काठमाडौं । हप्ताको पहिलो कारोबार दिन शेयर बजार २२ अङ्कभन्दा धेरैले बढेको छ । आइतबार शेयर बजार परिसूचक नेप्से २२ दशमलव १० अङ्कले बढेर दुई हजार ५२ दशमलव ६५ विन्दुमा पुगेको छ ।
हिजाे जलविद्युत् बाहेक सबै समूहको शेयर बढेर बजार हरियाली हुँदा लघुवित्त समूहको शेयर सबैभन्दा धेरै चार दशमलव २१ प्रतिशतले बढेको छ । विन नेपाल लघुवित्त र जालपा लघुवित्तको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्यो । बजार बढेको दिन आज चिर्ख्वा जलविद्युत् कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ ।
साथै ७० लाख ४३ हजार कित्ता शेयर दुई अर्ब ९२ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर २२ करोड ९३ लाख रुपैयाँमा किनबेच भएकाे छ ।