सोम, मंसिर २९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

समृद्धिमा केन्द्रित भएर काम गर्न सुझाव

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
समृद्धिमा केन्द्रित भएर काम गर्न सुझाव
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सांसदहरू सरकारलाई सुशासन, सामाजिक न्याय र समृद्धिमा केन्द्रित भएर काम गर्न सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको शून्य समयमा सांसदहरुले सरकारमा अनुहारमात्र परिवर्तन भएर नहुने भन्दै जनताले अनुभव  गर्ने गरी काम गर्न सुझाव दिनुभएको हो ।

सांसद रघुजी पन्तले जनताले सुधारको महसुस गर्ने गरी काम गर्न सरकारलाई सुझाव दिनुभयो । “कालीकोटमा नुन किन्न लाइनमा बस्दा पनि रित्तो हात फर्किनुपर्ने बाध्यता छ । सरकार फेरिएको सार्थकता त्यति बेला हुन्छ जब कर्णालीका जनताले नुन किन्न लाइन बस्नुपर्दैन”, सांसद पन्तले भन्नुभयो, “जनताले पात्र मात्र हैन परिस्थितिमा समेत परिवर्तन खोजेको हो, त्यसका लागि शुभकामना ।”

सांसद भीमप्रसाद आचार्यले देशको अर्थतन्त्रको अवस्था सुधार गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “आज देश ठुलो आर्थिक मन्दिमा छ । विकास निर्माणका काम तीव्र रूपमा अघि बढ्न सकेको छैन । यस  सरकारले अभिलम्ब सबै क्षेत्रले गति लिने काम गर्नुपर्छ ।”

नेकपा (एमाले) को संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले नवगठित सरकारलाई असफल हुने छुट नभएको बताउनुभयो । “सत्ता परिवर्तन भए पनि देशप्रतिको जनता अवस्था परिवर्तन भएको छैन । देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ”, उहाँले भन्नुभयो, “यो सरकारलाई कमजोर र असफल हुने छुट छैन । हिँड्दाहिँड्दै जिम्मेवारीले आफैँ थिचिने खालको हुने छुट पनि यो सरकारलाई छैन ।”

सांसद माधव सापकोटाले पुनर्गठित मन्त्रिमण्डललाई शुभकामना दिँदै रुग्ण र बन्द भएका नौ वटा उद्योग तत्काल सञ्चालनका लागि अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

सांसद मिना तामाङले संविधानको प्रस्तावनामा जनयुद्ध शब्द थप्नुपर्ने बताउँदै जनयुद्धमा छुटेका सहिदहरूको घोषणा गर्न माग गर्नुभयो । सांसद मेनकाकुमारी पोखरेलले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान आर्थिक धरासाथ बन्दै गएकोप्रति ध्यानाकर्षण गराउनुभयो ।

सांसद मैना कार्कीले द्वन्द्वपीडितको न्यायका लागि सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक तत्काल पारित गर्नका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद मञ्जु शर्मा अन्सारीले चुरे क्षेत्रको दोहन रोक्नुपर्न बताउनुभयो । “आज विश्व नै जलवायु परिवर्तनको मारमा परेको छ । यसको असरबारे थाहा हुँदाहुँदै पनि हामीले चुरे दोहोन रोक्न सकेका छैनौँ”, उहाँले भन्नुभयो, “जसका कारण मधेसमा असर देखिन थालेको छ, मधेस भविष्यमा मरुभूमि हुने जोखिम छ ।”

सांसद योगेशकुमार भट्टराईले तमोर कोरिडोर ठेक्का प्रक्रिया, ताप्लेजुङ सडक निर्माण, पुल निर्माणबारे सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद रनकुमारी बलमपाकी मगरले मुटु, मिर्गौला र अर्बुद रोगको बढ्दो जोखिमप्रति चिन्ता प्रकट गर्दै विपन्न नागरिकका लागि उपचार निःशुल्क गराउन माग गर्नुभयो ।

सांसद रणेन्द्र बरालीले दलित समुदायका लागि दलित विकास प्राधिकरणको व्यवस्थापन र दलित समानुपातिक आधारमा बजेट विनियोजनका लागि सन्दर्भमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रमा कोइराला पौडेलले सरकारको मूल्याङ्कन मन्त्री र प्रधानमन्त्रीका रूपमा नभई जनताको जीवनस्तरमा परिवर्तन ल्याएका आधारमा हुने बताउनुभयो । सांसद राजेन्द्रकुमार केसीले नागढुङ्गा सुरुङमार्ग निर्माणमा स्थानीयले अवरोध गरेको भन्दै उनीहरूको माग तत्काल सम्बोधनका लागि ध्यानाकर्षण गराउनुभयो । सांसद रामकुमार राईले खोटाङ जिल्लाका लागि गाईघाट–खोटाङ सडक अलपत्र भएकोभन्दै ध्यानाकर्षण गराउँदै मध्यपहाडी लोकमार्ग निर्माणलाई तीव्रता दिन माग गर्नुभयो ।

सांसद रामकृष्ण यादवले पछिल्लो राजनीतिक परिवर्तनले सकारात्मक सन्देश प्रवाह नगरेको भन्दै राजनीतिक दल र सरकारलाई सचेत गराउनुभयो ।

सांसद रामहरि खतिवडाले सरकारलाई कार्यकालको शुभकामना दिँदै लघुवित्त, मिटरब्याजी र सहकारपीडितको समस्या यथाशीघ्र समाधान गर्न माग गर्नुभयो । “लघुवित्त र मिटरब्याजी, सहकारपीडितले न्याय पाउन”, उहाँले भन्नुभयो ।

सांसद रुक्मिणी राना बराइलीले नेपाली नागरिकहरू अवैधरुपमा रुसी सेनामा भर्ती भइरहेकोमा त्यसलाई रोक्न र युद्धग्रस्त स्थानमा रहेका नेपालीलाई तत्काल फिर्ता गर्न माग गर्नुभयो । सांसद रुपासोशी चौधरीले कैलालीको टीकापुर क्षेत्रमा ढुबान र कटानको जोखिम समयमा नियन्त्रणका लागि ध्यानाकर्षण गराउनुभयो ।

सांसद रेखा यादवले झापामा बसोबास गर्दै आएका मेचे समुदाय राज्यबाट संरक्षणको पर्खाइमा रहेको बताउनुभयो । सांसद रोशन कार्कीले सरकारले तत्कालीन समस्याको यथाशीघ्र समाधानको माग गर्नुभयो । उहाँले आरती साहको परिवारले न्याय पाउनुपर्ने पनि माग गर्नुभयो ।

सांसद लालप्रसाद सावा लिम्बूले हुलाकी राजमार्गअन्तर्गत झापा जिल्लाको कन्काई नदीमा पुल निर्माण तत्काल सम्पन्न गर्न माग गर्नुभयो । झापा निर्वाचन क्षेत्र नम्बर ४ स्थित सडक निर्माणका लागि बजेट विनियोजन गर्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद लिलानाथ श्रेष्ठले सिरहा जिल्लास्थित भन्सारमा क्वारेन्टिइन कार्यालय खोल्नुपर्ने बताउनुभयो । सांसद लेखनाथ दाहालले राष्ट्रिय भूमि आयोगको भूमिकालाई बलियो बनाउँदै भूमिहीनको व्यवस्थापनको माग गर्नुभयो । सांसद मनिष झाले महिला खेलाडीका लागि उपलब्धि अनुसारको बजेटको व्यवस्थागर्न माग गर्नुभयो । रासस

यो पनि पढ्नुहोस्

केन्द्रीय कमिटी बैठकमा ईश्वर पोखरेलकाे आपत्ति

केन्द्रीय कमिटी बैठकमा ईश्वर पोखरेलकाे आपत्ति

१९ घण्टा अगाडि
ज्ञवाली र शाक्य महाधिवेशनमा प्रतिस्पर्धा नगर्ने

ज्ञवाली र शाक्य महाधिवेशनमा प्रतिस्पर्धा नगर्ने

२३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

केन्द्रीय कमिटी बैठकमा ईश्वर पोखरेलकाे आपत्ति

राजधानीमा ’किसानसँग बुद्धिजीवी’ कार्यक्रम सम्पन्न

चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव

डेङ्गीको सङ्क्रमण घट्दो क्रममा

पासवर्ड दुरुपयोग गरेको आरोपमा पक्राउ

गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्नुपर्ने माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक