या समाधान गरिदिनुपर्‍यो भनेर निवदेन गर्‍यौँ’, श्रेष्ठले भने, ‘उहाँले हुन्छ जसरी भए पनि जीवी राईलाई समातेर ल्याएर पीडितको पीडा समाधान गर्ने प्रयास गर्छौं भनेर प्रतिबद्धता जाहेर गर्नुभयो।’

प्रधानमन्त्री दाहालले नीति निर्माण गरेर भए पनि सहकारीको समस्या समाधानमा लाग्ने सुनाएका छन्।

सहकारीका बचत पीडितकर्ताले यो विषयलाई लिएर माघ ९ गते पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका थिए। यस्तै, माघ १२ गते गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पनि पीडित बचत फिर्ताको माग राख्दै समस्या सुनाए। उनीहरुले पनि समस्या समाधान गर्ने वचन दिएका थिए।

ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालकसमेत रहेका गितेन्द्रबाबु (जीबी) राईको समूहले खोलेको सूर्यदर्शन सहकारीले पोखरेली बचतकर्ताको झन्डै डेढ अर्ब रकम हिनामिना गर्दै बचतकर्ताको बिचल्ली पारेको छ।

पोखरा महानगरपालिकाले गरेको अध्ययनमा सूर्यदर्शन सहकारीले १ अर्ब ३५ करोड ५३ लाख ८२ हजार रुपैयाँ हिनामिना गरेको खुलेको छ। १ हजार ३५ जना बचतकर्ताले १ अर्ब ११ करोड रुपैयाँ दाबी गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका छन्।

सहकारीका सञ्चालक गितेन्द्रबाबु राई (जीबी) सहित १९ जनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरे पनि हालसम्म ५ जना मात्रै पक्राउ परेका छन्।

पीडित बचतकर्ताले माघ २२ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिाछानेसहित १८ व्यक्ति र कम्पनिविरुद्ध पूरक जाहेरी दिएका थिए।

यो पनि पढ्नुहोस्

प्रकृतिलाई जोगाउने कि भयावह संकटको भुँवरीमा पर्ने ?

मातृ दिवसको परम्परा र आजको सन्दर्भमा यसको महत्व

२ मिनेट अगाडि

अब कस्तो होला सुधारिएको कांग्रेस ?

६ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जेनजी आन्दोलन घटनाका कारबाही गर्न ‘छिट्टै’ सिफारिस गर्ने

गृहमन्त्री सुदन गुरुङले पदबाट दिए राजीनामा

‘नाच रे पतरकी’ मा सदाम र रेविकाको ठुम्का

चुरे संरक्षणलाई मधेश सरकारले प्राथमिकतामा राख्नुपर्छ : नेता मिश्र

१४ किलो चरेशसहित चार जना नियन्त्रणमा 

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक