शनि, अशोज २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

मानबीयताको झूटो नाटक र नरसंहारको घोर अमानबीय मार 

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
लोकनारायण सुबेदी
हाले अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो राष्ट्रपतीय कार्यकाल समाप्त हुनुभन्दा पहलिा त्यहाँको संसदमा अन्तिम बार्षिक सम्बोधन गरे । त्यस सम्बोधनमा उनले आफ्ना प्रतिद्वन्दी पूर्ब राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटीनलाई तारो बनाएको देखयो । ‘स्टेट अफ द यूनियन’ भनिने त्यस सम्बोधनको माध्यमले बाइडेनले घरेलु तथा अन्तर्राष्ट्रिय राजनीतिको बिषयमा आफ्नो नीतिको खुलास गर्ने गरेका छन् ।बाइडेनको सम्बोधनबाट लाग्दछ कि उनी घरेलु राजनीतिमा बिभाजन तथा प्रतिशोधनको भावनालाई बढावा दिइरहेका छन् र  अन बैदिेशिक मोर्चामा युद्ध र संघर्षलाई हावा दिइरहेका छन् । पूर्ब राष्ट्रपति ट्रम्पले बाइडेको सम्बोधनलाई घृणा र द्वेषले ओतप्रोत भएको बताएका छन् । अमर्यादित भाषा प्रयोग गर्नमा बाइडेन ट्रम्पभन्दा पनि अगाडि निस्किएको चर्चा चलिरहेको छ ।आगामी राष्ट्रपति चुनावमा बाइडेन ट्रम्पका अगाडि लडखडाइरहेको टिका टिप्पणी भइरहेको  छ । सम्बोधनको माध्यमले बाइडेनले मतदाताहरुलाई आश्वस्त तुल्याउने कोशिश गरे कि उमेरले धेरै बर्षको भए पनि देशमा लोकतन्त्र र बिश्वमा शान्ति कायम राख्नका लागि उनी कृतसंकल्प छन्।
अनि बिदेश मोर्चामा पुटीन अमेरिकी प्रशासनको कथित  बिश्व शान्तिका लागि सबैभन्दा ठूलो खतरा मानिएका छन् । बाइडेनले पुटीनलाई यतिबेला क्रूर हत्यारा, तानाशा, युद्ध अपराधी र गुण्डा समेत भनेका घोर अमार्यादित गालीगलौज गरेका छन् ।  बिश्वमा यस प्रकारका शब्दावलीको प्रयोग सम्भवतः केवल जर्मन तानाशाह हिटलरका बिरुद्ध मात्र गर्ने गरियो होला । बाइडेनले पुटीनको तुलना हिटलरसँग गर्दै भनेका छन् कि ‘पुटीन केवल यूक्रेनसम्म मात्रै रोकिने  छैनन् । उनले आफ्नो आक्रमक कारबाहीलाई अझ अगाडि बिस्तार गर्न र जारिराख्न चाहन्छन्’ । अमेरकाले यसरी यूरोपलाई रुसबाट हुने सम्भाबित खतराप्रति भयभीत तुल्याउन चाहेको देखिन्छ । अनि यस कुरामा अमेरिका सफल हुदै गरेको पनि प्रतित हुन्छ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याँक्रोले पनि के गैर जिम्मेवार बयान दिएको औल्याइदैछ भने यूक्रेनमा फ्रान्सका सेनाहरु पठाउन सकिनेछ, अनि जर्मनीका सैनिक अधिकारीहरुले क्रिमियाको राजनैतिक दृष्टिले महत्वपूर्ण महफुज कर्वपुललाई नष्ट गर्ने योजना बनाइरहेका छन् । अनि के प्रायः निश्चित छ भने यदि काला सागरमा यस पुललाई नष्ट गरियो भने राष्ट्रपति पुटीन त्यसका लागि जिम्मेवार मानिहरुलाई पाठ सिकाउन जस्तो सुकै हदसम्म पनि जान सक्नेछन् । यदि यस कुराको सबूत प्रमाण मिल्यो भने कि जर्मन, बृटेन र फ्रान्सका गुप्तचर एजेन्सीहरु यस्ता बिध्वंशक कारबाहीका लागि जिम्मेवार छन् भने रुसले ती देशहरुलाई निशाना बनाउन सक्छ । हालैको रुसी राष्ट्रपति पुटीनको बक्तब्यबाजीले पनि तेश्रो बिश्व युद्धका आशंकालाई उजागर गरिरहेको छ ।
यसै बीच अमेरिका र उसका सहयोगी यूरोपेली र अन्य देशहरुले रुस बिरुद्धका प्रतिबन्धहरुलाई अझ बिस्तार र थप कडा बनाउन शुरु पनि गरिसकेको  । भारत र चीन पनि यसको चपेटामा पर्न सक्तछन् पनि भनिदैछ । अहिले रुसका बिरुद्ध दुष्प्रचार अभियानलाई पनि तीब्र तुल्याइएको छ । यता भारतमा सक्रिय रहेको रुस बिरोधी लब्बीले समेत यूक्रेन युद्ध मोर्चामा केही भारतीय फँसेको कुरालाई निकै चर्काइरहेको छ । भारतीय यूवाहरुलाई फँसाएर अन्य देशहरुमा लैजाने कुराका बिरुद्ध कडा कारबाहीको अबश्य नै  आवश्यकता होला नै । तर  यस बिषयलाई रुसका बिरुद्ध भावना भडकाउँनका लागि यसको उपयोग गर्नु एकदमै अनुचित हो भन्ने पनि औंल्याइदैछ । भारतको बिदेश मन्त्रालयसँग पनि रुसका बिरुद्धको दुष्प्रचारप्रति सतर्क रहुनु पर्ने कुरा पनि उठिरहेको बताइन्छ ।
अझ आश्चर्यको कुरा त के देखिदैछ भने एकातिर रुसमा भारतीय यूवाहरु गएको कुरालाई बढाईचढाई प्रचार गदिैछ भने अर्कोतिर इजरायलमा भारतीय यूवा काममा गइरहेको कुरालाई भने नजरअन्दाज गरेर चुपचाप बसेको प्रष्टै देखिन्छ । इजरायलमा हजारौं भारतीयहरु कार्यरत छन् र अहिले त्यहाँ  जुन आम  जनसंहारको भयावह स्थति देखिन्छ  त्यस स्थितिमा के कुरा स्वभाविक हुन्छ भने केही भारतीय सैन्य अभियानमा परोक्षरुपले सामेल हुने कुरा होस् । यदि त्यसो भएन भने पनि तिनको ज्यान माललाई अबश्य खतरा भने अबश्य नै पुुग्ने औंल्याइन्छ ।
यतिबेला मुस्लिमहरुको महत्वपूर्ण पर्ब रमजानको महिनामा पनि गाजामा नरसंहार जारी रहेको छ । अमेरिकाले प्यालेस्टिन बिरुद्ध अतिक्रमणकारी युद्धको सहयोगका लागि इजरायलमा पठाएको बमहरु इजरायलले  खसाली रहेको छ भने अर्कोरित आकाशबाट खाद्य पदार्थ पनि मानबीय सहयोगका लागि भनेर खसाली राखेको  छ । अमेरिका गाजामा खाद्य सामाग्री र अन्य मानबीय सहायत उपलब्ध गराउनका लागि अस्थाई बन्दरगाह बनाउने घोषणा गर्दै रहेको नाटक पनि गरिरहेको छ । तर कटु सत्य के छ भने  सीनाई क्षेत्रमा  सडक मार्गको माध्यमबाटै त्यस्ता राहत सामाग्री सजिलैसँग लैजान सकिन्छ । अहिले पनि  त्यहाँ बिभिन्न प्रबेशद्वारहरुमा मानबीय सहायताका सामाग्रीहरु बोकेका  सयकडौं परिबहन गाडीहरु लामो समयदेखि फँसिरहेका छन् । इजरायली सेनाले गाजामा पटक्कै प्रबेश गर्ने अनुमति दिइरहेको छैन । अमेरिका एकातिर इजरायलको यस घोर अमानबीय नीतिको समर्थन गरिरिहेको छ भने अर्कोतिर आकश र जलमार्गबाट खाद्य सामाग्री उपलब्ध गराउने जस्तो पाखण्डको नाटक पनि गरिरहेको छ ।
इस्लामहरुको महत्वपूण धार्मिक पर्बमा पनि नरसंहारकारी युद्ध एकातिर जारी राख्ने, हतियार आपूर्ति जारी राखेर युद्ध मच्चाइरहेको स्थिति बिद्यामान छ । अर्कोतिर गाजामा सतह मार्गबाट राहत र खाद्य सामाग्री पुग्न नदिने  र त्यहाँका बाल बालिका, बिमारी, महिला तथा बृद्धि बृद्धाहरुलाई भोक रोग र अभावको पीडाले मर्न बाध्य तुल्याउने क्रूर अमानबीय गतिबिधि नरोक्ने इजरायल–अमेरिकी यथार्थले घोर जातिबादी युद्धले निर्दोष मानब हत्याको क्रम जारी रहिरहने देखिएको छ र बिश्व जनमतले अमेरिकी–इजरायली नरसंहारकारी ताण्डब कति क्रूर र गतिबिधि कति पाखण्डपूर्ण हुनसक्दछ भन्ने कुरा पनि यतिबेला दर्शाइरहेको छ ।

यो पनि पढ्नुहोस्

राष्ट्रिय परिचयपत्र नभएकालाई बैंकिङ सेवा उपलब्ध गराउन आदेश

राष्ट्रिय परिचयपत्र नभएकालाई बैंकिङ सेवा उपलब्ध गराउन आदेश

१ मिनेट अगाडि
प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

कांग्रेसकाे सभापतिमा गगन थापा

४३ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

यी स्थानमा लाेडसेडिंग हुने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

२०औं एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई पुरस्कार पाउने

नागरिक आवासका लागि सरकारको प्रयास स्वागतयोग्य

सीजेपीले हिरासतमा लिएको दाबी

चलचित्र ‘बाः एक योद्धा’ तेस्रो हप्तामा प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक