मङ्ल, पुस १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

प्रम प्रचण्डले फागुन ३० मा विश्वासको मत लिने, पठाए संसद्‌लाई पत्र

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
प्रधानमन्त्रीकाे लक्ष्य देशमा सुशासन कायम गर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन ३० गते विश्वासको मत लिने भएका छन् । प्रतिनिधिसभाको आगामी बैठक फागुन ३० मा प्रधानमन्त्री दाहालले विश्वासको मत लिनका लागि व्यवस्था मिलाउन संघीय संसद्‌ सचिवालयलाई पत्र पठाएका हुन् ।

सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार प्रधानमन्त्री कार्यालयबाट आइतबार संसद्‌ सचिवालयमा पत्र आइपुगेको छ ।

फागुन २१ गते कांग्रेसँगको गठबन्धन तोडेर दाहालले एमालेलगायत दलहरुसँग नयाँ गठबन्धन बनाएका थिए । फागुन २२ मा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि दाहालले संविधानको धारा १०० उपधारा २ अनुसार विश्वासको मत लिन लागेका हुन् । संविधानमा सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिने व्यवस्था छ ।

१४ महिनायता उनले विश्वासको मत लिन थालेको यो तेस्रो पटक हो । यसअघि गत वर्षको पुस २६ मा पहिलो पटक र चैत ६ मा दोस्रो पटक दाहालले विश्वासको मत लिएका थिए ।

विश्वासको मतका लागि दाहालले माओवादी केन्द्रको संसदीय दलबाट ह्विप जारी गर्ने निर्णय गराएका छन् भने सत्ता साझेदार दलहरूसँग छलफल तीव्र पारेका छन् । शनिबार बसेको दलको बैठकमा उनले साझेदार दलहरूसँग छलफल गरिरहेको जानकारी गराएका थिए । विश्वासको मत लिएपछि मात्रै सदनमा महत्त्वपूर्ण विधेयक अगाडि बढाउने र प्रतिनिधिसभामा पेस भएको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता (प्रि–बजेट) माथि छलफल चलाउने तयारी रहेको प्रधानमन्त्रीले जनाएका थिए ।

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले संविधानको व्यवस्थाअनुसार प्रधानमन्त्रीले विश्वास लिन लागेको र सोहीअनुसार सांसदहरूका लागि ह्विप जारी गर्ने निर्णय गरेको बताए । ‘प्रतिनिधिसभामा विश्वासको मत र राष्ट्रिय सभामा अध्यक्षको निर्वाचन हुँदै छ । त्यो बेला हाम्रो दलका सांसदको अनिवार्य उपस्थितिका लागि ह्विप जारी गर्ने निर्णय गरेका छौं,’ उनले भने ।

बैठकमा प्रधानमन्त्री दाहालले सत्ता साझेदार दल फेरिएपछि राजनीतिक चलखेल जारी रहेको बताएका थिए । विश्वासको मत नलिएसम्म प्रमुख प्रतिपक्षलगायतले विश्वासको मत असफल पार्ने प्रयास जारी राख्ने उनको भनाइ थियो । दाहालको भनाइ उल्लेख गर्दै एक सांसदले भने, ‘विश्वासको मत नलिँदासम्म प्रधानमन्त्री पद बाँडिरहन्छन् । विश्वासको मत लिनका लागि सबै सक्रियतापूर्वक लागौं ।’ विश्वासको मत लिएर संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुन, निजामती विधेयक, संवैधानिक परिषद्सँग सम्बन्धित विधेयक, प्रि–बजेट छलफल सदनमा अगाडि बढाउने प्रधानमन्त्रीले जनाएका थिए ।

प्रधानमन्त्री दाहालले संविधानको धारा १०० (२) अनुसार प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् । ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्नेछ,’ उक्त धारामा उल्लेख छ । कांग्रेसले फागुन २२ मा दाहाल सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो ।

दाहालले तेस्रो पटक विश्वासको मत लिने तयारी गरिरहेका बेला उनको पक्षमा हालसम्म एमाले, माओवादी, रास्वपा, जसपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद अमरेशकुमार सिंहसमेत गरी १५३ सांसद देखिएका छन् । कांग्रेससँगै राप्रपा, जनमत, लोसपा, नागरिक उन्मुक्ति, जनमोर्चा, नेमकिपा, आमजनता पार्टी गरी ११९ सांसद विपक्षमा छन् । कांग्रेस र एमालेका १–१ सांसद निलम्बनमा छन् भने इलाम–२ बाट निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त छ । विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभामा तत्काल कायम रहेका सांसदहरुको संख्यामध्ये बहुमतले प्रधानमन्त्रीको पक्षमा मत दिनुपर्नेछ ।

यो पनि पढ्नुहोस्

कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक भूकम्पपीडितलाई दिने

निर्वाचन आयोग समन्वय उपसमितिमा सदस्यहरु मनोनित

१५ घण्टा अगाडि
अध्यक्ष पदमा लड्न पोखरेलले उम्मेदवारी दर्ता गराए

अध्यक्ष पदमा लड्न पोखरेलले उम्मेदवारी दर्ता गराए

१७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुरकाे भरियाँपुखूबाट बाइक चाेरी

उर्मिलाको स्वर, शंकरको शब्द, संगीतमा ‘ख्रीष्टको प्रेममा’ रिलिज

चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव

“भक्तिको शक्तिलाई अस्विकार गरौ”

डुबेर  र आगलागीमा जलेर मृत्यु

पासवर्ड दुरुपयोग गरेको आरोपमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक