काठमाडौं । काठमाडौंबाट सोलुखुम्बुको लुक्ला उडेको एयर डाइनेस्टीको हेलिकप्टरमा चरा ठोक्किएको छ।
उक्त हेलिकप्टरमा चरा ठोक्किए पनि सकुशल काठमाडौं फर्काएर अवतरण गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए।
उनका अनुसार हेलिकप्टरमा कुनै क्षति भएको छैन। ‘घटना शुक्रवार करिब बिहान ११ः१० बजेतिरको हो। हेलिकप्टरमा चरा सामान्य तबरले ठोक्किएको हो। कुनै क्षति भएको छैन,’ उनले भने।