बिहि, असार ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मन्त्रिपरिषद्को वरीयतामा रवि लामिछाने अगाडि

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने निश्चित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार मन्त्रिपरिषद विस्तार गर्दा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र त्यसै पार्टीका नेता नवलकिशोर साह सुडी मन्त्री बनेका छन् ।

यादव उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री र सुडी वन तथा वातावरण मन्त्री बनेका छन् । यादव मन्त्रिपरिषदमा पाचौं वरीयतामा छन् । प्रधानमन्त्रीको वरीयतामा रहेका चार उपप्रधानमन्त्रीमध्ये पहिलोमा एमालेका रघुवीर महासेठ, दोस्रोमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र अन्तिममा यादव छन् ।

यादव २०६५ सालमा प्रचण्ड पहिलो पटक प्रधानमन्त्री भएका बेला मन्त्रिपरिषदमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थिए । त्यसपछि उनी २०७४ सालमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला यादव उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री थिए । पछि उनलाई ओलीले स्वास्थ्यबाट हटाएर कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएका थिए ।

उपप्रधानमन्त्रीहरुको वरीयता निर्धारण गर्दा दलको संसदमा रहेको हैसियतका आधारमा गरिएको छ । जसअनुसार ठूलो दल एमालेका उपप्रधानमन्त्री पहिलो वरीयतामा र त्यसपछि क्रमशः माओवादीका श्रेष्ठ, रास्वपाका लामिछाने र जसपाका यादव छन् ।

पद तथा गोपनीयताको सपथ लिएर मन्त्रालयमा पदभार ग्रहण गरेका यादवले पत्रकारहरुको प्रश्नको जवाफमा आफूले वरीयतामा धेरै वास्ता नगर्ने बताए । ‘म त ग्रासरुटमा बसेर काम गर्ने मान्छे हुँ, यस्ता कुरा थाहा पनि हुँदैन, वास्ता पनि हुँदैन’, यादवले भने ।

सरकारमै सहभागी एकीकृत समाजवादीका नेता भानुभक्त जोशी भने आठौं वरीयताको मन्त्री छन् । २२ सदस्यीय मन्त्रिपरिषदमा जसपाका नवलकिशोर साह सुडी अन्तिम वरीयतामा छन् । उनी भन्दा अगाडि रास्वपाबाट मन्त्री बनेका नेताहरु छन् ।

हेर्नुहोस् प्रचण्ड मन्त्रिपरिषदका सदस्यहरु 

यो पनि पढ्नुहोस्

महाधिवेशन नसकिँदै प्रधानमन्त्री बालेन शाह काठमाडौं फर्किए

महाधिवेशन नसकिँदै प्रधानमन्त्री बालेन शाह काठमाडौं फर्किए

१ दिन अगाडि
आजदेखि कांग्रेस केन्द्रीय समिति बैठक सुरु हुँदै

कांग्रेसकाे सदस्यता अद्यावधिक पुनः कार्यतालिका सार्वजनिक

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाको मतदान हुनमा ढिलाई

चलचित्र ‘महाराजधिराज’मा नायिका पूजना प्रधान अनुबन्ध

प्रतिनिधिसभा बैठक स्थगित

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घट्याे

क्रोएसिया फिफा विश्वकपको अन्तिम ३२ मा पुग्ने सम्भावना कायमै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक