शनि, अशोज २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

वाम गठबन्धनलाई जनतासँग जोडे मात्र नेताहरु सफल हुन्छन्

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
आईएमएफको चेतावनीले पुँजीबादमा संकटको संकेत !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–निमकान्त पाण्डे

नेपालका वामपन्थी दलहरुबीच कार्यगत एकता र सकेसम्म एकीकरण नै गरी राजनीतिक यात्रा अघि बढाउनुपर्नेमा पंक्तिकारले लामो समयदेखि जोड दिइराखेको छ । तीन साताअघि मात्रै यही पत्रिकामा मैले नेपालका कम्युनिस्ट दलहरुलाई सम्बोधन गर्दै ‘साझा वाम एजेन्डा बनाऊ, नत्र वाम मुकुण्डो फाल’ शीर्षकमा आलेख नै लेखेको पनि थिएँ । वामपन्थी दल माओवादी केन्द्रको कांग्रेससँगको चुनावी तथा सत्ता गठबन्धन अप्राकृतिक मात्र नभई देश र जनताको हितमा पनि नरहेको मेरो मत थियो । दक्षिणपन्थी तथा पूँजीवादी दल कांग्रेसलाई उसकै बाटोमा हिँड्न दिनुपर्ने, उसका विचार मिल्ने दलहरुसँग सहकार्य गर्न छोडिदिनुपर्ने मेरो सधैं भनाइ रहँदै आएको छ । साथै, माओवादी, एमाले जस्ता वामपन्थी दलहरुले अन्य कम्युनिस्ट दलहरुलाई पनि एकत्रित गर्दै सामूहिक सहभागितामा अघि बढ्नुपर्नेमा मेरो जोड थियो ।

कांग्रेस र कम्युनिस्ट आआफ्नो बाटोमा हिँड्नुपर्ने कारण हो, दुवैका अलगअलग सिद्धान्त । निश्चय नै पुँजीवादी व्यवस्थाको पक्षपोषक कांग्रेसका आफ्नै सिद्धान्त, राज्यसञ्चालनमा फरक तौरतरिका छन् । कम्युनिस्ट दलहरुको सिद्धान्त, नीति र गन्तव्य कांग्रेसभन्दा बिल्कुल फरक छन् । त्यसैले दुई ध्रुवमा रहेका यी दलहरुबीच चुनावदेखि सत्तासम्मको गठबन्धन केवल सत्ता स्वार्थका लागि मात्र भएकाले यो अप्राकृतिक गठबन्धन रहेको मत मेरो सधैं थियो । यही विगत केही वर्षयता कांग्रेस, कम्युनिस्ट दलबीचको सहकार्यमा बनेका दलहरु सफल पनि हुन सकेका छैनन् । विगत एक वर्षको सरकारको कामको रेकर्ड हेर्ने हो भने पनि आर्थिक संकटमा फसेको मुलुकलाई उकास्न उक्त गठबन्धनले खासै काम गर्न सकेको देखिएन । देशमा रोजगारी सृजना, किसान तथा व्यवसायी, उद्योगीलाई काम तथा उत्पादन गर्ने वातावरण, महँगी नियन्त्रण लगायत क्षेत्रमा सरकारले काम गर्न सकेन । विकास निर्माण त झन् ठप्पप्रायः नै रह्यो । देशमा उत्साहजनक कामको घोषणा हुन सकेन । सरकारले भ्रष्टाचारीलाई कारबाही गर्नका लागि केही प्रयास ग¥यो तर त्यो माथिल्लो तहका आरोपितहरुलाई कारबाही गर्ने तहसम्म पुग्न सकेन । त्यही कारण सरकारको एक वर्ष पुगेको अवसरमा प्रचण्डले आफ्नो सरकार र मन्त्रिमण्डलप्रति असन्तुष्टि जनाए । अहिलेसम्म खासै काम गर्न नसकेको तर आगामी दिनमा यस्तो गुनासो गर्ने अवस्था नरहने प्रतिबद्धता जनाए ।

तर, राजनीतिक यात्रामा अमिल्दो रुपमा अघि बढिरहेको कांग्रेस–माओवादीको गठबन्धन फागुन २१ देखि टुटेको छ । फेरि कम्युनिस्ट दलहरु एकत्रित भएका छन् । रास्वपा, जसपा लगायत दल पनि सरकारमा सहभागी हुने भएका छन् । यो खबर कम्युनिस्ट वृत्तमा उत्साहजनक भए पनि विश्वस्त हुने आधार भने विगतका घटनाक्रमले गर्दा दिन सकेको छैन । विगतमा एमाले र माओवादीबीचको एकीकरणले नेकपा घोषणा हुँदा एउटा ठूलो शक्तिशाली कम्युनिस्ट पार्टीको उदय भएको थियो । यसले नेपालको राजनीतिक इतिहासमा कम्युनिस्ट पार्टीहरुले पाएको बद्नामीलाइ मेट्ने र विकासको मूल फुटाउने अपेक्षा गरेको थियो । कम्युनिस्ट आन्दोलनलाई एउटा उचाइमा पु¥याउने आशा गरिएको थियो । त्यो आशा धेरै समयसम्म टिक्न सकेन । यस्तो अवस्था फेरि ननिम्तिएला भन्न सकिँदैन ।

त्यसो भए, कम्युनिस्ट सहकार्यलाई सफल र देश तथा जनताकेन्द्रित कसरी बनाउने ? यसको एउटै उत्तर हो, नेताहरु विगतमा जस्तो आफ्नो स्वार्थकेन्द्रित नभई जनता केन्द्रित हुने । श्रमिक, विपन्न, किसान, युवा, महिला, बालबालिका र वृद्धवृद्धाका आम समस्यामा केन्द्रित हुने । तिनलाई तत्कालीन र दीर्घकालीन समाधानमा सरकारले आफ्नो सम्पूर्ण शक्ति लगाउने । राष्ट्रलाई आत्मनिर्भर बनाएर वैदेशिक हस्तक्षेप अन्त्य गर्ने । यति काम गर्न सके मात्र वाम गठबन्धन सफल हुनेछन्, नेताहरु सफल हुनेछन् ।

इमानदार बन्ने, राजनीतिक आदर्शलाई पछ्याउने, जनतालाई हेर्ने, देशलाई बुझ्ने र विश्वलाई पनि देशको हितमै बुझ्न प्रयास यो गठबन्धनले गर्न आवश्यक छ । यसले नेपाली कम्युनिस्ट पाटीहरुको भविष्य पनि निर्धारण गर्नेछ । नेपाली कम्युनिस्ट पार्टीहरुबीचको विवादले अहिले सबै दलहरु कमजोर भएका छन् । नयाँ दलहरुको उदय भएको छ । आगामी निर्वाचनमा कम्युनिस्ट पुराना दलहरुको भविष्य संकटमा परेको छ । विगतमा कम्युनिस्ट वाम गठबन्धनलाई जनताले दुई तिहाइ हाराहारीमा मत दिएका थिए । तर, त्यो जनमतलाई सदुपयोग गर्न नसक्दा गत वर्ष भएको चुनावमा फेरि कम्युनिस्ट दलहरु ओरालो लागेका छन् । त्यसकारण एकताबद्ध भएर जनताको हितमा काम गर्न खोजे कम्युनिस्ट पार्टीको गठबन्धनलाई एकतालाई जनताले पनि अनुमोदन गर्नेछन् । जनधारणा साप्ताहिक

 

यो पनि पढ्नुहोस्

राष्ट्रिय परिचयपत्र नभएकालाई बैंकिङ सेवा उपलब्ध गराउन आदेश

राष्ट्रिय परिचयपत्र नभएकालाई बैंकिङ सेवा उपलब्ध गराउन आदेश

५४ सेकेन्ड अगाडि
प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

कांग्रेसकाे सभापतिमा गगन थापा

४२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

यी स्थानमा लाेडसेडिंग हुने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

२०औं एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई पुरस्कार पाउने

नागरिक आवासका लागि सरकारको प्रयास स्वागतयोग्य

सीजेपीले हिरासतमा लिएको दाबी

चलचित्र ‘बाः एक योद्धा’ तेस्रो हप्तामा प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक