मङ्ल, भदौ २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नाउपाभित्र किचलो बढ्याे

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
नाउपाभित्र किचलो बढ्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

धनगढी । सत्ता गठबन्धन फेरबदलसँगै सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्र किचलो बढेको छ । सुदूरपश्चिम प्रदेश सभामा ७ जना सांसद रहेको नाउपा सरकार गठन तथा विघटनमा निर्णायक शक्तिका रुपमा रहेको छ । मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारमा मन्त्री थपिएपछि नाउपामा विवाद चर्केको हो ।

मुख्यमन्त्री शाहले शुक्रबार राति मन्त्रिमण्डल विस्तार गर्दै नाउपा संसदीय दलका नेता घनश्याम चौधरीसहित दुई जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री नियुक्त गरेका थिए ।

नाउपाबाट मन्त्री बनेका घनश्यामलाई आर्थिक मामिला, खुसीराम चौधरीलाई बिना विभागीय मन्त्रीको जिम्मेवारी प्रदान गरिएको छ भने इन्दिरा गिरीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री बनाइएको छ । यसअघि नाउपाकै रामेश्वर चौधरी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रहेका छन् भने सोही मन्त्रालयमा राज्यमन्त्री रहेका कैलाश चौधरीलाई भने सरकारबाट फिर्ता बोलाइएको छ ।

शुक्रबार भएको मन्त्रीपरिषद् हेरफेरमा सरकारबाट हटेपछि कैलाशले “पार्टीभित्र कुनै छलफल नै नगरी मन्त्रीबाट हटाएको” गुनासो गरे । उनको तत्कालको प्रतिक्रिया थियो– मलाई मन्त्रीबाट हटाइएको कुरा मैले सञ्चार माध्यमबाट जानकारी पाएँ ।

यसैबीच, नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले “पार्टीबाट सरकारमा सहभागी भएका मन्त्री÷राज्यमन्त्रीहरूलाई फिर्ता आउन निर्देशन” दिएकी छिन् । केन्द्रमा भएको सत्तासमीकरणपछि मन्त्रीबाट बाहिरिए पनि अध्यक्ष रञ्जिता सत्ता बेञ्चमा नै बस्ने गरेकी छिन् ।

केन्द्र तथा प्रदेशमा भएको सत्ता समीकरण परिवर्तनसँगै यता निर्वाचन आयोगले नाउपाका अध्यक्ष रेशमलाल चौधरीलाई मान्यता नदिएपछि सो पार्टीमा गुटबाजी झन् चर्किएको छ । गत पुस २६ गते कैलालीको टीकापुरमा भएको राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष बनेका रेशमलाललाई निर्वाचन आयोगले मान्यता नदिएर रञ्जिताको नेतृत्वमा रहेको पुरानो कार्यसमितिलाई ब्युँताएको छ ।

महाधिवेशनपछि माघ २९ गते तत्कालीन अध्यक्ष रेशमलालले ‘केन्द्रीय समिति अद्यावधिक गराइदिन’ पत्राचार गरेको बताइन्छ । तर, निर्वाचन आयोगले रेशमलाल नेतृत्वको कार्यसमितिलाई मान्यता नदिएर रञ्जितालाई नै अध्यक्षका रुपमा मान्यता दिएको छ ।

कैलालीको टीकापुरमा २०७२ साल भदौ ७ गते भएको आन्दोलनका क्रममा ७ प्रहरी र एक नाबालकको हत्या घटनाको प्रमुख योजनाकारका रुपमा ठहर गर्दै सर्वोच्च अदालतले रेशमलाललाई जन्मकैदको सजाय दिएको थियो । अदालतको फैसलापछि कैद भुक्तान गरिरहेका रेशमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपतिले माफी दिएपछि उनी रिहा भएका थिए ।

नाउपामा गत पुसको महाधिवेशनदेखि नै रेशमलाल र उनकी पत्नी रञ्जिताबीच नेतृत्वका लागि विवाद सिर्जना भइसकेको थियो । अध्यक्षका लागि रेशमलालले एकल उम्मेदवारी दिएपछि रञ्जिता उम्मेदवारी नदिएर महाधिवेशनस्थलबाट बाहिरिएकी थिइन् । त्यसपछि उनलाई सहअध्यक्षको जिम्मेवारी प्रदान गरिएको थियो । उनी यसअघि प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री रहेकी थिइन् ।

प्रदेश सरकारमा जाने वा नजाने भन्ने विवाद देखिएपछि रेशमलाल बिहीबारदेखि नै धनगढीमा रहेका छन् । प्रदेश सभामा ७ सांसद रहेको नाउपामा अहिले रेशमको पक्षमा ४ र रञ्जिताको पक्षमा ३ जना रहेको बताइन्छ । रञ्जिताले प्रदेश सरकारमा सहभागी नबन्न सुरुदेखि नै निर्देशन दिँदै आए पनि रेशमको पहलमा मन्त्रीहरू पठाइएको बताइन्छ ।

शुक्रबारको मन्त्रीपरिषद् हेरफेरमा आर्थिक मामिला मन्त्री बनेका नाउपा संसदीय दलका नेता घनश्याम चौधरीले “आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएकोले आफूहरू मन्त्रिमण्डलमा सहभागी बनेको” बताए । उनले भने– हामी सरकारमा थियौं, मन्त्रालय रिक्त भएपछि थप मन्त्री बनेका हौ । उनले मुख्यमन्त्री शाह नेतृत्वको सरकारले विश्वासको मत पाउन नसके वा अल्पमतमा परेमा आफूहरू पनि बाहिरिने बताए ।

यो पनि पढ्नुहोस्

कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टी बनाउनु पर्छ : सहमहान्त्री डिला संग्रौला

कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टी बनाउनु पर्छ : सहमहान्त्री डिला संग्रौला

२ घण्टा अगाडि
प्रतिनिधि सभामा विनियोजन शीर्षकमाथि आगामी छलफल हुने

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज देशभरि नागपञ्चमी

‘हेलो सर्भिस नेपाल’को नयाँ ब्रान्च बुद्धमलमा

यस्ताे छ माैसम

नयाँ म्युजिक भिडियो ‘लाली’ सार्वजनिक

अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक